×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

असार १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । आज पनि हामी अरु दिनझैँ बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ–
सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने निर्णय गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गएराति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा २० रुपैयाँ प्रतिलिटर मूल्य घटाएको हो । यससँगै आजदेखि प्रतिलिटर पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । 

Muktinath Bank

यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ घटाइ १६३ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । शनिबार बसेको सत्ता गठबन्धनको बैठकले जनतालाई राहत दिन पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको थियो । लगत्तै उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडुले सरकारको तर्फबाट पत्रकार सम्मेलन गरेर मूल्य घटाइएको घोषणा गरेका थिए । 
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हटाउने विषयमा सत्तारुढ दलहरुबीच सहमति भएको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले प्रधानमन्त्रीसहितको सत्तारुढ पाँच दलको बैठकले पेट्रोलियम पदार्थको वृद्धि गरिएको मूल्य घटाउने विषयमा सहमति गरेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले पाँच दलबीच भएको सो सहमतिलाई सरकारले छिट्टै पालना गर्ने विश्वास समेत व्यक्त गरे । 
जनतालाई कष्ट पार्ने गरी सरकारले कुनै पनि वस्तुको मूल्य वृद्धि गर्न नहुने उल्लेख गर्दै अध्यक्ष नेपालले बजार अनुगमन गरेर कालाबजारी गर्नेहरुलाई पनि कारबाही गर्न सरकारलाई सचेत गराइएको बताए ।
००००
नेपालले आफ्नो साथ छाडेर एमालेमै बसेका १० स्थायी कमिटी सदस्यहरूप्रति तिखो प्रहार गरेका छन् । 
पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरूमाथि धारेहात लगाउने दुस्साहस गरिरहेको बताए । 
उनले भने,ुकथित १० भाइको मगजबाट अझै नशा उत्रिएको छैन । अझै हामीमाथि धारेहात लगाउने दुस्साहस गरिरहेका छन् । त्यो धृष्टता अब फेरि नगरून् ।ु
एमालेबाट आफूहरूले गरेको विद्रोह जायज रहेको समेत बताए ।
००००
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले मन्त्रीहरूका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । 
पार्टीले प्रस्ताव गरेको नयाँ नामलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको नेकपा एसका प्रभावशाली नेता सोमप्रसाद पाण्डेले लोकान्तरलाई जानकारी दिए ।
पार्टीले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ, शेरबहादुर कुँवर र हिराचन्द्र केसीको नाम सिफारिस गरेको छ ।
सोही नामलाई बैठकले अनुमोदन गरेको नेता पाण्डेको दावी छ । मन्त्रीका लागि सिफारिस सो नाममा अहिले भइरहेका मन्त्रीहरूले असन्तुष्टि जनाएका थिए ।
मन्त्रिमण्डल समावेशी नभएको, नयाँ मन्त्रीका लागि प्रस्तावित नाममा महिला नपरेको भन्दै उनीहरूले विरोध जनाएका थिए । 
उनीहरूले विरोध जनाएपनि पार्टीको निर्णयलाई केन्द्रीय कमिटिले अनुमोदन गरेको हो ।
समाजवादीले  प्रधानममन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नो पार्टीभित्र खेलेको आरोप पनि लगाएको छ । 
००००
नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक बोलाउन माग गर्ने मध्ये ६ सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । 
अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिने १० सांसदमध्ये ६ जनाले हस्ताक्षर फिर्ता लिएको नेकपा एस स्रोतले जानकारी दियो ।

Vianet communication
Laxmi Bank

सांसदहरू पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले पनि हस्ताक्षर फिर्ता  गरेको स्रोतको दावी छ ।

यसबाहेक निवेदन दिने स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरुले भने हस्ताक्षर फिर्ता गरेका छैनन् । उनीहरु बैठकमा पनि सहभागी भएनन् ।
००००
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दुई तिहाइ नजिकको बहुमत भएको संसद भंग गरेर राजा महेन्द्रकै शैली देखाएको टिप्पणी गरेका छन् । 
शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै खनालले  भने,‘त्यो संसद्मा नेकपाको दुई तिहाइको शक्ति थियो ।’ 

उनले थपे,‘यो अहिले हामीले अङ्गीकार गरेको प्रणालीमा त्यो भन्दा ठूलो शक्ति कहिल्यै आर्जन हुन सक्दैन । तर, केपी ओलीले आफूलाई राजा महेन्द्रकै शैलीमा ढाले ।’
००००
गण्डकी प्रदेशमा अर्थमन्त्री परिवर्तन नहुने भएको छ। निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएर बजेट पेश गरेपछि अर्थमन्त्री रामजी बरालले राजीनामा दिनुपर्ने पक्षमा मुख्यमन्त्रीदेखि सत्ता गठबन्धनकै सांसदहरु थिए । 
तर  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा अर्थमन्त्री नफेर्ने सहमति भएको एक नेताले जानकारी दिए । 
 । यसअघि अर्थमन्त्री बराललाई हटाउनुपर्ने र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई पुनः बजेटमा समावेश गर्नुपर्ने आवाज समेत उठेको थियो ।
००००
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाली क्रिकेट विकास लागि सधै सहयोग गर्न तयार रहेको बताएको छ । नेपाल क्रिकेट संघको आर्थिक नियन्त्रण पूर्ण रुपमा हटाएसँगै क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको छ । यसबारे शनिबार आईसिसिका प्रतिनिधिले नेपाल माथि लगाएको आंशिक आर्थिक नियन्त्रण फुकुवा भएको औपचारिक जानकारी गराएको हो । आईसिसिका प्रतिनिधि इमरान ख्वाजाले नेपालले पूरा गर्नु पर्ने सबै प्रावधान चरण बद्ध तरिकाले पूरा गरेको भन्दै फुकुवा भएको बताए ।
००००
झापामा एमालेका तीन नेताको घर नजिकमा बम राखिएको घटनाप्रति सो पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । झापास्थित पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, लेखा आयोग सदस्य लिला कट्टेल कार्की र जिल्ला कमिटी अध्यक्ष दिपक कार्कीको घर नजिक प्रेसर कुकर बम राखेको घटनाप्रति एमाले झापाले घोर निन्दा र भत्र्सना गरेको हो ।
००००
लोक दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृतावस्थामा फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
००००
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका छन् । 
शनिबार धनगढीमा आयोजित राप्रपा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले आगामी संसदीय निर्वाचनमा पार्टीका पक्षमा कम्तीमा तीन प्रतिशत समानुपातिक मत पु¥याएर राष्ट्रिय पार्टी बनाउने योजना रहेको बताए ।
००००
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, विवेकशील अभियान र स्वतन्त्र उम्मेदवारी अभियानबीच छलफल भएको छ ।शनिवार काठमाडौंमा छलफल भएको विवेकशील अभियन्ता एवं काठमाडौं–१ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमले जनाएका छन् ।

बमले सामाजिक सञ्जाल फेसबूकमार्फत छलफलबारे जानकारी दिएका हुन् । ‘विवेकशील अभियान, स्वतन्त्र उम्मेदवारी अभियान र रविजीले सुरु गर्नुभएको नयाँ पार्टीको बारेमा गहन छलफल भयो,’ उनले लेखेका छन्, ‘आगामी निर्वाचनको बारेमा समेत प्रारम्भिक छलफल भयो । छलफल सकारात्मक भएको छ ।’
००००
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नै नेतृत्वमा पार्टी एकता समन्वय समिति गठन गर्ने प्रस्ताव गरेका छन् । 
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपा पुनः एकता नहुँदासम्मका लागि पार्टी एकता समन्वय समिति गठन गर्ने प्रस्ताव गौतमले नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलामा राखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x