कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
असार २०, २०७९
अफ्रिकाबाट भारततर्फ लागूऔषध तस्करीका लागि नेपाली बाटो प्रयोग गर्ने क्रम बढेको छ । तस्करहरूको अन्तर्राष्ट्रिय सञ्जालले नेपाल हुँदै भारततर्फ लागूऔषध तस्करी गर्ने क्रम बाक्लिएको हो ।
अफ्रिकी मुलुक केन्या, तान्जानिया, दक्षिण अफ्रिकाबाट संयुक्त अरब इमिरेट्सको दुबई र कतारलाई ट्रान्जिट बनाएर नेपालमा लागूऔषध ल्याउने र यहाँबाट सडक मार्ग हुँदै भारत पुर्याउने गरेको देखिएको छ ।
यसरी लागू औषध नेपालसम्म ल्याएर भारतीयलाई जिम्मा लगाउने भरियाहरूले एकपटकमा ३५ सय डलर बुझ्ने गरेको समेत प्रहरी अनुसन्धानमा खुलेको छ ।
लागूऔषध नियन्त्रण ब्युरोले असार २ गते ५१ केजी हेरोइनसहित पक्राउ गरेका ७ जनाले प्रतिव्यक्ति २५ सय पारिश्रमिक र १ हजार डलर बाटो खर्च पाउने गरेको तथ्य खुलाएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले बताए । उनीहरूले जनही बढीमा ८ केजीसम्म लागूऔषध ल्याएका थिए ।
‘उनीहरूले नेपाललगायत आउने रुटमा बसेको खर्च, हवाई जहाजको खर्चबाहेक खाना खर्च भनेर एक हजार डलरसम्म र सामान पुर्याएपछि २५ सय डलर पारिश्रमिक पाउने गरेको अनुसन्धानमा खुलेको छ,’ एसपी श्रेष्ठले लोकान्तरसँग भने, ‘नेपालमा बस्ने होटल तस्कर समूहले निर्धारण गरेर पहिल्यै पैसा तिरेर पठाउने गरेको पाइएको छ ।’
उनीहरू दक्षिण अफ्रिकाबाट हिँडेपछि प्रत्येक ठाउँको फोटो खिचेर लागूऔषध तस्करीका नाइकेहरूलाई भाइबर र ह्वाट्सएपमार्फत् पठाउने गरेका थिए ।
लागूऔषध ब्यूरोका अनुसार उनीहरूले होटलको कोठा नम्बर, आफूहरू बसेको कोठाभित्रको सम्पूर्ण वस्तुस्थितिबारे समेत जानकारी गराउने गरेका थिए । त्यसैका आधारमा उनीहरूले लागूऔषध लिन आउनेलाई सूचना दिने गरेका थिए ।
विश्वका उत्कृष्ट एयरपोर्टबाट कसरी पास हुन्छन् लागूऔषध ?
पछिल्लोपटक असार ९ गते साउथ अफ्रिकाको जोहनेसबर्गबाट दुबई हुँदै नेपाल आएका तान्जानियाली नागरिक अबदुल्लाह अब्बुलिकी (पासपोर्ट नम्बर टीएइ ११५९४३) बौद्धबाट पक्राउ परे । असार २ गते अन्यलाई काठमाडौंको ठमेलबाट लागूऔषधसहित पक्राउ गरिएको थियो ।
अफ्रिका महादेशमा सम्पन्न राष्ट्र मानिन्छ, दक्षिण अफ्रिका । त्यहाँको एयरपोर्ट पनि सुरक्षाको हिसाबले राम्रै मानिन्छ । त्यहाँबाट ट्रान्जिट हुने संयुक्त अरब इमिरेट्सको दुबई एयरपोर्ट विश्वकै उत्कृष्टमध्येमा पर्छ ।
सामान्य लेभलिङ नभएका सामानहरू लैजाँदा पनि दुबईमा एयरपोर्टबाट पास गर्न मुस्किल पर्छ । कतारको दोहा एयरपोर्ट विश्वको हवाई उड्डयनको हब नै मानिन्छ । त्यहाँको सुरक्षा पनि निकै कडा रहेको बताइन्छ ।
तर, सुरक्षित मानिएका विमानस्थललाई ट्रान्जिट बनाएर लागूऔषध सजिलै नेपाल आइपुग्ने गरेको छ ।
प्रहरी अधिकारीका अनुसार विश्वमा लागूऔषध तस्करी गर्ने सञ्जालको नेक्ससका कारण त्यहाँबाट च्यानल मिलाएर पार हुँदै लागूऔषध नेपाल आउने गरेको छ ।
नेपाली एयरपोर्टमा त्यो पत्ता लगाउन सकिँदैन । यहाँ पनि उनीहरूको नेक्सस बलियो भएको दाबी प्रहरी अधिकारीको छ । प्रहरीले इन्टरपोलमार्फत आउने सूचनाका आधारमा ती विदेशी नागरिकहरूलाई पक्राउ गरिएको बताएको छ ।
भारतको ठूलो बजारलाई लक्षित गरेर उल्टो रुट प्रयोग
असार ९ गते पक्राउ परेका तान्जानियाली नागरिक अबदुल्लाह अब्बुलिकीले बोकेर ल्याएको ४.९ केजी हेरोइन रिसिभ गर्न आएका भारतको हरियाणास्थित रोतक जिल्ला लसिलगान्दाका ४६ वर्षीय मुनिम सिंह र ४३ वर्षीय विक्रमजित सिंह पक्राउ परेका थिए । उनीहरू भारतबाट गाडी नै लिएर नेपाल आएको लागूऔषध नियन्त्रण ब्यूरोका एसपी जीवनकुमार श्रेष्ठले बताए ।
‘पछिल्लोपटक भारतीय नागरिकहरू गाडी नै लिएर लागूऔषध लिन आएका थिए,’ एसपी श्रेष्ठले लोकान्तरसँग भने ।
उनका अनुसार यसभन्दा अगाडि २०७८ सालमा पनि यसैगरी भारतीय नागरिक पक्राउ परेका थिए । यसलाई हेर्दा पनि अन्तर्राष्ट्रिय तस्करले नेपालको बाटो हुँदै लागूऔषध भारत लैजाने गरेको पाइएको छ ।
प्रहरी अधिकारीहरूका अनुसार असार २ गते बरामद भएको ५१ केजी लागूऔषध भारत लैजानका लागि उनीहरू नेपाल आएको देखिन्छ । अहिलेसम्म त्यो लागूऔषध कसको हो भन्ने स्वतन्त्र पुष्टि हुन नसकेको ब्यूरोले जनाएको छ ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार भारतमा बढ्दो जनसंख्या र क्रयशक्तिले लागूऔषधको माग बढी भएकाले खुला सिमाना रहेको नेपाललाई प्रयोग गरिएको हो । नेपाल बसाई महंगो र नेपाली एयरपोर्टको अवस्थालाई आकलन गरेर नेपाललाई रुट बनाएको हुनसक्ने प्रहरी अधिकारीहरूको भनाइ छ ।
पछिल्लो समय भारतीय विमानस्थलमा सुरक्षा व्यवस्थामा कडा पारिएको र सुरक्षा उपकरणहरू तैनाथ गरिएका कारण नेपाललाई प्रयोग गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
यूएन लागूऔषध तथा अपराध कार्यालयको सन् २०२१ को रिपोर्टअनुसार यसअघि साउथ अफ्रिकाबाट भारत, म्यानमारबाट भारत, चाइनाबाट भारत र अफगानिस्तानबाट भारततर्फ लागूऔषध तस्करी हुने गरेको थियो । त्यसलाई परिवर्तन गरेर अहिले नेपाललाई प्रयोग गर्ने गरेको देखिएको छ ।
प्रहरी अधिकारीहरू नेपाललाई सानो रूटका रूपमा प्रयोग गरिएको हुनसक्ने बताउँछन् ।
‘रुट परिवर्तन गरेको पक्कै हो तर मुख्य रुटको रूपमा नेपाललाई प्रयोग गरेको देखिँदैन,’ अनुसन्धानमा खटिएका लागूऔषध ब्यूरोका अधिकारीले भने ।
बारम्बार पक्राउ पर्दा पनि एउटै ट्रेन्ड फलो गर्छन् तस्कर
नेपालसम्म आइपुग्ने भरियाहरूले एउटै ट्रेन्ड फलो गर्ने गरेको देखिएको छ ।
ब्यूरोका एसपी जीवनकुमार श्रेष्ठका अनुसार २०७८ मा नेपाल आएका, वैशाख २ र ३ गते पक्राउ परेका, असार २ गते पक्राउ परेका र अन्तिममा असार ९ पक्राउ परेका भरियाहरूले एउटै तरिकाबाट हेरोइन ल्याएका छन् ।
उनीहरूले लगेज ब्यागको तल्लो भागमा फल्स बटन बनाउने, ल्यापटप ब्यागको बीच भाग फल्स बटम बनाउने गरेको पाइएको छ ।
सूचना आदानप्रदानमा पनि उनीहरूले ह्वाट्सएप, भाइबरलगायत प्रयोग गर्ने गरेको पाइएको छ ।
ब्यूरोका एसपी श्रेष्ठका अनुसार उनीहरूले एकले अर्कालाई भने चिन्दैनन् ।
अन्तर्राष्ट्रिय लागूऔषध तस्कर सञ्जालले उनीहरूलाई एउटै शैलीमा प्रयोग गर्दै आएको देखिएको छ ।
इन्टरपोलमार्फत विश्वभरी अनुसन्धान गर्दै लागूऔषध ब्यूरो
नेपालमा ठूलो मात्रामा लागूऔषध हेरोइन बरामद भएसँगै संयुक्त राष्ट्र संघको लागूऔषध तथा अपराध कार्यालयले चासो देखाएको छ । भारतीय लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले पनि चासो देखाएको ब्यूरोका अधिकारीले बताए ।
पछिल्लो समयमा फिल्मी क्षेत्रका मानिसहरूलाई लक्षित गरेर लागूऔषधको अपरेसन चलाइरहेको भारतीय एनसीबीले नेपाल आउने लागूऔषध भारत नै जाने भएकाले चासो देखाएको प्रहरीको बुझाइ छ ।
‘नेपाल–भारत खुला सिमाना छ । त्यसको फाइदा तस्कर सञ्जालले उठाउन थालेपछि चासो देखाउनु स्वाभाविक हो,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘त्यसले लागूऔषध नियन्त्रण गर्न भूमिका खेल्छ ।’
ब्यूरोले इन्टरपोलमार्फत विश्वभरमा अनुसन्धान गरिरहेको छ । पछिल्लो समय अफ्रिका लगायतका देशबाट लागूऔषध आउन थालेपछि इन्टरपोलमार्फत अनुसन्धान गरिरहेको हो ।
ब्यूरोका एसपी जीवनकुमार श्रेष्ठका अनुसार तस्कर सञ्जालका मुख्य नाइकेमध्येका एक जनाको नाम र ठेगाना पत्ता लागेको छ । तर त्यो सत्य हो कि होइन भन्ने विषय यकिन गर्न प्रयास भइरहेको उनले बताए ।
५१ केजी हेरोइनसहित काठमाडौंको ठमेल आइपुगेका अफ्रिकन नागरिकहरू २९ वर्षीया सीबीसी थान्डेकिले (पासपोर्ट नम्बर ए०९८२४५७०), ४६ वर्षीया मुरिएल केदुक्वाजीइ (पासपोर्ट नम्बर ए०६३७६९८१) लाई जेठ २९ गते १६ किलो हेरोइनसहित पक्राउ गरेको थियो । दुवैजना अफ्रिकाबाट एउटै उडानमा नेपाल आएका थिए ।
जेठ ३० गते अफ्रिकाबाट दुबई हुँदै ठमेल आइपुगेकी ३६ वर्षीया रोसिना नोनकेले जान्तजिए (पासपोर्ट नम्बर ए०९८२०५२१) र ३९ वर्षीया तास्हावालाला खानयीसीले एभनी (पासपोर्ट नम्बर ए०५८८५७०२) लाई प्रहरीले छुट्टाछुट्टै पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरीले ८/८ किलो हेरोइन बरामद गरेको थियो ।
जेठ ३१ गते अफ्रिकाबाट कतारको दोहा हुँदै नेपाल आएका ३७ वर्षीया मोरोइसे सुझान कोफु (पासपोर्ट नम्बर ए०९२५२१४६) र अफ्रिकाबाट दुबई हुँदै नेपाल आएकी ३० वर्षीया मार्लेसे बादेनह्रोस्ट (पासपोर्ट नम्बर ए०९१८६०३४) लाई ६/६ किलो हेरोइनसहित ठमेलका छुट्टाछुट्टै होटलबाट पक्राउ गरेको थियो ।
जेठ २६ गते अफ्रिकाबाट दुबई हुँदै २९ वर्षीया मोहलाको माउरेन (पासपोर्ट नम्बर ए०९८३२६८६) लाई ठमेलको एक होटलबाट ७ किलो हेरोइनसहित पक्राउ गरेको थियो ।
वैशाख ३ र ४ गते जाम्बियन नागरिक ३५ वर्षीया कापुतुला अविशर्ग (राहदानी नम्बर ८४०१३१) र भारतीय नागरिक ३५ वर्षीय लालनुनपुइ (राहदानी नम्बर ८८७९६८७) लाई ७ किलो हेरोइनसहित पक्राउ गरेको थियो ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । ...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...