×

NIC ASIA

कार्यकाल सकिनु दुई दिनअघि पोखराका मेयरले ३ ठाउँको जग्गा निजी क्षेत्रलाई दिएको खुलासा

असार २३, २०७९

Prabhu Bank
NTC
Premier Steels

पोखरा महानगरपालिकाका तत्कालिन मेयर मानबहादुर जिसीले कार्यकाल सकिने २ दिन अगाडि पोखरा पर्यटन बसपार्क र गल्फकोर्ससहित ३ ठाउँको जमिन निजी क्षेत्रलाई भाडामा दिएको खुलासा भएका ेछ । 

Muktinath Bank

पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको पोखरा ९ स्थित यातायात कार्यालय पछाडि,पर्यटन बसपार्क र गल्फकोर्सको गरी तीन ठाउँको जग्गा निजी क्षेत्रलाई भाडामा दिने सम्झौता भएको खुलेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा पर्यटन बसपार्क नीति कम्पनीलाई भाडा दिने सम्झौता भएको बाहिर आएसँगै पोखराका पर्यटन व्यवसायीहरुले पोखरा महानगरलाई तत्काल छानबिन गरी कारबाही गर्न माग गरेका छन् । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका अध्यक्ष सुनिल पाण्डेको टोलीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई सार्वजनिक जग्गा निजी कम्पनीलाई भाडामा दिने सम्झौताको खारेजीको माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । 


Advertisment
Nabil box
Kumari

ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीसँग बोल्दै पोखरा महानगरपालिका मेयर आर्चायले कुनै प्रक्रिया नपुगेको र सबैले जानकारी दिएकाले उपत्यका नगर विकास समिति बैठक बसेर प्रक्रिया पुगे÷नपुगेको बारे छानबिन गर्ने निर्णय गरी प्रक्रिया अगाडि बढाएको बताए । 
उनले कागजात जम्मा गर्ने प्रक्रियामा नै रहेकाले समितिको पूर्ण बैठक बसेर थप आवश्यक कारबाही गर्ने बताए ।  मेयर आचार्यले कानूनी प्रक्रिया पूरा भए÷नभएको छानबिनको रिपोर्ट आएपश्चात् आवश्यक प्रक्रिया अगाडि बढाउने बताउ । 

Vianet communication

नगर विकास समितिको अध्यक्षमा महानगरको मेयर हुने व्यवस्था छ । अध्यक्षको हैसियतमा तत्कालिन मेयर जिसीले जग्गा भाडा सम्झौतामा हस्ताक्षर गरेको देखिएको छ । पर्यटन व्यवसायीहरुले पर्यटन बसपार्क नीति कम्पनीलाई भाडामा दिएको भन्दै महानगरमा गुनासो गरेपछि नगर विकास समितिबाट कागजात हेर्दा सम्झौता भएको देखिएको थियो । सम्झौतामा जिसीकै हस्ताक्षर छ भने दोस्रो पक्षबाट सम्बन्धित कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।  मेयर जिसीको पदावधि जेठ ५ गते सकिएको थियो । त्यसको २ दिनअघि जग्गा भाडामा दिने सम्झौता पाइएको छ । 

त्यसका लागि २०७८ चैत २६ गते नियमित प्रकाशन हुन छाडेको दैनिक पत्रिकामा बोलपत्र आह्वानको सूचना छापिएको थियो । पर्यटन बसपार्कमा बसहरु पार्क गर्दा भाडा उठाउने गरी सम्झौता भएपनि भाडादर सम्झौतापत्रमा तोकेको देखिएको छैन । त्यहाँको सार्वजनिक शौचालय अहिले बन्द छ । गल्फ कोर्सका रुपमा प्रयोग हुँदै आएको ४० रोपनी जग्गा खेल गतिविधिका लागि भनेर भाडामा दिने सम्झौता भएको देखिन्छ । यातायात कार्यालय पछाडिको जग्गा गाडीको प्रयोगात्मक परीक्षा हुँदै आएको थियो । निजी कम्पनीले अरुलाई गाडी पार्क गर्न दिई शुल्क उठाउने गरी भाडामा लिएको देखिन्छ । ती सबै जमिन पोखरा उपत्यका नगर विकास समितिको नाममा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x