×

NMB BANK
NIC ASIA

मिस्टर 'एम अधिकारी'

२०७३ सम्मका महाप्रसाद गभर्नरमा नियुक्तिपछि बने 'एम अधिकारी' [प्रमाणसहित]

असार २९, २०७९

NTC
Premier Steels

नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै सामाजिक सञ्जालदेखि सदनसम्म तीव्र आलोचना भइरहेको छ ।

Muktinath Bank

कुनै पनि पार्टीको सदस्य रहेको व्यक्ति राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य हुने कानूनी व्यवस्था छ । तर, त्यसविपरीत गभर्नर अधिकारी एमालेको केन्द्रीय विभागकै सदस्य बनेको भन्दै उनको राजीनामा माग भइरहेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले यही असार २६ गते जारी गरेको अन्तरपार्टी निर्देशनमा 'अर्थ तथा योजना विभाग'को सदस्यका रूपमा एम अधिकारीको नाम समावेश छ । एम अधिकारीको ठेगाना खोटाङ उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

एमालेले औपचारिक रूपमा यसको खण्डन नगरे पनि गभर्नर अधिकारी र पार्टीका केही नेताले व्यक्तिगत रूपमा खण्डन गरेका छन् । तर, अधिकारीको नाम यसअघिदेखि नै एमालेको अर्थ तथा योजना विभागमा रहेको पाइएको छ ।

Vianet communication

एमालेले २०७३ जेठ २१ मा विभाग गठनपछि जारी गरेको प्रेस वक्तव्यमा पनि अर्थ तथा योजना विभागमा महाप्रसाद अधिकारी सदस्य थिए । उनको ठेगाना खोटाङ भनेर नै उल्लेख गरिएको छ ।

गभर्नर बन्नुअघिसम्म महाप्रासद नै रहेकोमा गभर्नर बनिसकेपछि नाम छोट्ट्याएर एम राखेको प्रस्टै बुझिन्छ ।

त्यतिबेलाको वक्तव्यमा एमालेका तत्कालीन महासचिव ईश्वर पोखरेलको हस्ताक्षर थियो भने अहिले जारी भएको अपानिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै हस्ताक्षर गरेका छन् ।

नेकपा एमाले खोटाङका एक नेताले एम अधिकारी नाम गरेको पार्टी सदस्य जिल्लामा कोही नरहेको स्वीकारे । 'यहाँ त्यस्तो नाम गरेको पार्टी सदस्य कोही छैन,' नाम उल्लेख नगर्ने शर्तमा ती नेताले भने, 'त्यति ठूलो केन्द्रीय विभागको सदस्य हुन विज्ञता र पार्टीमा योगदान राम्रै चाहिन्छ, त्यो नाम कसको हो भन्ने कुरामा मचाहिँ अनभिज्ञ छु ।'

अधिकारीलाई केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गभर्नरमा नियुक्त गरेको थियो ।


हेर्नुहोस्, प्रमाण :

एमालेको अपानि :

२०७३ सालमा गठित विभाग :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x