भदौ २३, २०७९
केही दिनदेखि देशभर डेंगु महामारीकैरूपमा फैलिइरहेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट हजारौ व्यक्ति प्रभावित भएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्यासेजमा समेत बेड रा...
मंगलवार दिउँसोको करीब २ बजेपछिको कुरा हो । रिङरोडबाट स्वयम्भूतर्फ हेर्दा आदिकवि भानुभक्त आचार्य जस्तै सालिक देखियो ।
अगाडि बढेर नजिकै गएर हेर्दा युवायुवतीहरू सेल्फी खिच्दै टिकटक बनाइरहेका थिए । मैले पनि भिडियो खिच्न शुरू गरेँ ।
करीब आधा घण्टापछि त्यो मूर्ति मान्छे जस्तै अलिकति चलेर अर्को पोजिसनमा फेरि नहल्लिकन उभियो । केही समयपछि मैले त्यो मूर्तिको कानमा गएर कुराकानी गर्ने अनुमति मागेँ । त्यसको १५ मिनेटपछि उनी मसँग कुरा गर्न तयार भए ।
‘सिल्भर म्यान’ नामले परिचित उनले ठट्यौली पारामा भने, ‘कसैले पानी छ्यापिदिन्थे, कसैले धकेलिदिन्थे, कसैले नाक तानिदिन्थे, कसैले गाला चिमोटिदिन्थे । केटीहरूले त चुम्मा खाएर फोटो पनि खिचेका छन् अनि टिकटक बनाएका छन् । बुटवलमा त १ जना बहिनी बेहोस नै हुनुभयो ।’ मंगलवार दिउँसो स्वयम्भू पुगेर सिल्भर म्यानसँग कुरा गर्दा उनले खुलस्तै कुरा गरे ।
‘पहिला मूर्ति जस्तो बनेर बसेको थिएँ, एक्कासि अलिकति चल्देको एउटा बहिनी चिच्याएर भागिन् अनि अर्को बहिनी त बेहोस भएर ढल्नुभयो, धेरै डर लाग्यो मलाई,’ सिल्भर म्यान उर्फ दावा लामाले लोकान्तरसँगको कुराकानीमा भने ।
सिन्धुपाल्चोकमा जन्मेका उनी बसाइसराइ गरी कैलाली पुगेका रहेछन् । अहिले उनी टिकटक, यूट्युबतिर सिल्भर म्यानले परिचित छन् तर उनको असली नाम दावा लामा हो ।
दैनिक दिउँसो २ बजेपछि स्वयम्भूको गेटमा आदिकवि भानुभक्त आचार्यको रूपमा मूर्ति जस्तै बनेर साँझ ५ बजेसम्म बस्ने गरेको लामाले बताए । उनीसँग फोटो खिचेर टिकटक बनाएर खुशी भएपछि केही रकम ‘डोनेट बक्स’मा हालेर जाने गरेका उनले बताए ।
शनिवार स्वयम्भू क्षेत्रमा उनलाई हेर्न धेरै भीड लाग्ने गरेको छ । ‘मेला जस्तै हुन्छ । भीड धेरै बढ्दा बस्न गाह्रो हुने भएकाले त्यसदिन पशुपति गएर बस्ने गरेको छु,’ उनले लोकान्तरसँगको कुराकानीमा भने ।
लामो समयसम्म नहल्लिई मूर्ति जस्तो बनेर बस्ने गरेकोबारे उनले भने, ‘प्रायःजसो यूट्युब हेरेर यस्तो गर्न सिकेको हुँ । चाइनिज कलाकारको भिडियोहरू एक वर्षसम्म हेरें । म पनि सक्छु होला भनि घरमै आफैंले श्वास रोकेर नहल्लिई करीब ६ महिनासम्म कोसिस गरें । त्यसपछि सुदूरपश्चिम महोत्सवमा गएर मूर्ति बन्न कोसिस गरें । त्यसबेला बढीमा डेढ घण्टा मात्र सक्थें । अहिले गर्दागर्दा प्राक्टिस भएर दैनिक ५ घण्टासम्म नहल्लिई मूर्ति जस्तै उभिन सक्छु,’ लामाले भने ।
उनले थप्दै भने, ‘मेरो सानो होटल थियो । त्यहाँ म आफैं कुकिङ गर्थें । दिनभरजसो उभिएर राइस, चाउमिन, मम बनाउँथें अनि खाना पनि उभिएर नै खान्थें । त्यही भएर नै म सक्सेस भएको हुँ,’ लामाले भने, ‘दर्शक पनि रमाइलो गर्नुहुन्छ । टिकटक बनाउनुहुन्छ । मलाई पनि असाध्यै रमाइलो लाग्छ । म यो कामले खुशी छु ।’
दिनभर बस्दा दैनिक ३ हजार रुपैयाँ कमाइ हुने गरेको भए पनि अहिले वर्षातको मौसम भएकाले १ हजारदेखि १ हजार ५०० रुपैयाँ मात्र हुने गरेको उनले बताए । ‘तर कमाएको केही रकम गरीबदुःखीलाई चामल, दाल, तेल, नून दिएर बाँड्ने गरेको छु,’ उनले भावुक हुँदै भने, ‘मैले गलैचामा पनि काम गरें । ठेलामा मःम पनि बेचें । चाबहिलको पेटीमा राति सुत्दा पुलिसले पिटेर लखेटेर भगायो । सानैदेखि धेरै दुःख पाएँ । केही नभएपछि यो मूर्ति बन्ने काम गरेको हुँ ।’ त्यो पनि प्रहरीले कहिलेकाहीँ दुःख दिने गरेको उनले गुनासो पोख्दै भने ।
केही दिनदेखि देशभर डेंगु महामारीकैरूपमा फैलिइरहेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट हजारौ व्यक्ति प्रभावित भएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्यासेजमा समेत बेड रा...
चीनको छिङ्गहाई प्रान्तस्थित हो सिलमा रहेको विश्व सम्पदा क्षेत्र [भिडियो] https://www.facebook.com/lokaantar/videos/363534432107954
हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो । ...
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो । यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिक...
ललितपुरको सातदोबाटो–गोदावरी रुटमा पर्ने ठैबभन्दा अलि माथि पर्ने गोदामचौरका स्थानीय वासिन्दा हुन् राम कार्की । उनलाई दैनिकजसो घरदेखि लगनखेलसम्म ओहोरदोहोर गरिरहनुपर्छ । पहिला आफ्नै गाडीमा २० मिन...
खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...