माघ १, २०८०
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
देशको अर्थतन्त्रलाई ‘गाइड’ गर्ने निकाय नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी गम्भीर विवादमा तानिएका छन् ।
तटस्थ रहनुपर्ने र संवेदनशील निकायको प्रमुख रहेका अधिकारी कुनै राजनीतिक दलको सदस्य बनेर स्वार्थ अनुकूलको काम गर्दै आएको पाइएपछि विवादको भुमरीमा तानिएका हुन् ।
सर्वसाधारण नागरिक मात्र होइन नीति निर्माताहरूले नै उनीमाथि छानबिनको माग गर्न थालेका छन् ।
छद्म नाममा गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको सार्वजनिक भएपछि अहिले राजनीतिक र बैंकिङ क्षेत्रमा हलचल मच्चिएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले गभर्नर अधिकारीमाथि छानबिन गर्न र दोषी पाइए कारवाही गर्न माग गरेका छन् ।
गभर्नरको विषयमा उठेका प्रश्नबारे संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरिएको छ ।
बुधवार संसद्मा कांग्रेस महामन्त्री गगन थापाले मौद्रिक नीतिबारे केही सरोकार राख्दै एमालेको आर्थिक विभागको सदस्य एम अधिकारीसँग हैन, गभर्नरसँग आग्रह गरेको भन्दै कटाक्ष गरेका छन् ।
बहुदलीय लोकतन्त्र भएको मुलुकमा कुनै पनि व्यक्ति विचार मिल्ने राजनीतिक दलमा आबद्ध हुन पाउँछ । तर, त्यसका केही सीमा र मर्यादा हुन्छन् ।
राजनीतिक स्वतन्त्रताको नाममा न्यायाधीश, प्रहरी, सेना, कर्मचारी या गभर्नर व्यक्तिले छद्म नाम राखेर राजनीति गर्न खोजे भने राज्य कसरी चल्छ ?
गभर्नरलाई त राजनीतिक दलको सदस्य हुन राष्ट्र बैंक ऐनले पनि प्रत्यक्ष रूपमा रोकेको छ । दलको सदस्यता लिएको पाइए पदमुक्त हुने व्यवस्था ऐनमा छ ।
निष्पक्ष भूमिका खेल्नुपर्ने व्यक्ति राज्यको संवेदनशील निकायमा पुगेपछि या नियुक्त हुनुअगावै ऊ तत् राजनीतिक दलबाट अलग हुनुपर्छ ।
आफूलाई बढो आदर्शवादी ठान्ने मिस्टर ‘एम अधिकारी’ गभर्नर बहाल रहेकै बेला पार्टीको विभागमा बसेका हुन् ।
राजाको निरंकुश शासनको बेला रुक्माङ्गत कटुवालले छद्म नाम राखेर उनको पक्षमा लेख लेख्ने गरेका थिए ।
अहिले गभर्नर अधिकारीले छद्म नाममा प्रतिपक्षी पार्टीमा बसेर संवेदनशील सूचना लीक गर्ने र सरकारलाई अप्ठ्यारोमा पार्ने काम गरिरहेका छन् ।
गभर्नर अधिकारीको यही सन्देहास्पद भूमिकालाई लिएर सरकारले उनीमाथि छानबिन शुरू गरेको थियो ।
छानबिनसँगै निलम्बनमा परेका अधिकारीलाई सर्वोच्च अदालतले काममा फर्काएको थियो । तर, उनीमाथि लागेको आरोप भने पुनर्पुष्टि भएको छ ।
मिस्टर ‘एम अधिकारी’को सन्देहास्पद भूमिकालाई एकछिन बिर्सिदिऊँ, महाप्रसादकै भूमिकामाथि पनि प्रश्न उठिरहेका छन् ।
देशको अर्थतन्त्रको दिशानिर्देश गर्नुपर्ने ठाउँमा रहेको पदाधिकारीले फरक राजनीतिक दर्शन बोकेको सरकारलाई असफल बनाउन यो हदसम्म उत्रिन मिल्दैन ।
देश श्रीलंका बन्दैछ भन्ने खालका अभिव्यक्ति त्यो पदमा बस्ने व्यक्तिबाट आउनु पनि अत्यन्त आपत्तिको विषय हो ।
अर्थतन्त्रको यो अवस्था आउनुमा स्वयं अधिकारी जिम्मेवार छन् । सरकारलाई दोषारोपण गरेर उनले उन्मुक्ति पाउँदैनन् ।
स्वार्थ बाझिनेगरी बैंक तथा वित्तिय संस्थाका शेयर जम्मा गर्ने र कुनै पार्टीमा आबद्ध भएर संवेदनशील सूचना नेताको घरघरमा पठाउने व्यक्ति गभर्नरको पदमा रहिरहनु सर्वथा अनुचित छ ।
सडकदेखि संसद्सम्म आवाज उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुनेछ । बैंकको शेयर जम्मा गर्ने शोख भएका मिस्टर अधिकारीले राष्ट्र बैंकबाट बिदा भएर गए पनि देश चल्छ ।
उनले राजीनामा नदिएमा सरकारले नै उनलाई निलम्बन गरेर छानबिन गरोस् । छानबिनका क्रममा दोषी पाइए तत्काल बर्खास्त गरियोस् ।
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...