×

NMB BANK
NIC ASIA

एम अधिकारी प्रकरण

एमालेले नक्कली एम अधिकारी बनाउन खोजेपछि मनोजलाई तनाव, फोनै अफ गरेर सम्पर्कविहीन !

असार ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेले अर्थ तथा योजना विभाग सदस्य ‘एम अधिकारी’ भनेर सार्वजनिक गर्न खोजेका एक पात्र फोन नै नलाग्ने बनाएर सम्पर्कविहीन भएका छन् ।

Muktinath Bank

एम अधिकारी नाम गरेको व्यक्ति राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी नै भएको भन्दै विभिन्न प्रमाणहरू सार्वजनिक भएपछि एमाले नयाँ एम अधिकारीको खोजीमा लागेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबीचमा बिहीवार केही नेताले मिडियामा सूचना चुहाए– एम अधिकारी भनेको सीए मनोज अधिकारी हुन्, विराटनगरतिर बस्छन् ।


Advertisment
Nabil box
Kumari

यो समाचार आउनेबित्तिकै मनोजको फोनमा तारन्तर घण्टी बज्न थाल्यो । मनोजलाई सुवेदी थरका एक व्यक्तिले एमाले पार्टीको तर्फबाट आएको आग्रहअनुसार ‘एम अधिकारी’ बनिदिन मनाएका थिए ।

Vianet communication
Laxmi Bank

स्रोतका अनुसार ‘गभर्नरसापलाई साह्रै अप्ठ्यारो पार्ने भए । केही समयलाई तपाईं एम अधिकारी बनिदिनुपर्‍यो, त्यसबापत पछि पार्टीले हेर्छ,’ भनेर सुवेदीले आग्रह गरेपछि शुरूमा मनोज तयार पनि भएका रहेछन् ।

मनोज विराटनगरमा सीए फर्म चलाउँछन् । भारतमा रहेको सुशीललाल एन्ड एसोसिएटसँगको पार्टनरसीपमा उनले हालसालै फर्म सञ्चालनमा ल्याएका हुन् ।

वि.सं. २०४४ मंसिर ६ गते जन्मिएका मनोजको ठेगाना विराटनगर– ५ भनेर नागरिकतामा उल्लेख गरिएको छ ।

हेर्नुहोस्, नागरिकताको कपि :

व्यक्तिगत गोपनीयताको सम्मान गर्दै नागरिकता नम्बर र औंठाछापसहितका गोप्य विवरण ब्लर गरिएको छ ।

‘इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ इन्डिया’बाट सन् २०१४ मा सीए परीक्षा उत्तीर्ण गरेका मनोज यसअघि काठमाडौंमा केन्द्रीय कार्यालय रहेको सुबोध एसोसिएटसँग जोडिएर विराटनगरमै काम गर्थे । 

हेर्नुहोस्, उनले सीए पास गरेको सर्टिफिकेट :

उमेरले ३५ वर्षमात्र टेक्न लागेका मनोजलाई एमालेले डाक्टर र प्राध्यापक डाक्टरहरूभन्दा अगाडिको वरीयतामा राखेका एम अधिकारी बनिदिन जसोतसो मनाएको थियो ।

तर उनका चिनजानका साथीभाइ, आफन्त र शुभचिन्तकहरूले ‘फस्लास् है भाइ, यो त जेल जाने केश हुन्छ’ भनेपछि उनी फोन सम्पर्क नहुने बनाएर बसेको स्रोतको दाबी छ ।

यो समाचार तयार पार्दासम्म उनको फोनमा सम्पर्क हुन सकेको छैन ।

नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै सामाजिक सञ्जालदेखि सदनसम्म तीव्र आलोचना भइरहेको छ ।

कुनै पनि पार्टीको सदस्य रहेको व्यक्ति राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य हुने कानूनी व्यवस्था छ ।

तर, त्यसविपरीत गभर्नर अधिकारी एमालेको केन्द्रीय विभागको सदस्य बनेको भन्दै सडकदेखि सदनसम्म उनको राजीनामा मागिएको छ ।

एमालेले यही असार २६ गते जारी गरेको ‘अन्तरपार्टी निर्देशन’मा ‘अर्थ तथा योजना विभाग’को सदस्यका रूपमा एम अधिकारीको नाम समावेश छ । एम अधिकारीको ठेगाना खोटाङ उल्लेख गरिएको छ ।

तर, नक्कली एम अधिकारी बनाउन खोजिएका व्यक्ति खोटाङका भने होइनन् ।

खोटाङमा अर्थ विभागको सदस्य बनाउन योग्य अर्को कुनै एम अधिकारी नभेटिएपछि खोटाङबाट मोरङ झरेको भन्ने आशयमा मनोजलाई एम अधिकारी बनाउन प्रयास गरिएको स्रोतको दाबी छ ।

मनोजलाई शुरूमा एम अधिकारी बनिदिन मनाउने व्यक्ति पनि अडिट पेशासँग नै सम्बन्धित हुन् । उनी एमालेसँग निकट रहेर काम गर्छन् ।

त्यसो त एमालेले २०७३ जेठ २१ मा विभाग गठनपछि जारी गरेको प्रेस वक्तव्यमा अर्थ तथा योजना विभागमा महाप्रसाद अधिकारी नै सदस्य थिए ।

उनको ठेगाना पनि खोटाङ भनेर नै उल्लेख गरिएको थियो ।

त्यतिबेलै उनले आफू सदस्य नरहेको भनेर पार्टीलाई जानकारी गराएको तथा पार्टीले समेत सोही बेहोराको पत्र पठाएको भनी अहिले पत्रहरू पनि सार्वजनिक गरिएको छ । तर, एमालेको अर्थ विभागका एक सदस्यले महाप्रसाद अधिकारी बैठकमा समेत आउने गरेको भनेर स्वीकारेको 'अडियो क्लिप' सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यता सदनमा पनि सत्तापक्षीय सांसदहरूले एम अधिकारी को हो भनेर प्रश्न गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका प्रभावशाली सांसद नारायणकाजी श्रेष्ठ प्रकाशले बिहीवार राष्ट्रिय सभा बैठकमा एम अधिकारी र गभर्नर महाप्रसाद अधिकारी एउटै व्यक्ति भएको आशंका गरिएको भन्दै यदि त्यसो होइन भने चित्तबुझ्दो प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा कांग्रेस महामन्त्री गगन थापाले पनि गभर्नरलाई एम अधिकारीसँग जोडेर कटाक्ष गरेका थिए ।

मौद्रिक नीतिसम्बन्धी केही सरोकार राख्दै गगनले मैले गभर्नर महाप्रसाद अधिकारीलाई भनेको हुँ, एमालेको अर्थ विभागको सदस्य एम अधिकारीलाई हैन भन्ने आशयसहित कटाक्ष गरेका थिए ।

चौतर्फी रूपमा एम अधिकारी को हो भनेर प्रश्न उठिराख्दा एमालेले चित्त बुझ्दो जवाफ भने दिन सकेको छैन ।​

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x