असार २५, २०७९
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
खुर्सानी भन्नासाथ सबैको मुखमा पानी ओइरिन थाल्छ । हुन पनि चिज नै त्यस्तो ! खुर्सानी विनाको कुनै पनि परिकार बेस्वादे लाग्छ । अझ नेपालीका लागि त खुर्सानी विना सोच्न पनि गाह्रो हुन्छ ।
डल्ले खुर्सानी, जिरे खुर्सानी या लाम्चो खुर्सानी, जुनसुकै खुर्सानी भए पनि नेपालीको प्यारो हुन्छ ।
चाहे अचार होस् या तरकारी खुर्सानी विना सोच्न पनि सक्दैनन् । खुर्सानी नहुँदा जिब्रो नै लाटो हुने धेरैको अनुमान छ । झन् नयाँ पुस्तामा त चटपटे परिकार धेरैले मन पराउने प्रस्ट छ ।
शहरका घरमा अन्य बाली नलगाए पनि कौसीमा सबैले खुर्सानी रोप्न बिर्सेका हुँदैनन् । हरियो होस् या पाकेको, सुकेको होस् या पाउडर खुर्सानी विना कुनै तरकारी या मासु पाक्दैन ।
पछिल्लो समय भेडे खुर्सानी, माछा खुर्सानी पनि नेपालमा निकै प्रयोग हुन थालेको छ । रातो भेडे खुर्सानी र पहेंलो भने निकै महंगो पर्ने हुँदा व्यावसायिक होटल रेस्टुरेन्ट बाहेक घरायसी रूपमा कमै प्रयोग भएको पाइन्छ । स्वास्थ्यका हिसाबले पनि कलर भेडे खुर्सानी हरियोभन्दा ज्यादा स्वस्थबद्र्धक हुन्छ ।
भिटामिन सीको मात्रा प्रशस्त पाइने हुँदा धेरै देशले खुर्सानी सेवन गरेको पाइन्छ । एन्टीअक्सिडेन्ट त्यतिकै पाइने र कुनै–कुनै क्यान्सर अल्सरका लागि पनि खुर्सानी उपयोगी मानिन्छ । शरीर वार्म अप गर्नका लागि पनि खुर्सानीको प्रमुख भूमिका रहन्छ । रेड ब्लड सेल बढाउन पनि खुर्सानीको सेवन उपयुक्त मानिएको छ ।
खुर्सानीका प्रकार
विश्वभरमा ४ हजार थरिका खुर्सानी पाइन्छन् । त्यसमध्ये कति घरेलुमैत्री छन् भने कतिपय जंगली पनि छन् । चीन पछाडि विश्वमा सबैभन्दा धेरै खुर्सानी फलाउने देश भारतलाई मानिन्छ । अत्यधिक मात्रामा खानामा खुर्सानी प्रयोग गर्ने देशहरूमा सबैभन्दा अगाडि मेक्सिको आउँछ । ५० भन्दा धेरैथरिका खुर्सानी मेक्सिकनहरूले प्रयोगमा ल्याएका छन् । अनाहेइङ, चिलाका, पप्ल्यनो, हबानेरो, जलापेनोमिरासोल, सिरानो, अमारिलो, पेवीन, एन्चो, क्यास्काबेल, अर्बोल, गुवाजिलो, मरिता, मुलाटो, पसिला, पुया लगायतका कैयौं खुर्सानी मेक्सिकन पकवानमा प्रयोग गरिन्छ ।
भारतमा भने भूत जोलोकिया, कास्मिरी मिर्च, गुणतुर, ज्वाला, कान्थारी, भ्यागडी, रामनन्ड मुन्डु, धानी, मद्रास पुरी, खोला मिर्च, टम्याटोचिल्ली प्रमुख रूपमा प्रसिद्ध छन् ।
उता चीनले पनि सयौथरिका खुर्सानी प्रयोग गरेको पाइन्छ । सिचवान सेभेन स्टार खुर्सानी, युनान, हाइनान ल्यान्ट्रेन, पोट बराककोपर, चाइनिज रेड पेपर जस्ता खुर्सानी प्रसिद्ध र लोकप्रिय छन् ।
उता थाइ कुकिङमा पनि त्यतिकै खुर्सानीको प्रयोग भएको पाइन्छ । थाइ कुजिङ विना खुर्सानी सोच्न पनि सकिन्न । थाइजिन्डा, यल्लो, थाइप्रिन्क, प्रिन्ककेनो, बर्डस् आइचिल्ली, बेल पेपर सबै प्रसिद्ध छन् ।
यीबाहेक विश्वमा अरु पनि धेरै खुर्सानी प्रयोगमा आउँछन् । तोबास्को पेपर, बनाना पेपर, पेरीपेरी, पाड्रोन पेपर, रेड सभिना, शिसिटो, गुइजिलो, फ्रेस्नोचिले, बुलेट चिली लगायत धेरै खुर्सानी प्रख्यात छन् ।
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...