×

NMB BANK
NIC ASIA

अपहरणमा परेकी बालिकाको भारतबाट उद्धार

साउन ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गत साउन २ गते अपहरणमा परेकी मोरङको बुढीगंगा गाउँपालिका –१ का दीपेन्द्र यादवको एक वर्षीया छोरीलाई प्रहरीले भारतबाट उद्धार गरेको छ । 

Muktinath Bank

मोरङ प्रहरीबाट खटिएको प्रहरीले भारतको दरभङ्वाबाट उद्धार गरेर बुधवार  बिहान विराटनगर ल्याएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बच्चालाई अपरहण गर्ने अञ्जली साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Advertisment
Nabil box
Kumari

उनले भारतको दरभङ्वामा आफन्तको घरमा बच्चालाई राखेकी थिइन् । 

Vianet communication
Laxmi Bank

प्रहरीले दरभङ्वाबाट बालिकालाई सकुशल उद्धार गरेर ल्याएको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले जानकारी दिए ।

‘के कारण बच्चालाई अपहरण गरेको हो भन्ने खुलेको छैन, अहिले बच्चालाई र लैजानेलाई नियन्त्रणमा लिएका अनुसन्धान भइरहेको छ,’ डिएसपी कार्कीले भने, ‘थप अनुसन्धानपछि बच्चा लैजानुको कारण खुल्नेछ । अहिले हामी अनुसन्धानको क्रममा रहेका छौं ।’

साउन २ गते सोमवार अञ्जलीले रोडशेष चौकबाट प्रेमी दीपेन्द्रलाई झुक्याएर बालिकालाई लिएर फरार भएकी थिइन् । 

बच्चालाई लिएर जाने अञ्जली दीपेन्द्रको प्रेमिका रहेको खुलेको प्रहरीले जनाएको छ ।

यादवले तीन वर्षअघि  सप्तरी राजविराजकी एक युवतीसँग विवाह गरेका थिए । 

छोरी जन्मिएपछि ममता बीबीए पढ्न काठमाडौं गइन् । एक वर्ष तीन दिनकी छोरीलाई हजुरबुवासँगै छोडेर उनी काठमाडौं गएकी थिइन् । 

श्रीमती बाहिर गएको बेला यादवको सामाजिक सञ्चालमार्फत अञ्जलीसँग भेट भएको थियो । 

त्यसपछि उनीहरू नजिकिएका थिए । 

प्रेम सम्बन्धमा बाँधिएका यादव र अञ्जलीबीच निरन्तर भेटघाट हुने गरेको थियो । 

प्रहरीका अनुसार, दुबै जना प्रेममा गाँसिएपछि यादवलाई अञ्जलीले निरन्तर बोलाउने गर्थिन् । 

यादवले छोरीलाई विराटनगर १२ रोडशेष चौकमा ल्याएर खाजा खुवाउने क्रममा अञ्जलीले औषधी किन्ने बहनामा छोरीलाई लिएर सम्पर्कविहीन भएकी थिइन् । 

यादवले चिया र चुरोट खान लाग्दा अञ्जलीले यादवको एउटा मोबाइलसमेत लिएर गइन् ।

‘साथीहरूलाई फोन गर्नुपर्ने भन्दै’ मोबाइल लिएर अञ्जली गएको यादव परिवारले प्रहरीमा जानकारी गराएका थिए ।

सोही फोनका आधारमा प्रहरीले बालिकाको उद्धार र आरोपीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x