मंसिर ३, २०७९
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा लगायत दर्जनौं संगठनहरूले बिहीवार माइतीघरदेखि बानेश्वरसम्म खबरद...
काठमाडाैं | साउन ९, २०७९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षलाई पहिलेभन्दा सुधार गरेर अन्तर्राष्ट्रियस्तरकै बनाइएको छ ।
यात्रु झर्ने बितिक्कै विकसित देशझै अन्तर्राष्ट्रिय विमानस्थलको जत्तिकै अनुभूति गर्छन् । यात्रुलाई विगत जस्तो लामो लाइन लाग्नु पर्दैन । अद्यागमनमा पनि यात्रुलाई विगत जस्तो झन्झटिलो प्रक्रियाको सामना गर्नु पर्दैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५१ रोपनी जग्गामा फैलिएको आगमन कक्ष निर्माण र सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले आईएमएस ग्रूपलाई सम्पूर्ण लगानीसहित आगमन कक्ष बनाउन र ३० वर्ष सञ्चालनका लागि अनुमति दिइएको लोकान्तरसँगको कुराकानीमा महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।
जसअनुसार आईएमएस ग्रूपले विक्रम संवत् २०७७ साललाई कक्ष सञ्चालन शुरू भएको अवधि मानेको छ भने नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७२ सालदेखि सञ्चालनमा आएको भनेर दाबी गर्दै अदालतमा मुद्दा विचाराधीन रहेको महाप्रबन्धक ठाकुरले बताए ।
इजरायलबाट आएर भर्खर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट निस्केकी लक्ष्मी काफ्ले भनिन्, ‘जहाजबाट सिधै अराइभल छिर्दा त अचम्म लाग्यो । ४ वर्ष पहिले म आउँदाको बखतभन्दा अहिले त धेरै सुधार भइसकेछ ।’
उनीजस्तै अचम्म मान्दै स्विटजरल्याण्डबाट आएका ट्रेकिङ व्यवसायी रामबाबु गुरुङले भने, ‘अरु बेला त लामै लाइन बस्नुपर्ने स्थिति थियो भिसा काउन्टरमा । अहिले त १० मिनेट पनि लागेन मलाई, धेरै सजिलो बनाएछ ।’
डिपार्चर र अराइभललाई ‘वान वे’ गरेकोमा राम्रो लागेको गुरुङले बताए ।
यात्रु हवाईजहाजबाट झरेको १० मिनेटमै विमानस्थलको बाहिर रिङरोडमै पुग्न सक्छन् । दुबईबाट घर फर्केका अक्रुरकुमार सुवेदीले प्रशन्न मुद्रामा भने, ‘लिफ्ट, कार्पेट लगाइदिएको रहेछ मलाई त वाह भन्न मन लाग्यो । सबैले देख्ने गरी बाटैमा मनि एक्सचेन्ज काउन्टर पनि राखिदिएको रहेछ त्यो पनि राम्रो लाग्यो, पहिले त खोज्दै दिन बित्थ्यो ।’
इजरायलबाट लक्ष्मी काफ्लेसँगै आएका उनका पति लक्ष्मण उपाध्यायले सबै भौतिक पूर्वाधार राम्रो बनेको भए पनि विमानस्थलका कर्मचारीको व्यवहार राम्रो नभएको गुनासो पोखे । ‘विमानस्थलको आगमन कक्षलाई राम्रो बनाइदिएकोमा सरकारलाई धेरै–धेरै धन्यवाद छ तर विमानस्थलका कर्मचारीको व्यवहार भने राम्रो छैन । त्यतातिर पनि सरकारको ध्यान जाओस्,’ उनले थोरै दुःखी हुँदै भने ।
के–के छन् आगमन कक्षभित्र ?
५१ रोपनीमा फैलिएको नयाँ आगमन कक्षमा अत्याधुनिक शैलीको भौतिक पूर्वाधार बनेको छ । यात्रुका लागि भनेर आगमन कक्षमा कार्पेटिङ गरिएको छ । २४ घण्टै चल्ने गरी बतानुकुलित जडान गरिएको छ । लगेज बोक्न झन्झट नहोस् भनेर ट्रली, लिफ्ट अनि स्केलेटरको व्यवस्था गरिएको छ । चौबिसै घण्टा सरसफाइ गर्ने व्यक्ति राखिएको छ ।
यात्रु र सामानको सुरक्षाका लागि भनेर जताततै सीसीटीभी क्यामेरा जडान गरिएको छ । यात्रु ठगीमा नपरुन् भनेर सबैले देख्ने गरी बाटोमै मनि एक्सचेन्ज काउन्टर राखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा लगायत दर्जनौं संगठनहरूले बिहीवार माइतीघरदेखि बानेश्वरसम्म खबरद...
साढे ६ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका बुवा र त्रिभुवन विश्वविद्यालयबाट एमएससी गर्दै गरेका छोरा सँगै म्यादी प्रहरीमा भर्ना भएका छन् । आइतवारबाट शुरू भएको ४० दिने म्यादीको जागिरमा सीतापाइलाका राज...
सडकमा सानो व्यवसाय गरेर जीविका चलाइरहेका गरीब र सर्वसाधारणमाथि काठमाडौं महानगरले गरिरहेको दमन र अत्याचारले गर्दा गरीबको उठिबास लागेको छ । फूटपाथ खाली गर्ने नाममा महानगरले विकल्प नदिई सानो लगानीका...
महेन्द्र सुवेदीले ३० वर्षअघि काठमाडौंमा रोजगारी खोज्ने सिलसिलामा नर्सरी पेशा अँगाले । विक्रम संवत् २०५० सालको कुरा हो । भर्खरै एसएलसी पास गरेर भोजपुरबाट काठमाडौं आएका बेला भिनाजुको भाइमार्फत नर्सरी पेशामा...
काठमाडौंको केन्द्रमा रहेको सुन्धारा, रत्नपार्क, जमल आसपासका क्षेत्रमा हिजोआज एक युवक चुनावी सचेतना जगाउन नयाँ शैलीको अभियानमा भेटिन्छन् । 'भोटको सही सदुपयोग गर्नुहोला धन्यवाद' लेखिएको कागजको टोपी उ...
अर्घाखाँचीको छत्रदेव गाउँपालिका ठूलापोखराका कृष्णप्रसाद पौडेल ६९ वर्षका भए । उनको तौल जम्मा १२ केजी रहेको छ । अर्घाखाँची जिल्लामा उनी शिक्षासेवी र प्रेरक व्यक्तित्वको रूपमा परिचित छन् । विक्रम संवत् २०११ सालमा ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...