×

NMB BANK
NIC ASIA

हाम्रा निम्ति सत्ता सबैथोक होइनः डा‍.बाबुराम भट्टराई

साउन २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आफूहरूका लागि सत्ता नै सबैथोक नभएको बताएका छन् । हालै जनता समाजवादी पार्टीले कारबाही गरेपछि नेपाल समाजवादी पार्टी गठन गरेको उनले शनिवार पार्टीको पहिलो केन्द्रीय बैठकमा सत्तालाई नै सबैथोक नठानेको बताएका हुन् । 

Muktinath Bank

पुनः ‘आँखा’ चिह्न लिएर आसन्न निर्वाचन जनता माझ जाने तयारी गरिरहेका पूर्वप्रधानमन्त्री समेत रहेको डा. भट्टराईले निर्वाचनलाई साधनका रूपमा मात्र लिएको प्रष्ट पारे । ‘निर्वाचनको मुखमा आएको नयाँ दलले अपेक्षित परिणाम ल्याउने वा नल्याउने विषय छ,’ बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले निर्वाचनलाई एउटा साधनको रूपमा लिन्छौँ । हाम्रो निम्ति सत्ता सबैथोक होइन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन रुपान्तरणको एउटा साधनमात्र भएको भट्टराईको तर्क छ । ‘निर्वाचन रुपान्तरणको एउटा साधन मात्र हो, हाम्रो लागि सडक, सदन र सरकारबाट विभिन्न प्रकृतिको संघर्ष गरेर नेपाली समाजको बाँकी कार्यभार पूरा गर्न सकिन्छ भन्ने मान्यता छ’ भट्टराईले भने । उनले सडक, सदन र सरकारबाट संघर्षमा उत्रने कार्यदिशा सुनाएका थिए । 


Advertisment
Nabil box
Kumari

उनले बैठकमा जसपा विवादका सन्दर्भमा पनि बोलेका थिए । भट्टराईले जसपाको नेतृत्व पुरानै बाटोबाट हिँड्न खोजेकाले बाटो अलग पारेको बताएका छन् । उनले आफूलाई परिवर्तनकारी र जसपा नेतृत्वलाई यथास्थितिवादीको रूपमा चित्रित गरेका थिए । जसपा अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै उनले भने,  ‘त्यहाँ परिस्थिति यस्तो सिर्जना भयो, जो नेतृत्वमा रहेका मानिसहरु थिए उनीहरु जातिगत, क्षेत्रगत संकीर्णताभन्दा माथि उठेर जान चाहेनन्।’

Vianet communication
Laxmi Bank

‘विज्ञानको आविष्कार थुप्रै प्रयोगबट गुज्रेर मात्र पुष्टि हुन्छ । दुई÷तीनवटा प्रयोग त हामीले गर्‍यौँ, तर त्यसले मात्र हामीले खोजेको जस्तो परिणाम दिइराखेको छैन’ भट्टराईले भने, ‘नेपाली समाजको जटिलता, जटिल भू राजनीति छ, अन्तर्राष्ट्रिय परिवेश छ । त्यसमा हामीले अरु धेरै परीक्षणबाट गुज्रिनुपर्छ । यही अनुभूति गरेर हामीले यही पार्टीलाई पुनर्गठन र पुनर्संरचना गर्दै नेपाल समाजवादी पार्टी गठन गरेका छौँ ।’

शनिवारबाट शुरू भएको उक्त पार्टीको बैठकले निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गर्ने बताइएको छ । यसअघि जसपा नेताहरू सत्ता गठबन्धनमा सहभागी भइरहेका भट्टराई विवादपछि भने गठबन्धनको बैठकमा सहभागी भएका छैनन् । सत्तारुढ पाँच दलले गठबन्धन कायमै राखेर निर्वाचनमा जाने औपचारिक सहमति गरिसकेको सन्दर्भमा भट्टराईको पार्टीले पनि निर्वाचनका सन्दर्भमा रणनीति बनाउने बताइएको छ । 

डा. भट्टराईले जसपाले कारबाही गरेपछि यसअघि निर्वाचन आयोगमा उनकै निर्देशनमा दर्ता रहेको दललाई नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x