कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
साउन २३, २०७९
यही साउन १६ गते काठमाडौंको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थलीमा ४ जना मृत फेला परे । घटनाको अनुसन्धान गर्दै जाँदा घरमूली ४१ वर्षीय दिनेश पाण्डेले श्रीमती र २ छोराछोरीको हत्या गरी आत्महत्या गरेको खुल्यो ।
१२ वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका उनले ९/१० पृष्ठ लामो सुसाइड नोट लेखेर छाडेको भेटियो । पाण्डेले ३५ वर्षीया श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिषको चक्कु प्रहार गरी हत्या गरेको खुल्यो ।
प्रहरीका अनुसार परिवारका सदस्यहरूको हत्यापछि अर्को कोठामा गएर उनले आत्महत्या गरेको खुलेको छ ।
दिनेशले सुसाइड नोटमा श्रीमतीप्रति गुनासो पोखेका थिए । वैदेशिक रोजगारीबाट फर्किएपछि श्रीमतीले राम्रो व्यवहार नगरेको, श्रीमतीको अर्कैसँग विवाहेतर सम्बन्ध रहेको र घरमा खाना खान समेत राम्रोसँग नदिने गरेको कुरा सुसाइड नोटमा लेखिएको छ ।
श्रीमान् श्रीमतीले घरनजिकै छुट्टाछुट्टै व्यवसाय गर्दै आएका थिए । श्रीमती सुनिताको बेलायतमा सिजनल कामदारका लागि भिसा समेत लागेको पाइएको छ ।
बाहिरबाट हेर्दा सम्पन्न देखिए पनि वैदेशिक रोजगारीका क्रममा निम्तिएको शंका र आर्थिक समस्याका कारण हत्या र आत्महत्यासम्म पुगेको प्रहरीको निष्कर्ष छ ।
यसअघि दिनेश र सुनिताको विवाद प्रहरीसम्म पुगेको थियो ।
आफूमाथि घरेलु हिंसा भएको भनेर सुनिताले उजुरी दिएपछि प्रहरी वृत्त बालाजुमा दुवैलाई बोलाएर मिलापत्र गराइएको थियो ।
०००
तारकेश्वरको घटनाको ठ्याक्कै एक हप्ताअगाडि यस्तै प्रकृतिको घटना भएको थियो।
असार ८ गते चितवनका कृष्णप्रसाद आचार्यले पत्नीको हत्या गरी घरबाट हाम्फालेर आत्महत्या गरेका गरे ।
राति पौने १० बजे एक पुरुष सडकमा घाइते अवस्थामा भेटिएको भन्दै प्रहरीलाई फोन आयो । त्यसलगत्तै प्रहरी पुग्दा ३९ वर्षीय कृष्णप्रसाद आचार्य घरको तल सडकमा घाइते अवस्थामा थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी हरिहर अधिकारीका अनुसार प्रहरीले तत्कालै उनलाई पुरानो मेडिकल अस्पताल पठाएको थियो ।
घरमा प्रवेश गर्दा ३५ वर्षीया श्रीमती रुस्मा घिमिरे आचार्य पनि घाइते अवस्थामा फेला परिन् । कृष्णप्रसादले हँसिया प्रहार गरी गम्भीर घाइते बनाएको खुल्यो ।
प्रहरीले उनलाई पनि लगत्तै अस्पताल पठायो । अस्पतालले रुस्मालाई राति साढे १० बजे र कृष्णप्रसादलाई ११ बजे मृत घोषित गरेको थियो ।
प्रहरीका अनुसार पहिलादेखि नै उनीहरूको घरायसी झगडा थियो । वैदेशिक रोजगारीमा गएर फर्किएका कृष्ण र रुस्माको विवाद सम्बन्धविच्छेदको अवस्थासम्म पुगेको थियो ।
रुस्माले आफू घरेलु हिंसामा परेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा असार ३१ गते उजुरी दिएकी थिइन् । सँगै बस्न समेत नसक्ने अवस्था आएको भनेपछि प्रहरीले एउटै घरको तल्लो र माथिल्लो फ्ल्याटमा बस्ने गरी मिलापत्र गराएर पठाएको थियो ।
यो परिवार समेत बाहिरबाट सम्पन्न देखिए पनि भित्रभित्रै विवाहेतर सम्बन्ध र वैदेशिक रोजगारीका कारण समस्या निम्तिएको प्रहरीको निष्कर्ष छ ।
०००
माथिका २ वटा घटनालाई हेर्दा वैदेशिक रोजगारी र आर्थिक कारणले परिवारभित्रै हत्या र आत्महत्याको शृंखला बढेको देखिएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राई पछिल्लो समय परिवारभित्रै अपराध हुनुको मुख्य कारण आर्थिक र सामाजिक भएको बताउँछन् ।
‘पछिल्लो समय आर्थिक र सामाजिक कारण मुख्य देखिएको छ,’ डीआईजी राईले लोकान्तरसँग भने, ‘सामाजिक सञ्जालले आत्महत्या र हत्यालाई प्रोत्साहन गरेको देखिन्छ ।’
परिवारभित्रै भएका हत्या र आत्महत्याका विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको उनले बताए । वैदेशिक रोजगारीमा जाने, त्यहाँबाट फर्किँदा मानसिक समस्याको शिकार भएर आउने गरेको पनि देखिएको छ । पछि शंका उपशंका बढ्दै जाँदा अपराधको बाटोमा पुग्ने गरेको देखिएको डीआईजी राईले बताए ।
प्रविधिले पनि मानसिक समस्या निम्त्याएको र कोरोना महामारीले समस्यालाई बढाउन भूमिका खेलेको प्रहरीको निष्कर्ष छ ।
डीआईजी राई इन्टरनेटको बढ्दो प्रयोग र देखासिकी गर्ने प्रवृत्तिले अपराध बढाएको बताउँछन् । ‘विश्वमा बढिरहेको इन्टरनेटको प्रभाव र त्यसैमा हेरेर देखासिकी गर्ने प्रवृत्ति बढेको छ । आफूले चाहेको नपाउँदा मानिसक समस्याले आत्महत्याको बाटोमा पुर्याएको देखिन्छ,’ डीआईजी राईले लोकान्तरसँग भने ।
उनका अनुसार मोबाइल तथा यस्तै डिभाइसहरूमा भुल्दा कुराकानी पनि नहुने र मानिसका कुण्ठा बढेर आत्महत्याको बाटो रोज्ने गरेको पनि देखिएको छ ।
सामाजिक सञ्जाल मुख्य समस्याः पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी
विश्वमा विज्ञान प्रविधिको बढ्दो प्रयोग र त्यहाँ राखिने कस्मेटिक सामग्रीको सिको गर्न खोज्दा नेपाली समाजमा समस्या देखिएको पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् । देखासिकी गर्न हैसियतले नभ्याउँदा पनि आत्महत्या रोज्ने गरेको उनको तर्क छ ।
‘अहिलेको समय निकै परिवर्तनशील छ । नेपाली समाज त्यतातिर दौडिन खोजेको छ, तर हाम्रो हैसियतले भ्याउँदैन । सोहीकारण वितृष्णा पैदा भएर अपराधको बाटो रोजेको देखिन्छ,’ पूर्व डीआईजी ठकुरीले लोकान्तरसँग भने ।
वैदेशिक रोजगारी र आर्थिक समस्या पनि अर्को कारण भएको उनी बताउँछन् ।
‘राजनीतिक परिवर्तनले अधिकार दियो, तर रोजगारी दिएन । सोही कारण वैदेशिक रोजगारीमा जानुपर्यो । वैदेशिक रोजगारीले सामाजिक समस्या निम्त्यायो,’ डीआईजी ठकुरीले लोकान्तरसँग भने ।
५ वर्षमा १३ सय ५२ जनाको आफन्तबाटै हत्या !
प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो ५ वर्षमा १३ सय ५२ जनाको परिवारभित्रैबाट हत्या भएको छ ।
प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार श्रीमान्ले श्रीमती, बुवाआमाले छोराछोरी, छोराछोरीले आमाबुवा, छोराबुहारीले आमाबुवा र सासुससुरा, सौतेनी आमा र बुवाले छोराछोरी, आफन्तले ज्वाइँ जेठान, मामाले भाञ्जाभाञ्जी, भाञ्जाले मामामाइजू, काकाकाकीले भतिज, दाजुले भाइबुहारी, भाइले दाजुभाउजूसम्मको हत्या गरेका घटना आएका छन् ।
आर्थिक वर्ष २०७४/०७५ मा २ सय ६ जना, २०७५/०७६ मा २ सय ९ जना, २०७६/०७७ मा २ सय १ जना, २०७७/०७८ मा २६३ जना र २०७८/०७९ मा ३ सय ७३ जनाको आफन्तबाटै हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...