कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
साउन २४, २०७९
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
५ दलीय सत्ता गठबन्धन कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् । गठबन्धनमा रहेका दलले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको सोमवार बसेको पहिलो बैठकले कांग्रेस पूर्व महामन्त्री सिटौलालाई संयोजकमा चयन गरेको हो ।
बैठकमा गठबन्धनलाई चुनावी तालमेलका साथै संविधान कार्यान्वयन र जनजीविकाका विषय सम्बोधनमा समेत कार्य गर्नेगरी अघि बढाउनुपर्ने सम्बन्धमा सकारात्मक छलफल भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए । कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्ष नेताहरूलाई बुझाउनेछ ।
यसअघि बसेको गठबन्धनका शीर्ष नेताको बैठकले पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा माओवादी केन्द्रबाट नेताहरू वर्षमान पुन र देव गुरुङ छन् ।
नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।
००००
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका प्रशिक्षक मनोज प्रभाकरलाई १ वर्षका लागि नियुक्त गरेको छ । पूर्व भारतीय अलराउण्डरका साथै रणजी ट्रफी विजेताका प्रशिक्षक समेत रहेका प्रभाकरलाई सोमवार मुख्य प्रशिक्षक नियुक्त गरिएको क्यानले जनाएको छ ।
००००
कर्मचारीको तलब बजेटमा घोषणा गरिएकोभन्दा बढी बनाउन संसदीय समितिले गरेको सिफारिसका आधारमा सरकारले सार्वजनिक गरेको नयाँ तलबमान विवादमा परेको छ ।
समान पदमा समान तलब बनाउन सरकारले अधिकृतदेखि सचिवसम्मको तलब २४ प्रतिशतले बढाउने गरी नयाँ तलबमान सार्वजनिक गरेको छ ।
यस्तो तलबमान वरियताअनुसार तलब मिलान गर्न निजामती कर्मचारीहरूले संसदीय समितिमार्फत सिफारिस गराएका थिए । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमार्फत वरियताअनुसार तलबमान कायम गर्न भन्दै बजेटले दिएको सीमाभन्दा बढीको तलबमान सार्वजनिक भएको हो ।
नयाँ तलबमान सार्वजनिक भएपछि नायब सुब्बाहरूले विरोध गरेका छन् । नयाँ तलबमान अनुसार नासुको भन्दा अधिकृतको तलबमा ठूलो अन्तर देखिएको उनीहरूको गुनासो छ । यसका साथै नासुको तलब हलुका सवारी चालक र सुरक्षा निकायका समान पदको भन्दा कम हुने भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
नासुहरूले सरकारले समान पदमा समान तलब लागू गर्दा नासुहरूलाई छुटाएको भन्दै विरोध स्वरूप सोमवार अर्थ मन्त्रालय घेराउ गरेका छन् । नासुहरूको विरोधका कारण अर्थमन्त्री जनार्दन शर्माले तत्काल बजेट बाहिरबाट बढेको तलब लागू नहुने आश्वासन दिएर फर्किएका छन् ।
अर्थमन्त्रीको आश्वासनपछि कर्मचारीले राजस्व सचिव कृष्णहरि पुष्करलाई भेटेर समस्या समाधानमा पहल गर्न आग्रह गरे । अर्थसचिवले अहिले सार्वजनिक भएको तलबमान प्रस्ताव मात्रै भएको र सरकारको निर्णय भएर आई नसकेको र सोहीअनुसार परिपत्र समेत नभएको जानकारी दिए ।
पुष्करले तत्काल बढेको तलब कार्यान्वयन नहुने संकेत पनि गरे । ‘बजेटले १५ प्रतिशत तलब बढाउने भनेको छ । सोहीअनुसार कर्मचारीको तलब वृद्धि हुन्छ,’ उनले भने । त्योबाहेक संसदीय समितिले सिफारिस गरेको २३ प्रतिशतसम्मको तलब तत्काल लागू नगर्ने आश्वासन अर्थमन्त्री जनार्दन शर्माले दिएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले बताए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रगतिशील जनताको पार्टी भएको बताएका छन् । सोमबार रौतहटको गौरमा आयोजित बृहत् पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै उनले एमाले भ्रष्टाचारीलाई निरुत्साहित गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी भएको जिकिर गरे । पूर्वप्रधानमन्त्री ओलीले तराई मधेसका जिल्लाहरुले बर्सेनि कटान, डुबान र बाढीको समस्या झेल्दै आएकाले छिमेकी मुलुक भारतसँग वार्ता गरी यसको समाधान खोज्नुपर्ने बताए ।
००००
यस वर्षको वर्षायाम अन्त्य हुनै लाग्दा बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशको १३ जिल्लामा एक लाख २० हजार पाँच सय ६९ हेक्टर क्षेत्रफलमा धानखेती हुने भए तापनि हालसम्म एक लाख ११ हजार आठ सय ९८ हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय हेटौँडाका सूचना अधिकारी राजन चौलागाईंले जानकारी दिए ।
००००
लगानी बोर्डले पश्चिम सेती तथा सेती नदी जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएसपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको छ । सोमवार सिंहदरबारमा बसेको बैठकले पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै लगानी बोर्डका सहसचिव अमृत लम्सालले अपर मस्र्याङ्दी जलविद्युत परियोजनाको एमओइ गरेर यसको सर्वेक्षणको काम अघि बढाउने निर्णय पनि भएको बताए । उनले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको नेपाल सरकार मन्त्रीपरिषद्बाट भएको निर्णय अनुसार कार्यान्वयन गर्नलाई सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको बताए ।
००००
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आदिवासी, जनजातिको हितका लागि धेरै महत्वपूर्ण काम गर्दै आएको बताएका छन् । २८ औं विश्व आदिवासी दिवसको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भए अनुसार उनीहरूको हक, अधिकार र सुविधा दिलाउने कार्यमा पनि सरकार सदैव क्रियाशील रहेको बताए ।
००००
कोरोना भाइरसको सङ्क्रमण सोमबार ९ सय ३४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा ५ हजार तीनसय ५१ परीक्षणमध्ये ९ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छसय ८६ पुगेको छ ।
००००
गृह मन्त्रालयले नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले सोमवार एक विज्ञप्ति जारी गर्दै नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न निर्देशन दिएको हो ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन् । निर्वाचन आयोगले बाग्लुङकी एक मतदातालाई दिएको मतदाता परिचयपत्रमा नाम कुकुर्नी कमिनि राखेको सार्वजनिक भएपछि यसको सर्वत्र आलोचना भएको थियो ।
गृह मन्त्रालयले सोही मतदाता परिचयपत्र बनाउँदा नागरिकतामा समेत सोही नाम प्रयोग गरेको पाइएपछि अपमानजनक नाम प्रयोग नगर्न निर्देशन दिएको हो । त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन समेत मन्त्रालयले भनेको छ ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अंकले ओरालो लागेर २ हजार १०६.१५ मा ओर्लेको छ ।
००००
वाणिज्य बैंकहरूको निक्षेप पछिल्लो एक सातामा ४ अर्ब रुपैयाँले घटेको छ । बैंकहरूको निक्षेप साउन १३ देखि २० गतेसम्मको एक सातामा घटेको भएपनि कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघले जारी गरेको पछिल्लो तथ्यांक अनुसार साउन तेस्रो सातासम्ममा बैंकहरूको निक्षेप ४४ खर्ब ५० अर्बबाट ४४ खर्ब ४६ अर्ब रुपैयाँमा झरेको छ ।
००००
भ्रष्टाचार विरोधी अभियान चलाएर चर्चा कमाएका ज्ञानेन्द्र शाही आसन्न संसदीय निर्वाचनमा जुम्लाबाट उम्मेदवार बन्ने भएका छन् । भ्रष्टाचार विरोधी अभियानपछि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका शाहीले आगामी मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ जुम्लाबाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
००००
नेपाली कांग्रेसका दोस्रो तहका नेताहरूले बहुमत सिट आफूसँग राखेर मात्र गठबन्धनमा सिटसंख्या बाँड्न प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । प्रतिनिधि सभाका १ सय ६५ सिटमध्ये कांग्रेसले १०० आफूसँग राखेर बाँकीमा तालमेल गर्न उनीहरूले नेतृत्वलाई सुझाव दिएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान भएको छलफलमा पूर्वपदाधिकारी र प्रभावशाली नेताहरूले बहुमत सिट आफूसँग राख्न आग्रह गरेका थिए । चुनावी तालमेलको विरोध गर्ने नेताहरूलाई केन्द्रीय समिति बैठकमा हकारेका देउवाले सोमवार भने अ?को कुरा सुनेका थिए ।
००००
प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले सार्वजनिक यातायातको अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सार्वजनिक यातायातले यात्रुहरूसँग मनलाग्दी भाडा असुल गरेको गुनासो आएको भन्दै समितिले तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको हो ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...