×

NMB BANK
NIC ASIA

संरचना तयार नहुँदै राजधानी सार्ने चलखेल, मुख्यमन्त्री र सभामुख कमिसनको चक्करमा परेको आरोप

भदौ ७, २०७९

NTC
Sarbottam
निर्माणाधीन प्रदेश सभा भवन
Premier Steels
Marvel

निर्वाचनको मुखैमा लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा सार्न मुख्यमन्त्री कुलप्रसाद केसीले कर्मचारीलाई अनावश्यक दबाब दिएका छन् । सत्तारुढ गठबन्धनकै विमतिबीच अस्थायी मुकाम बुटवलबाट पूर्वाधारबिनै मुख्यमन्त्री केसी र सभामुख पूर्णबहादुर घर्ती प्रदेशसभा लगायतका कार्यालय सार्न हतारिएका हुन् । निर्वाचनअघि एकपटक भए पनि स्थायी राजधानीस्थित भवनमा संसद् चलाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिइएको हो । 

Muktinath Bank

यो विषयमा सत्तारुढ दलका मन्त्री र सांसदहरू समेत बेखबर छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचनको मिति घोषणा भएपछि संरचना तयार नहुँदै भवन सार्ने सरकारको तयारी गलत नियतका साथ आएको बताएको छ । एमाले सांसद एवं पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले प्रदेशसभा भवन तयार नहुँदै निर्वाचनको मुखमा सस्तो लोकप्रियता कमाउने खेलमा राजधानी सार्न खोजिएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सरकार कमिसनको खेलमा प्रदेशसभा कार्यालय हतार–हतार सार्न खोजिएको आरोप लगाए । राप्ती प्राविधिक शिक्षालय परिसरमा ५ करोड २१ लाख ९३ हजार रुपैयाँ लागतमा ‘मेटल स्ट्रक्चर’ को प्रदेश सभा भवन निर्माणाधीन छ । भवन निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले २०७८ वैशाख २४ गते ठेक्का सम्झौता गरेको थियो । 


Advertisment
Nabil box
Kumari

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले संरचना पूर्ण रूपमा बनेपछि मात्र राजधानी लैजाने भनिए पनि तत्काल प्रदेशका कुनै पनि कार्यालय सार्ने विषयमा कुराकानी नभएको बताए । ‘प्रदेशसभाको बहुमतले प्रदेश राजधानी दाङ राप्ती उपत्यकामा तोकेकाले त्यहाँ लैजाने कुरा स्वाभाविक छ । तर, अहिले संरचना तयार नहुँदै हतार–हतारमा कसैलाई थाहै नदिई किन सामान सार्न खोजिँदै छ ?’, कांग्रेस सांसद बैजनाथ कलवारको प्रश्न छ । 

Vianet communication
Laxmi Bank

पहिलो सम्झौताअनुसार चार महिना (२०७८ साउनभित्र) भवन बनाइसक्नुपर्ने हो । मुख्यमन्त्री केसी र सभामुख घर्तीले प्रदेशसभा भवनको काम छिटो सक्न पटक–पटक निर्माण कम्पनीलाई ताकेता गरे पनि काममा ढिलाई भएपछि असन्तुष्ट बनेका हुन् । 

दाङको राप्ती उपत्यका (भालुवाङ क्षेत्र) ‘भर्जिनल्यान्ड’ भएकाले स्थायी संरचना बनाएर मात्रै मन्त्रालय र प्रदेशसभा अस्थायी राजधानी बुटवलबाट सार्ने सरकारले निर्णय गरेको थियो । तर, मुख्यमन्त्री केसी र सभामुख घर्तीले निर्वाचनलाई लक्षित गरी निर्माणाधीन त्यो पनि अस्थायी संरचनामा विद्युतसमेत जडान नभएको भवनमा कार्यालय सार्ने र संसद् चलाउन कर्मचारीलाई निर्देशन दिएका छन् । यही अवस्थामा प्रदेशसभा भवन लगिए यातायात र कर्मचारी खर्च ह्वात्तै बढ्ने र त्यसले प्रदेश सरकारको आलोचना बढाउने श्रेष्ठको दाबी छ । 

प्रदेशसभाका सचिव दुर्लभ पुन मगरले निर्वाचनअघि स्थायी राजधानीमा निर्माण भएको नयाँ भवनमा संसद् शुरु गर्ने योजना रहेको बताए । उनले प्रदेशसभाको भवन तयार नहुँदै संसद् लैजाने कुरामा आफूहरूको विरोध हुने बताए । 

प्रदेशसभाले नियमविपरीत सामान खरिद गर्ने, मापदण्डविपरीतका सामान सप्लायर्सबाट सामान लिनेजस्ता काम गरेकोसमेत आरोप लागेको छ । २०७७ असोज २० गते प्रदेशसभाबाट नाम लुम्बिनी र स्थायी राजधानी दाङको राप्ती उपत्यका (भालुवाङ, देउखुरी) क्षेत्रलाई तोकिएको थियो ।  

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x