×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

रूपन्देही झर्ने चन्द्र भण्डारीको चाहनामा गृहमन्त्री खाँण तगारो !

भदौ १३, २०७९

NTC
Premier Steels

गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण यसपटक रूपन्देही क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा छन् ।

Muktinath Bank

गएको निर्वाचनमा उनी प्रत्यक्षतर्फ उम्मेदवार बनेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहोरालाई प्रत्यक्षतर्फ अगाडि सारेर आफू समानुपातिकमा बसे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय निर्वाचन अगाडिसम्म खाँण आफूलाई असुरक्षित ठानेर निर्वाचन क्षेत्र परिवर्तनको तयारीमा थिए । आफ्नो मतदाता नामावली समेत क्षेत्र रूपन्देही– १ मा सारिसकेका थिए ।


Advertisment
Nabil box
Kumari

तर, स्थानीय निर्वाचनको नतिजाले खाँणलाई रूपन्देही– ३ मै उम्मेदवार बन्न सहज देखाएको विश्लेषण कांग्रेस वृत्तमा हुन थालेको छ । खाँणको क्षेत्रमा पर्ने सबै पालिका स्थानीय तह निर्वाचनमा कांग्रेसका पोल्टामा गएका छन् । 

Vianet communication

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने खाँणले रूपन्देहीको कांग्रेस राजनीतिलाई एक्लै ‘होल्ड’ गरिरहेका छन् ।

त्यसलाई साथ दिएका छन्, रूपन्देहीका अर्का नेता भरतकुमार शाहले । शाह पनि देउवाका ‘किचन क्याबिनेट’भित्र पर्ने नेता हुन् ।  

उपसभापतिमा देउवाइतर समूहबाट उम्मेदवार बनेर पराजित भएका प्रभावशाली नेता चन्द्र भण्डारी रूपन्देही झर्ने चर्चा केही समयअगाडि जोडतोडले चलेको थियो ।

रूपन्देही– २ मा कांग्रेसका प्रभावशाली उम्मेदवार नरहेकाले भण्डारी स्वयं पनि उक्त क्षेत्रमा झर्न चाहेको चर्चा थियो । उनलाई बुटवल ल्याउन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेसहित संस्थापनइतर समूहका नेताले जोड दिएका थिए ।

उनी यतातिर आउँदा धेरै समय बिताउने बुटवलमै हो । तर, बुटवल झर्ने भण्डारीको चाहनामा खाँणकै कारण ब्रेक लागेको चर्चा कांग्रेस वृत्तमा शुरू भएको छ ।

रुपन्देही– २ एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले लगातार जित्दै आएको क्षेत्र हो । गठबन्धनबाट एकीकृत समाजवादीका युवा नेता राजु गुरूङ उम्मेदवार बन्न कस्सिएका छन् । खाँणले खासै चासो नदिँदा भण्डारी रूपन्देही आउने चर्चा त्यसै सेलाउन थालेको छ ।

भण्डारीलाई रूपन्देही– २ मा ल्याउन गृहमन्त्री खाँण सकारात्मक नरहेको कांग्रेस रूपन्देहीका एक नेताले बताए । खाँणको सकारात्मक पहलकदमी नहुँदा भण्डारी यहाँ आएर जोखिम मोल्ने अवस्था नरहेको ती नेताको तर्क छ ।

गुल्मी, पाल्पा र अर्घाखाँचीबाट झरेका धेरै मतदाता रहेका बुटवलमा भण्डारीलाई ल्याउन संस्थापनइतर पक्षले जोडबल गरिरहेको छ । तर, रूपन्देहीमा पार्टीलाई आफूअनुकूल चलाइरहेका खाँण जिल्लामा अर्को शक्ति केन्द्र निर्माण होस् भन्ने चाहँदैनन् ।

विद्यार्थी राजनीतिदेखि नै खाँण र भण्डारी समकालीन नेता हुन् । त्यही बेलादेखि उनीहरूबीच सुमधुर सम्बन्ध रहन सकेको छैन ।

कांग्रेसका बुटवल उपमहानगर सचिव छायाँ पोखरेलले चन्द्र भण्डारी गुल्मीबाटै चुनाव लड्ने बताए । ‘उहाँ बुटवल आउने कुरा कहिल्यै गर्नुभएको छैन । गृहमन्त्री बालकृष्ण खाँणसँग यो विषयमा छलफल पनि भएको छैन । उहाँलाई अहिले उहीँ (गुल्मी) अनुकूल छ । बुटवल आउने कुरामा सत्यता छैन,’ सचिव पोखरेलले लोकान्तरसँग भने । 

चन्द्र भण्डारीले चुनाव लड्दै आएको क्षेत्र गुल्मी– १ हो । उक्त क्षेत्रमा अहिले नेता चन्द्र केसीले पनि दाबी गरिरहेका छन् । पार्टी सभापति शेरबहादुर देउवाका कटु आलोचक रहेका प्रभावशाली नेता भण्डारीलाई टिकट पाउनै संघर्ष गर्नुपर्ने अवस्था छ । 

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता चन्द्र केसीले यो पटक आफू जुनसुकै हालतमा गुल्मी क्षेत्र नम्बर– १ बाट चुनाव लड्ने दाबी गरे ।

‘पार्टीभित्रको ठूलो समूह चन्द्र भण्डारीअनुकूल छैन,’ केसीले लोकान्तरसँग भने, ‘क्षेत्र नम्बर १ मा रहेको मेरो घर पर्ने वडालाई उहाँ (भण्डारी)कै योजनामा निर्वाचन क्षेत्र पुनर्संरचना गर्दा क्षेत्र नम्बर २ मा पारिदिनुभएको हो । म जुनसुकै हालतमा पनि निर्वाचन यो पटक क्षेत्र नम्बर १ बाटै चुनाव लड्छु ।’

त्यसको संकेत देउवाले दिइसकेका छन् ।

कांग्रेसले आगामी निर्वाचनलक्षित अभियानका लागि केन्द्रीय प्रतिनिधिको रूपमा गुल्मीमा देउवाका खास मान्छे देवेन्द्रराज कंडेललाई खटाएको छ ।

त्यस्तै उपसभापतिमा पराजित भण्डारीलाई देउवाले केन्द्रीय सदस्य समेत बनाएका छैनन् । 

केसी अघिल्लो निर्वाचनमा गुल्मी– २ बाट पराजित भएका थिए । गुल्मी–२ मा नेकपा एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री उम्मेदवार बन्ने चर्चा छ ।

झाँक्रीलाई क्षेत्र नम्बर २ छाड्नु परेमा कांग्रेसले क्षेत्र नम्बर १ पाउने छ । त्यस्तो अवस्थामा नेता भण्डारी र केसीबीच टिकटका लागि रस्साकस्सी चल्ने देखिन्छ ।

गुल्मी– १ मा टिकट मिलाउन समस्या भएमा देउवाले कांग्रेसको भागमा क्षेत्र नम्बर २ राखेर माओवादीलाई क्षेत्र नम्बर १ छाड्न सक्ने चर्चा पनि छ ।

गुल्मी– १ माओवादीको भागमा परेमा पूर्व मुख्यसचिव लीलामणि पौड्याल उम्मेदवार बन्ने सम्भावना छ ।

नेता भण्डारीले आफू कहाँबाट चुनाव लड्ने भन्ने विषयमा अहिले केही नबोल्ने बताए । 

यता कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले एकपटक गुल्मीले फेरि चन्द्र भण्डारीलाई नै खोजेको दाबी गरे ।

‘तालमेल गर्दा पनि दुई क्षेत्रमध्ये एउटा क्षेत्र कांग्रेसलाई पक्का पर्छ,’ भट्टराईले लोकान्तरसँग भने, ‘चन्द्र भण्डारी क्षेत्र नम्बर १ को उम्मेदवार हुनुपर्छ । चन्द्र केसीको चाहिँ भूगोल पनि क्षेत्र नम्बर २ मा पर्छ । तर, यो हाम्रो कुरा मात्र हो । केन्द्रले जसलाई टिकट दिन्छ, उही लड्ने हो ।’

क्षेत्र नम्बर १ मा कांग्रेसभित्र चरम गुटबन्दी छ । भण्डारी र केसीबीच न्यानो सम्बन्ध छैन । केसी देउवानिकट मानिन्छन् । २०५६ सालको निर्वाचनमा केसी पराजित भएका थिए ।

त्यतिबेला भण्डारीको असहयोगले आफू हारेको केसीले अहिले पनि बताउने गरेका छन् । २०६४ सालमा चन्द्र भण्डारीको पराजयलाई केसीको असहयोगसँग जोडेर चर्चा भएको थियो ।

२०७० को चुनावमा भण्डारीले एमाले नेता प्रदीप ज्ञवालीलाई हराए । २०७४ मा वाम गठबन्धन हुँदा ज्ञवालीले जितेर भण्डारी हारेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x