×

NIC ASIA

कांग्रेसभित्रको किचलोका कारण सिट बाँडफाँट टुंगिएनः माधव नेपाल

भदौ १८, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसभित्रको किचलोका कारण आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्ने काम नटुंगिएको बताएका छन् । शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले केही दिनभित्रै गठबन्धनमा आबद्ध दलहरूले सिट बाँडफाँटको विषय टुंगो लगाउने बताए । 

Muktinath Bank

आगामी निर्वाचनका लागि गठबन्धनभित्र दल सिट बाँडफाँटबारे सहमति जुटाउने प्रयास भइरहेको छ । तर, सबै दलले आफ्नो अडान नछाडेकाले सहमति जुटिसकेको छैन । खासगरी कांग्रेसभित्र संस्थापन पक्षइतर समूहले १०० सिटभन्दा कम लिएर गठबन्धन गर्न नहुने अडान राखिरहेको छ । सोही अवस्थाप्रति लक्षित गर्दै अध्यक्ष नेपालले कांग्रेसको आन्तरिक किचलोका कारण सिट बाँडफाँटको विषय टुंग्याउन नसकिएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तपाईंहरूले कति सिट पाउनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष नेपालले आफ्नो पार्टीको दाबी ४० सिटमा रहेको संकेत गरेका छन् । ‘बाहिर मिडियामा तपाईंहरूले नै ४० सिट भनेर लेखिदिनु भएको छ’, उनले भने । उनले जित्ने संभावनाका आधारमा गठबन्धन दलहरूबीच सिट बाँडफाँट हुनुपर्ने आफ्नो धारणा रहेको प्रष्ट पारे । ‘कुन ठाउँमा कुन दललाई दिँदा जित सुनिश्चित हुन्छ त्यहीअनुसार भागबन्डा गरौँ भन्ने मेरो मान्यता हो’, उनले प्रष्ट पारे । 


Advertisment
Nabil box
Kumari

अध्यक्ष नेपालले अब चुनाव अघि वाम एकताको सम्भावना नरहेको बताएका छन् । उनले चुनाव अघि वाम गठबन्धनको सम्भवना नरहे पनि चुनावपछि भने अवस्था हेरेर हुनसक्ने बताए । उनले तत्काल माओवादी केन्द्रसँग गठबन्धन हुने भए पनि पार्टी एकता भने नहुने उनले प्रष्ट पारे । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x