×

NIC ASIA

सोलुखुम्बुबाट प्रत्यक्षतर्फ आङगेलुको एकल नाम सिफारिस, बलबहादुर केसी समानुपातिकमा

भदौ २०, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेस सोलुखुम्बुले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनतर्फ केन्द्रीय सदस्य आङ गेलु शेर्पाको एकल नाम सिफारिस गरेको छ । आइतवार बसेको कांग्रेस जिल्ला कार्य समिति बैठकले प्रतिनिधि सभातर्फ शेर्पाको एकल नाम सिफारिस गरेको हो । जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि र प्रदेश सभा क्षेत्रीय सभापतिहरूको संयुक्त बैठकले प्रतिनिधि सभा र प्रदेश सभातर्फ उम्मेदवारहरूको नाम सिफारिस गरेको हो । 

Muktinath Bank

यसअघि तीनपटक प्रतिनिधि सभा र एकपटक संविधान सभाको निर्वाचनसमेत जितेका बलबहादुर केसीलाई समानुपातिक तर्फ सिफारिस गरिएकाे छ । समानुपातिकतर्फ उनीसहित आठ जनाकाे नाम सिफारिस गरिएको छ । केसीले २०४८ यताको सबै संसदीय निर्वाचनमा टिकट पाउँदै आएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभा समानुपातिकतर्फ पुरुषोतम बस्नेत, गोकर्ण राई, प्रभुराम बस्नेत, प्रकाशसिंह कार्की, आङछिरिङ शेर्पा, धर्म नेपाली र राधिका श्रेष्ठको नाम सिफारिस गरिएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेश सभातर्फ पनि कांग्रेसले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । 

Vianet communication

प्रदेश सभा ‘क’ मा प्रत्यक्षतर्फ विनोद बस्नेत, भलाकाजी कुलुङ, गणेश बस्नेत, कुसराज राई, रोसन थुलुङ, भेषकुमार बास्तोला र थिरबहादुर बस्नेतको नाम सिफारिस गरिएको जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाले जानकारी दिए । 

त्यस्तै, प्रदेश सभा ‘क’ को  समानुपातिकतर्फ छत्रध्वज बस्नेत, नातिकाजी गुरुङ, सरला नाछिरिङ, गीता गुरुङ, रिना उप्रेती केसी, जीवन गुरुङ, एकाकुमारी कार्की, अशोक झा, जयप्रसाद राई, भक्त गुरुङ, फुर्तिमान तामाङ, विमला गुरुङ र हरिदेवी भुजेलको नाम प्रदेश समितिमा पठाइएको छ ।

प्रदेश सभा ‘ख’ मा प्रत्यक्षतर्फ कर्मा शेर्पा, प्रेमबहादुर थापा मगर र साङगा बहादुर राईको नाम सिफारिस गरिएको छ । 

समानुपातिकतर्फ डोल्मा तामाङ, फुदोर्जी शेर्पा, पासाङ शेर्पा, मनोज खड्का, टंकीमाया बस्नेत, मंगलसिंह तामाङ, सानुमाया राजभण्डारी, राजन बस्नेत र लाक्पा नुरु शेर्पाको नाम सिफारिस गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x