×

NMB BANK
NIC ASIA

ओली र लिङ्देन दुवैको भविष्य निर्धारण गर्न सक्ने पात्र

ओलीको क्षेत्रमा पेचिलो राजनीति: दमकका मेयरले गठबन्धनसँगको सहमति मान्लान् कि लिङ्देनका कुरा ?

भदौ २७, २०७९

NTC
Premier Steels

अघिल्लो चुनावमा गाला जोड्दै हिँडेका वामपन्थी नेताहरूबीच यतिबेला बोलचाल बन्द छ । पहिला विचारदेखि एजेन्डासम्म साटासाट गर्ने नेताहरू काटाकाटको अवस्थामा छन् । 

Muktinath Bank

नेकपा हुँदादेखिकै विवाद विभाजन हुँदासम्म पनि सल्टिएको छैन । नेकपा विभाजित बनेपछि एमाले र माओवादी केन्द्रका नेताबीच बेमेल छ नै एकीकृत समाजवादीका नेताहरूसँग एमाले नेताहरूको झन् बढी तिक्तता छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकीकृत समाजवादी एमालेबाटै विभाजित भएर बनेको हो । तिक्तताको असर चुनावमा ठूला नेताहरूलाई झनै बढी पर्ने देखिएको छ ।


Advertisment
Nabil box
Kumari

अघिल्लोपटक सबैभन्दा बढी मत ल्याएर जितेका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पार्टी विभाजन र वामपन्थीहरू छिन्नभिन्न हुँदा रक्षात्मक अवस्थामा पुगेका छन् ।

Vianet communication

२०७४ सालको चुनावमा ओली ५७ हजार १ सय ३९ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत प्राप्त गरेका थिए । 

अहिले परिस्थिति फेरिएको छ । ओलीको क्षेत्र झापा ५ मा पर्ने दमक नगरपालिकामा एमाले पराजित हुन पुग्यो । दमकको पराजय ओलीका लागि चुनौती बनेर खडा भएको छ ।

दमकमा एमालेलाई हराउन एकजुट भएको पाँचदलीय गठबन्धन अहिले फेरि ओलीलाई हराउन कम्मर कसेर लाग्ने स्थिति छ ।

सोही कारण चुनाव जित्नका लागि ओलीलाई नै राप्रपाको मतमा भर पर्नुपर्ने अवस्था आउने विश्लेषण भइरहेको छ ।

ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच चुनावी गठबन्धनका विषयमा पनि छलफल चलिरहेको छ । तर, राप्रपासँग गठबन्धन गरे पनि दमकमा राप्रपाको मत ओलीले पाउँछन् भन्ने निश्चित छैन ।

गत चुनावमा क्षेत्र नम्बर ३ मा राप्रपाका नेता राजेन्द्र लिङ्देनलाई जिताउन र कांग्रेसका कृष्ण सिटौला हराउन एमालेले भूमिका खेल्यो भने ५ मा ओलीलाई पपुलर मत दिलाउन राप्रपाले सहयोग गरेको थियो । वाम गठबन्धन हुँदा ओलीले एक्लै चुनाव जित्ने अनुमान गरिए पनि पपुलर मत ल्याउनका लागि उनले राप्रपाको मत ल्याएका थिए । 

२०७४ को निर्वाचनभन्दा यस पटकको निर्वाचन फरक हुने देखिएको छ । यसपटक चुनाव जित्न नै ओलीलाई राप्रपाको मत आवश्यक छ ।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा दमक नगरपालिकामा सत्तारुढ गठबन्धनको मत लिएर राप्रपाका राम थापा विजयी भएका थिए । 

स्थानीय चुनावका क्रममा दमकमा राप्रपामा विवाद देखियो । पाँचदलीय गठबन्धनले दमकको मेयरमा आफूलाई सघाउने निर्णय गरे पनि अध्यक्ष लिङ्देनले खुलेर साथ नदिएको बुझाइ थापाको छ । लिङ्देन थापाको चुनावी अभियानमा समेत सहभागी भएनन् ।

चुनावी अभियानमा आएर एकपटक पनि भाषण नगरेपछि थापा लिङ्देनसँग रुष्ट छन् ।

लिङ्देनले उल्टै एमालेलाई मेयर दिएर उपमेयर राप्रपाले लिने भनेर लबिङ गरेका थिए । तर दमकमा लिङ्देनभन्दा थापा नै बलियो बनेपछि अध्यक्षको इच्छाविपरीत गठबन्धन बनेको थियो ।

गठबन्धनको साथ लिइसकेपछि लिङ्देनले थापालाई नउठ्नुस् भन्न सकेनन् । तर, खुलेर साथ पनि दिएनन् । मेयर थापा पार्टीका प्रदेश कमिटी अध्यक्ष पनि हुन् । 

राप्रपाको यो विवाद प्रतिनिधिसभा चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन दुवैलाई टाउको दुखाइको विषय बन्ने निश्चित छ ।

ओली र लिङ्देन चुनाव जित्नका लागि एकअर्कालाई सघाउने रणनीतिमा छन् । चुनावी तालमेलका विषयमा एमाले र राप्रपाबीच केन्द्रमा पटकपटक छलफल भइसकेको छ ।

तर, आफ्नै पार्टीका मेयरको असन्तुष्टि लिङ्देनका सामु चुनौती बनिरहेको छ ।

स्थानीय चुनावमा लगाएको गुन तिर्न थापाले सत्ता गठबन्धनलाई सघाएमा झापा– ३ मा एमालेको साथ नपाएर हारिने हो कि भन्ने चिन्तामा लिङ्देन छन् ।

यस्तो अवस्थामा कतै ओली र सिटौलाले अघोषित तालमेल गर्ने त होइनन् भन्ने चिन्ता लिङ्देनले निकटस्थहरूसँग व्यक्त गर्न थालेका छन् ।

‘पहिला दरिलो गठबन्धन थियो । अहिले सोचेजस्तो सजिलो छैन,’ लिङ्देनले व्यक्त गरेको चिन्ता उद्धृत गर्दै एक नेताले लोकान्तरसँग भने, ‘हामी एमालेसँग सहकार्य गरौंला, अर्कातिर दुई नेता (केपी शर्मा ओली र कृष्णप्रसाद सिटौला)को सेटिङ हुन्छ कि भन्ने संकेत आउन थालेको छ ।’

राप्रपाको मत नपाउने अवस्थामा ओलीले सिटौलासँग अघोषित तालमेल गर्न सक्ने चिन्ताले लिङ्देनलाई सताइरहेको यो कुराले पनि पुष्टि गर्छ ।

मेयर राम थापा पार्टीमा कमल थापा निकट मानिन्थे । तर, कमल थापा पार्टीबाट अलग भएपनि उनी राप्रपामै रहे । लिङ्देन पक्षीय नेताहरूले थापालाई राप्रपाभित्रको भीम रावल भन्न थालेका छन् । एमाले नेता भीम रावल अध्यक्ष ओलीका कटु आलोचक हुन्, तर माधव नेपालको साथ छाडेर एमालेमै बसेका छन् ।

यता सत्ता गठबन्धनमा आबद्ध दलहरूले प्रतिनिधिसभा चुनावमा आफूहरूलाई सघाउने सहमति थापाले स्थानीय चुनावकै क्रममा गरेको दाबी गर्ने गरेका छन् ।

‘उहाँले हामीसँग लिखित रूपमा नै सहमति गर्नुभएको छ,’ नेकपा माओवादी केन्द्र दमक नगर कमिटीका इञ्चार्ज वेदप्रसाद गौतमले लोकान्तरसँग भने, ‘दमकमा राप्रपाको भन्दा पनि थापाको व्यक्तिगत भोट राम्रो भएका कारण हामीलाई सहज हुन्छ ।’

त्यसो त दमकमा हारे पनि झापा ५ मा एमाले कमजोर भने छैन । स्थानीय तहमा वडाध्यक्षहरूले ल्याएको मत अनुसार एमालेसँग एक्लै ४१ हजार ६१९ मत रहेको छ ।

सत्तारूढ गठबन्धनमा कांग्रेसको २२ हजार २२ मत रहेको छ भने माओवादी केन्द्रको १० हजार ७८८ र नेकपा एकीकृत समाजवादीको १ हजार ९८८ मत छ । 

यसरी सत्तारूढ गठबन्धनका दलहरूको ३४ हजार ७९८ मत हुन्छ । जुन एमालेभन्दा ६ हजार ८२१ मत कम हो । यहाँ राप्रपाको ८ हजार ३५३ मत छ ।

मेयर थापाले असहयोग गरे ओलीलाई संकट आउन सक्ने अनुमान गर्न थालिएको छ । 

गठबन्धन दलहरूले झापा ५ का लागि उम्मेदवार सिफारिश गरिरहेका छन् । कांग्रेसले ५ जना आकांक्षीको नाम सिफारिश गरेको छ भने माओवादीले ४ जनाको नाम सिफारिश गरेको छ । 

कांग्रेसले महेन्द्र सुब्बा, खगेन्द्र अधिकारी, पदम पौडेल, मेदनी सिटौला र विश्वदीप लिङ्देनको नाम सिफारिश गरेको छ । माओवादीले रञ्जित तामाङ, गगन पूरी, सुरेन्द्र बस्नेत र रमेश गुरागाईंको नाम सिफारिश गरेको छ । 

मूल ढोकाबाट फेरि सिंहदरबार प्रवेश गर्ने ओलीले योजना सफल बनाउन राम थापाले सघाउलान् कि नसघाउलान भनेर हेर्न मंसिर ४ सम्म पर्खिनै पर्ने हुन्छ ।

२०६४ सालमा तत्कालीन माओवादीका विश्वदीप लिङ्देनले ओलीलाई पराजित गरेका थिए । लिङ्देन अहिले कांग्रेसबाट उम्मेदवार सिफारिश भएका छन् । त्यसयताका दुवै निर्वाचनमा ओलीले जित्दै आइरहेका छन् ।

पढ्नुहोस्, यो पनि :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x