×

NIC ASIA

संसद् अवरोध गर्ने कांग्रेसको तयारी

कांग्रेससँग सभामुखको आग्रह– प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक अवरुद्ध नगरिदिनुस्

काठमाडाैं | जेठ ७, २०८१

Prabhu Bank
NTC
Premier Steels

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक सहज ढंगले संचालन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग आग्रह गरेका छन् । सहकारी ठगीमा संसदीय छानबिन गठनबारे गृहकार्य चइरहेकोले सोमवारको प्रतिनिधि सभा बैठक चल्न दिन घिमिरेले कांग्रेससँग आग्रह गरेका हुन् ।

सोमवार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुखले प्रधानमन्त्रीले बहुमत परीक्षण गर्छुभन्दा त्यसको व्यवस्थापन गर्नु आफ्नो दायित्व भएको बताएका हुन् । प्रचण्डले सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसले भने संसदीय छानबिन समिति नबन्दासम्म बैठक चल्न नदिने अडान लिएको छ । ‘संसदीय अभ्यासमा केही यस्ता बिजनेस पनि हुन्छन्, जहाँ सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा आउनुपर्दछ । जस्तो कि केही दिनअघिमात्रै हामीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सौहार्दता प्रस्तुत गरेका छौं । प्रधानमन्त्रीको विश्वासको मतको विषय पनि यस्तै हो । एक सातापछि नै बजेट ल्याउँदैछौं’ घिमिरेले भने, ‘मुलुकको कार्यकारी प्रमुखले आफ्नो बहुमत परीक्षण गर्छु भनेर सम्मानित संसद्‌मा प्रस्ताव गरेको अवस्थामा यसलाई प्रभावित बनाउनु हुँदैन । संसद्‌को नेतृत्वको हिसाबले मैले यसको व्यवस्थापन गर्नै पर्दछ । यसलाई गम्भीरतापूर्वक लिन म प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलहरूको ध्यानाकर्षण गराउँदछु ।’


Advertisment
Rupse Holidays
Nabil box

गृहमन्त्री रवि लामिछानेले आइतवार संसद्‌मा गरेको सम्बोधनपछि आक्रोशित भएको कांग्रेसले संसदीय छानबिन समिति गठनपछि मात्र विश्वासको मतको कार्यसूची अगाडि बढ्ने अडान लिएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x