×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन २०७९

महरा र पोखरेल ‘हेभिवेट’ भिडन्त, दाङ–२ कसले मार्ला बाजी ?

भदौ २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा रोचक चुनावी भिडन्त हुने एउटा क्षेत्रमध्ये पर्नेछ दाङ–२ । जहाँ ‘हेभिवेट’ उम्मेदवार नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र नेकपा एमालेका महासचिव शंकर पोखरेल एउटै मैदानमा भिड्ने पक्कापक्की जस्तै छ । 

Muktinath Bank

सत्तारूढ गठबन्धनको साथ हुने महरासँग महासचिव पोखरेल एक्लै लड्न कस्सिएपछि भिडन्त पेचिलो हुने निश्चित भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि २०७४ सालमा सोही क्षेत्रबाट महरा संघमा र पोखरेल प्रदेशबाट चुनाव जितेका थिए । महरा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र हुन् भने पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका दाहिने हात ।


Advertisment
Nabil box
Kumari

गठबन्धनसँग एमालेका धेरै हेभिवेट नेताहरू ‘रिस्क जोन’मा भए पनि पोखरेललाई अहिलेको अवस्थामा केही सहज देखिन्छ । किनभने पोखरेलको एकल नाम सिफारिससँगै दाङ–२ मा पर्ने घोराही र तुलसीपुर उपमहानगरपालिका एमालेले जित निकाल्नु । माओवादीले पनि उम्मेदवार सिफारिसमा महराको विकल्प खोजेन । दाङका लागि दुवै नेता ‘टेस्टेड’ भए पनि आउँदो निर्वाचनले महरा र पोखरेलको मुटुमा ढ्यांग्रो बजाएको छ तर एमाले र माओवादी दुवै दलले आ–आफ्ना नेताहरू सुरक्षित रहेको दाबी गर्छन् ।

Vianet communication
Laxmi Bank

कांग्रेसलाई भने दाङ–२ मा उतिसारो चिन्ता छैन । घोराही र तुलसीपुर क्षेत्र पर्ने दाङ–२ मा एमाले र माओवादी चुनावी अभियानलाई तीव्रताका साथ अगाडि बढाएका छन् । 

पूर्व सभामुख महराले कांग्रेसको भोट पुरै पाए निरन्तर जीतको यात्रालाई कसैले रोक्न उनीनिकट नेता बताउँछन् भने पोखरेल स्थानीय तहको जीतसँगै लुम्बिनी प्रदेशको राजधानी दाङ ल्याएको जसले व्यक्तिगत सद्भाव पाउने आशामा देखिन्छन् । दुवै नेता केही समयदेखि काठमाडौं–दाङ चुनावी म्याराथुनमा छन् । 

माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्यले आउँदो निर्वाचनमा दाङमा सबैभन्दा बलियो गठबन्धन हुने दाबी गर्छन् । ‘गत स्थानीय निर्वाचनमा गठबन्धन बलियो हुँदाहुँदै मतदाता शिक्षा प्रभावकारी नहुँदा हार व्यहोर्नुपर्‍यो,’ आचार्य भन्छन्, ‘अब जीत हाम्रो हुन्छ, महराको जीतमा कसैले ब्रेक लगाउन सक्दैन ।’

महराको उम्मेदवारीले आफूलाई सहज हुने एमालेको बुझाइ छ । २ पटक दाङबाट र १ पटक रोल्पाबाट जितेका महरालाई जिल्लामा काम नगरेको आरोप पनि छ । सभामुख रहँदा महिलासँग मुछिएका महरा केही विवादित समेत बनेका थिए ।

एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले दाङ–२ मात्र होइन, क्षेत्र नम्बर ३ मा पनि आफ्नो पार्टीले जीत निकाल्ने दाबी गरे । ‘कांग्रेसका उम्मेदवार भए बरू हामीलाई केही मेहनत गर्नुपर्ला,’ बस्नेत भन्छन्, ‘हामी दाङका दुवै क्षेत्रमा हरेक हिसाबले बलिया छौं । माओवादी उम्मेदवार हुने क्षेत्रमा हामीलाई झनै सहज हुन्छ । तालमेलको निर्णय गर्न जति सजिलो छ, अगाडिको बाटो त्यति सजिलो देख्दिनँ । हाम्रो महासचिवको जीतलाई गठबन्धनले ‘ब्रेक’ लगाउन सक्दैन ।’

पार्टी संगठन र महासचिवको लोकप्रियताले चुनाव जित्ने बस्नेतको दाबी छ । पोखरेलले मुख्यमन्त्री हुँदा प्रदेश राजधानी दाङ लगे पनि माओवादी मुख्यमन्त्री आएपछि खासै कार्यान्वन हुन सकेको छैन । एउटा समूहमा पोखरेल लोकप्रिय जस्तै देखिए पनि उनलाई अर्को समूहले अन्तरमुखी नेता भन्ने गर्छ । गत निर्वाचनमा दाङ क्षेत्र नम्बर २(२) बाट प्रदेश सभामा निर्वाचित एमालेका अमरबहादुर डाँगी हाल माओवादी केन्द्रमा छन् । यसले गर्दा एमालेलाई दाङ–२ मा केही अप्ठ्यारो पर्नसक्ने देखिन्छ ।

दाङका ३ वटा प्रतिनिधिसभा क्षेत्रमध्ये २ वटा नेकपा एकीकृत समाजवादीमा छन् । अघिल्लो चुनावमा महराले कांग्रेसका उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले पराजित गरेका थिए । महराले ४० हजार ४२ मत पाएका थिए भने खनालले २५ हजार ८९७ मत ल्याएका थिए । त्यो बेला माओवादी–एमाले गठबन्धन थियो । 

नेपाली कांग्रेस दाङका सभापति शंकर डांगीले गठबन्धनप्रति कांग्रेस पूर्ण प्रतिबद्ध रहेको बताए । ‘हामी स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनप्रति प्रतिबद्ध थियौं,’ डांगी भन्छन्, ‘माओवादीले बरु स्थानीय तहमा प्रतिबद्धता पालना गरेको देखिएन । केन्द्रले कहाँ–कहाँ कुन पार्टी सिफारिस गरेर पठाउँछ, त्यसलाई पूर्ण समर्थन गर्दै हामी चुनावी प्रक्रियामा होमिन्छौं ।’

वडाध्यक्षको मतको आधारमा एमाले केही कमजोर देखिन्छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा दाङ–२ मा एमालेका वडाध्यक्षका उम्मेदवारले ३३ हजार ५९३ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवारले २३ हजार ३०१, माओवादी केन्द्रका उम्मेदवारले १० हजार ४७८ मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले २ हजार ९४२ मत ल्याएका छन् । यस आधारमा गठबन्धनको ३६ हजार ७२१ मत हुन्छ भने एमालेको ३३ हजार ५९३ मत रहन्छ । त्यसैले आसन्न निर्वाचनमा यो क्षेत्रमा एमाले र सत्तारूढ गठबन्धनबीच कडा टक्कर हुने अनुमान गरिएको छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा दाङका तत्कालीन ५ वटै निर्वाचन क्षेत्रमा माओवादीले ‘क्लिन स्वीप’ गरेको थियो ।  

त्यसको ६ वर्षपछि फेरि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले ५ वटै क्षेत्रमा जित्यो । २ वटा महत्त्वपूर्ण निर्वाचनमा २ दल आलोपालो जस्तै निर्वाचन जित्दा नेकपा एमालेले जिल्लामा एउटा क्षेत्रमा पनि आफ्नो उपस्थिति देखाउन सकेको थिएन । 

२०७४ असारमा भएको स्थानीय तह निर्वाचनमा एमालेले जिल्लामा आफ्नो अवस्थामा धेरै सुधार गर्‍यो । स्थानीय तह निर्वाचनमा दाङका १० स्थानीय तहमध्ये २ उपमहानगरपालिकासहित ६ वटा स्थानीय तहमा एमालेले जीत निकाल्यो । कांग्रेसले ३ र माओवादीले १ पालिकामा चित बुझाए । 

२०७९ सालको निर्वाचनमा २ उपमहानगर जितेर एमालेले जिल्लामा केही भए पनि महासचिवको साख जोगायो । २०५६ सालको निर्वाचनमा ४ वटा क्षेत्रमध्ये सबैमा कांग्रेस विजयी भएको थियो भने २०५१ सालको मध्यावधि निर्वाचन एमालेबाट हालका एमाले महासचिव शंकर पोखरेलले मात्र जीत निकालेका थिए । यी नतिजाले दाङमा कांग्रेस सबैभन्दा बलियो देखिँदै आएको थियो । जिल्लामा अहिले ३ वटै दल उम्मेदवार छनोटमा जुटिरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x