×

NMB BANK
NIC ASIA

किन विवादित बन्यो भुवनले बनाएको सल्लाहकार समिति ?

भदौ ३१, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

चलचित्र विकास बोर्डले गठन गरेको सल्लाहकार समितिलाई लिएर विवाद शुरू भएको छ ।  

Muktinath Bank

बिहीवार बोर्ड अध्यक्ष भुवन केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले नीर शाहको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त समिति गठन भएको २४ घण्टा नबित्दै विवाद शुरू भएको हो ।  सल्लाहकार समितिको सदस्यमा आकाश अधिकारी, रविन्द्र खड्का, विधान कार्की, शोभित बस्नेत र सुशान्त श्रेष्ठ छन् ।


Advertisment
Nabil box
Kumari

चलचित्र समीक्षक यज्ञश, निर्देशक दीपेन्द्र लामा लगायतका चलचित्रकर्मीले सामाजिक सञ्जालमार्फत समितिको आलोचना गरिरहेका छन् ।

Vianet communication

यज्ञशले समिति समावेशी नभएको भन्दै आलोचना गरेका छन् । उनले बोर्ड सदस्य र कर्मचारी नै सल्लाहकार हुनुपर्ने तर्क गरेका छन् । उनले लेखेका छन्,‘चलचित्र विकास बोर्डले पूर्व अध्यक्ष नीर शाहको संयोजकत्वमा पाँच जनाको सल्लाहकार समिति बनाएछ । पहिले भएर पनि थाहा नभएको हो कि पहिलोचोटी यस्तो समिति बनेको हो थाहा भएन । बोर्डलाई यत्रो विघ्न सल्लाह किन चाहिने रहेछ, बोर्ड सदस्य र कर्मचारी नै अध्यक्षका सल्लाहकार हुनुपर्ने हैन र ? त्यसमाथि नेपाल राष्ट्रले समावेशी सिद्धान्तलाई संविधानतः अंगिकार गरेको कुरा हो । यसको अर्थ सरकारी नियुक्ति, मनोनयन सबै त्यही सिद्धान्तअनुरूप हुनैपर्छ । बोर्डका सल्लाहकारमा एकजना पनि महिला छैनन् । समावेशी हुनुपर्छ भन्ने बोर्ड, संचार मन्त्रालय र यो सरकारलाई थाहा छैन ? यस्तो कुरामा मनोनित हुनेहरूले पनि विचार पुर्याउनु उचित हुन्छ ।'

यता निर्देशक दीपेन्द्र लामाले ६ सदस्यीय सल्लाहकार समिति गठन गर्दा एकजना पनि महिला नपरेको भन्दै विरोध जनाएका छन् ।

उनी फेसबुकमा लेख्छन् ‘चलचित्र विकास बोर्डले ६ सदस्यीय सल्लाहकार समिति गठन गर्दा एकजना पनि महिला नसमेटेकोमा मेरो विरोध छ । अध्यक्ष भुवन केसीले त यो कुरामा विचार पुर्याएनन् पुर्याएनन्, सल्लाहकार समितिका संयोजक नीर शाहले समेत अनदेखा गर्नुभएकोमा आश्चर्य लागेको छ । कि, कांग्रेसीजनहरुले समावेशीय सिद्धान्त पोलेर खाएका हुन्  ?’ कतिपयले सल्लाहकार समितिमा राखिएका व्यक्तिको क्षमता र योगदानमै प्रश्न उठाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x