×

NIC ASIA

समाचार

खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले गर्‍यो कारबाही, कसले कति तिर्नुपर्छ ?

भदौ ३१, २०७९

Prabhu Bank
NTC
Premier Steels

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गरेको छ ।  वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार भई कानून बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण नबुझाउनेलाई आयोगले कारबाही गरेको हो । 

Muktinath Bank

 निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिन भित्र निर्वाचन खर्चको विवरण बुझाउनु पर्नेमा त्यसरी विवरण नबुझाउने  १,२३,६२४ जना उम्मेदवारलाई आयोगले कारबाही गरेको हो।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगका अनुसार १,१४,९५८ जना उम्मेदवारहरूले ३० दिनभित्र खर्च विवरण बुझाएका थिएनन् भने  ८,६६६ जनाले तोकिएको समयावधिपछि निर्वाचन खर्चको विवरण बुझाएका थिए । उनीहरुलाई स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो नदेखिएपछि कारबाहीको निर्णय भएको आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कारबाहीमा पर्नेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, धरानका उपमेयर हर्क साम्पाङ समेत रहेका छन् । यस्तो जरिवाना ६ महिनाभित्र तिर्नुपर्ने हुन्छ । 
कसलाई कति जरिवाना ? 


Advertisment
Nabil box
Kumari

(क) महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही 
रु. ७,५०,०००।-(सात लाख पचास हजार) रुपैयाँका दरले जरिवाना गर्ने,
(ख)    महानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु ३,००,०००।-(तीन लाख) रुपैयाँका दरले जरिवाना गर्ने, 
(ग) उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही 
रु. ५,५०,०००।-(पाँच लाख पचास हजार) रुपैयाँका दरले जरिवाना गर्ने, 
(घ)    उपमहानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु. 2,50,000।-(दुइ लाख पचास हजार) रुपैयाँका दरले जरिवाना गर्ने,
(ङ)    नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही 
रु. ४,५०,०००।-(चार लाख पचास हजार) रुपैयाँका दरले जरिवाना गर्ने, 
(च)    नगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु. २,००,०००।-(दुई लाख) रुपैयाँका दरले जरिवाना गर्ने, 
(छ)    गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही रु. ३,५०,०००।-(तीन लाख पचास हजार) रुपैयाँका दरले जरिवाना गर्ने,
(ज)    गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु १,५०,०००।-(एक लाख पचास हजार) रुपैयाँका दरले जरिवाना गर्ने ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x