×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

राष्ट्रपतिको कदमले राजनीति तातियो, सत्ता गठबन्धन रणनीति बनाउन व्यस्त

असोज ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छन् । 
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राजनीतिक माहोल तातिएको छ । सत्ता गठबन्धनले राष्ट्रपतिको कदमको विरोध गरेको छ भने एमाले उत्साहित देखिएको छ । राष्ट्रपतिको कदमपछि सत्ता गठबन्धन बुधबार दिनभर रणनीति बनाउन आन्तरिक छलफलमा व्यस्त रह्यो । आगामी चुनावका लागि सिट बाँडफाँटको छलफललाई स्थगित गरेर गठबन्धन राष्ट्रपतिको कदमपछि उत्पन्न परिस्थिति र आगामी रणनीति बनाउने विषयमा छलफलमा जुटेको हो । सोही क्रममा गठबन्धनले कानुनविद्सँग पनि छलफल गरिहेको छ । 
००००
सत्तारूढ दलका शीर्ष नेताहरूले बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा कानूनविद्हरूलाई बोलाएर आगामी विकल्पबारे परामर्श गरेका छन् । छलफलमा सहभागी संविधानविद्हरूले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषय सर्वोच्च अदालतमा लैजान सकिने सुझाव शीर्ष नेताहरूलाई दिएका छन् । 

Muktinath Bank

बालुवाटारमा छलफलपछि अधिवक्ता पदम रोक्काले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको प्रतिक्रिया दिए । छलफलमा कानूनविद्हरूले राष्ट्रपतिको कदम संविधानसंवत नभएको सुझाव दिएको रोक्काले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा नेपाल बार एशोसिएनशनका अध्यक्ष, सर्वोच्च बारका अध्यक्ष, संविधानविद्हरू बद्रीबहादुर कार्की, राधेश्याम अधिकारी, रमण श्रेष्ठ लगायतलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीका कानूनी सल्लाहकार केशव जोशीले जानकारी दिए ।
००००
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको जनाएका छन् ।
संविधानमा तोकिएको समयभित्र विधेयक प्रमाणीकरण नभएपछि बुधवार दिउँसो विज्ञप्ति जारी गर्दै नेताहरूले राष्ट्रपतिको कदमविरुद्ध सचेत रहन आह्वान गरेका छन् ।
संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको बताएका छन् ।
बुधवार पार्टी जिल्ला कमिटीको पुनर्गठन घोषणा कार्यक्रमका लागि हेटौंडामा आएका अध्यक्ष यादवले   सञ्चारकर्मीसँग कुरा गर्दै संसदले पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयकलाई पारित नगरेर संविधानको संरक्षकले नै संविधानको उल्लंघन गरेको आरोप लगाए ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिविरुद्ध अदालत जानका लागि कानून व्यवसायीहरूसँग छलफल भइरहेको बताएका छन् । बुधबार खुमलटारस्थित आफ्नै निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रपतिविरुद्ध सडकमा आन्दोलन शुरू भएको र अदालतमा जाने विषयमा पनि छलफल भइरहेको बताएका हुन् ।
००००
उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपतिलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् ।
बुधवार दिउँसो विज्ञप्ति प्रकाशन गरेर उपराष्ट्रपति पुनले संविधानको पालना र संरक्षण गर्ने जिम्मेवारी पाएको व्यक्ति संविधानको दायराभन्दा बाहिर जान नमिल्ने बताए ।
००००
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु गलत कदम भएको टिप्पणी गरेका छन् ।
बुधवार सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया जनाउँदै श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उल्लंघन गर्ने छुट नभएको बताएका छन् ।
००००
संघीय संसद्का दुवै सदनबाट पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागतमा एमाले विद्यार्थी संगठन अनेरास्ववियु सडकमा आएको छ । 
एमाले निकट अखिलले बुधवार काठमाडौंको त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको हो ।
००००
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय स्वाभाजिक भएको बताएका छन् । ‘प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
००००
नेकपा एमालेले डेंगु संक्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले बुधवार विज्ञप्ति जारी गर्दै डेंगु संक्रमणका अवस्था जटिल बन्दै गएको भन्दै रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन् ।
००००
गत आर्थिक वर्षमा सबैभन्दा बढी भ्रष्टाचारको उजुरी मधेश प्रदेशबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । बुधवार वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।
मधेश प्रदेशमा सबैभन्दा बढी २४.७५ प्रतिशत उजुरी आएका उनले बताएका छन् । गत आर्थिक वर्षमा कूल २४ हजार ३३१ उजुरीमाथि काम गरेको आयोगले जनाएको छ ।
गत आर्थिक वर्षमा कूल २४ हजार ३३१ उजुरी परेकोमा पछिल्लो आर्थिक वर्षबाट ८ हजार ९३ उजुरी सरेर आएको तथा १६ हजार २३८ नयाँ उजुरीसहित कूल २४ हजार ३३१ उजुरी दर्ता भएको उनले बताए ।
आयोगले कूल ७९ बैठक बसेर कूल ९७५ निर्णय गरेको प्रवक्ता भण्डारीले जनाए । गत वर्षमा ४४१ मुद्दा विशेष अदालतमा दर्ता भएको उनले जनाएका छन् ।
००००
काठमाडौँको कपनस्थित  एक घरमा भएको  आगलागी नियन्त्रणमा आएको छ । आगलागीको सो घटनामा तीनजनाको मृत्यु भएको छ । बुधबार साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो । 
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा केहीबेर अगाडि नियन्त्रणमा लिइएको जानकारी दिए ।
००००
अनसनका क्रममा स्वास्थ्य अवस्था खराब बनेपछि धनगढीबाट काठमाडौं ल्याइएका डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ माग राखी उनी धनगढीमा अनसनरत थिए । 
तर, स्वास्थ्य स्थिति जटिल हुँदै गएपछि उनलाई जहाजमा बुधबार साँझ काठमाडौं ल्याइएको हो । उनी आफ्नै खर्चमा काठमाडौं आएको सहयोगी प्रितम सुवेदीले जानकारी दिए । यसअघि मंगलबार सेनाको जहाज उनलाई लिन गएपछि अस्वीकार गरेका थिए ।
००००
नेपाली कांग्रेसले छोटो समयमा व्यापक छलफलका साथ ‘निरन्तरतामा नवीनता’को दृष्टि केन्द्रमा राखेर पार्टीको घोषणापत्र निर्माण गर्ने भएको छ । कांग्रेसको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समितिको बुधबार बसेको प्रथम बैठकले सो निर्णय गरेको समितिका सदस्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।
००००
सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी विद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

जसअनुसार बिहीबार माइतीघरमा कार्टुन प्रदर्शनी तथा सडक प्रदर्शन गर्ने, देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने जस्ता कार्यक्रम तय गरिएको छ ।
००००
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टुकुचा उत्खननका सन्दर्भमा उच्च अदालत पाटनले दिएको आदेशमा असन्तुष्टि जनाएका छन् । उच्च अदालतले बुधबार  टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको योजना असोज २६ गतेसम्म रोक लगाएको थियो । 
त्यसप्रति कटाक्ष गर्दै उनले अदालतले टुकुचालाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश  भनेर प्रमाणित गर्छ भन्दै प्रश्न गरेका छन् ।
००००
निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक यही असोज ६ गतेदेखि प्रारम्भ गर्दैछ ।
००००
अन्ततः चलचित्र ‘प्रेम गीत ३’को हिन्दी भर्जन नेपालमा विदेशी फिल्मसरह प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले विदेशी फिल्मसरह रहने गरी प्रक्रियामा आएपछि चलचित्र विकास बोर्डले सेन्सरका लागि बुधवार सञ्चार मन्त्रालयमा सिफारिस गरेको हो ।
००००
नेपालमा थप ८१ जनामा कोरोना भाइरल संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार सार्वजनिक गरेको विवरणअनुसार ३ हजार ४४७ जनामा परीक्षण गर्दा ८१ संक्रमित फेला परेका छन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x