×

X
Nic Asia
Khukuri
Daraz

संस्कार

मासु खाने पर्व मात्रै हो र दशैं ?

काठमाडाैं | असोज १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चलेको हुन्छ । 

LAxmi BAnk
nabil BANK inside

शहरमा दशैं मनाउन दिक्क लागेर गाउँ जाउँ भने पनि बसभाडा छोई नसक्नु छ । अर्कोतिर आमाले ओख्लेबाट माटो ल्याएर पोत्ने गरेको घर खण्डहर बनेको छ । पाती र झाडीले गर्दा घरभित्र पस्न मुस्किल र पसे पनि के गर्नु मर्मतको पखाईमा रहेको बुढो घरमा ३ पटक भूकम्पको धक्का अनि झरी, बादल, असिना, पानीले घर घर रहेन, बस्न नसक्ने भएपछि घर के काम ? तसर्थ दशैं यता रमाइलो उतै !


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

दशैंमा मासु काटिन्थ्यो, घरमै बोका, खसी पालिन्थ्यो । दशैंलाई भनेर वर्षमा एकपटक जडिबुटी खाएको च्यांग्राको मासु खानुपर्छ भन्ने लाग्थ्यो । १ खुट्टो, २ खुट्टो बाँडेर खाइन्थ्यो । मार हान्न आएकालाई मार हानेबापत केही मासु दिइन्थ्यो । दशैंमा अधिकांश खर्चमा मासु किन्न लाग्ने भएकाले पनि होला मासुलाई बढी प्रसंगमा ल्याइएको । गाउँमा त मासु अर्थात् खसी, पाठा घरमै भएकाले दक्षिणा, अन्य खाद्य सामग्री, लुगा कपडामा मात्र पैसा खर्च हुन्थ्यो ।

मासु काट्दा–काट्दा थकाई लागेर मासु खान पनि मन लाग्दैन्थ्यो । रउत्वा, भित्र्यास फल मासु, पोटी आदि बनाएर खाँदै दशैं बिदा हुन्थ्यो, विचरा १ दिने दशैं राति १२ बजेसम्म टीका लगाएपछि भोलिपल्ट सबेर उठ्दा त दशैं छैन, सामान्य दिन छ भने त्यहीँ निधारमा सिरक डसनामा निधार घोटिँदा बचे–कुचेका राता अक्षता । पीएन क्याम्पसमा पढ्दा वामपन्थी मित्रहरूले दशैंमा अक्षता बनाएर फाल्ने चामलले त गरीबको पेट भर्छ भनेको आजै जस्तो लाग्छ तर न हामीले टीका लाउन छाड्यौं, न त गरीबले पेट भर्न पाए । यस्तै रहेछ यहाँको चलन भन्नुपर्‍यो ।


Advertisment
Saurya island

दशैंलाई केवल मासु, तास, उत्ताउलो खर्चमा नहेरी वर्षभरको उतारचढाव काटेर, परिवारसँग २–४ दिन भए पनि हाँसेर रमाइलो गर्ने, आफन्त भेट्ने पर्वको रूपमा लिइन्छ । कोही बलि प्रथा गलत भन्छन्, कोही परम्परा भन्छन्, कोही हिंसा गर्न गलत भन्छन् ।

हरेक विषयका २ पाटा हुन्छन्, संसारमा व्याख्या गर्ने तरिका फरक–फरक छन् तथापी अबोध प्राणी हिंसामाथि सर्वथा गलत हो तर हाम्रो समाजमा नदीमा रहेका माछा मार्नु अपराध हो तर पोखरीमा खाने प्रयोजनका लागि पालिएका माछा मार्नु गलत होइन पनि भनिन्छ । के ठीक के बेठीक ? जसरी व्याख्या गरे पनि हुन्छ ।

Vianet communication
IME BANK INNEWS

दशैंलाई केवल मांसाहारी परिकारसँग जोडेर त्यसका अन्य पक्षलाई बिर्सनु गलत हो । दशैंमा केवल मासु मात्र होइन, हामी किसानले अन्नपातबाट अनेकथरी परिकार बनाएर खान पनि सकिन्छ, केवल मासुलाई दशैंको पर्यायवाची मान्नु दशैंको अपव्याख्या हो । केही मानिसहरू दशैं, धर्म, कर्म, संस्कार, परम्परा, रीतिरिवाजलाई विकृति भन्दै मानिसलाई गलत बाटोतर्फ उन्मुख गर्न चाहन्छन् जस्तो लाग्छ । ‘कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि’ भने जस्तो पनि होला । जेहोस् मासुलाई मात्र दशैंसँग जोडेर दशैंको प्राचीन, परम्परागत रिवाज, धर्म, संस्कृतिलाई विकृत रूप दिन सकिन्न । किनकि मासु मानव स्वास्थ्यसँग पनि जोडिएको छ । स्वस्थ बन्न मासु खानुपर्छ भन्ने विज्ञानको मत छ भने योगी सन्त तपस्वी मासुलाई अखाद्य मान्छन् ।

दशैंलाई केवल परम्परा नभई आर्थिक पर्वको रूपमा पनि लिइन्छ । किनकि मानिसले वर्षभर कमाएको खर्च गर्ने बेला दशैं हो । जसरी पनि खर्च गरेर रमाइलो गर्ने महान् पर्वलाई हिंसा, मासु, उन्माद, हिंस्रकको उपमा दिनु पूर्वाग्रह हो । अर्कोतर्फ व्यापारीलाई दशैंको व्यापारले काम हान्ने, साहु तिर्ने योजना पनि हुन्छ । तसर्थ दशैं हरेक किसिमले मासु मात्र होइन, विविध कारणले महान् पर्व हो ।

दशैंमा नखाएको मिठो, चोखो, नगरेको खर्च, नआएको मान्छे, अब कहिले आउला, रमाइलो गर्ला भन्ने भनाइ छ । शहरमा त आजकल दशैंलाई बिर्सेर केवल लामो बिदा परेकाले विदेश भ्रमण जाने, उतै रमाइलो गर्ने । किनकि केटाकेटी काटमार मन पराउँदैनन्, मासु सधैं खाइरहेकै छ, शहरमा धेरै आफन्त छैनन्, गाउँ जाउँ टाढा, केटाकेटीलाई बोकेर कता भीडभाडमा जानु तसर्थ यसो लामो छुट्टि पारेर घुमघाम गर्ने विचार गरेको भन्ने सुनिन्छ ।

अहिले त बालबालिकामा रातो मासु नखाने, बरु चिकेन खाने, मःम, पिजा, बर्गर, चाउमिन  ससेस मन पराउनेलाई हाम्रो पाला जस्तो भुटुवा, कवाफ, फल मासु कहाँ मनपर्छ र ? चिल्लो, बोसै–बोसो मन नपर्ने, उता काटमार मन नपराउने बुवाआमालाई पनि  बहाना मिलेको छ । आफन्त भेट्ने, मनमुटाव हटाउने, गला मिलाउने, टीका र आशिक थाप्ने जस्तो मानव कल्याण तथा मित्रवत् एवं आत्मीय पर्वलाई मासुमा जोडेर टीकाटिप्पणी गरिन्छ । आफ्नो मुलुकमा न प्रविधि छ, न त उत्पादन गर्न कारखाना, न मशिन छ । भए पनि नभए पनि खेतबारी, गह्रा, हिमाल, पहाड, तराई, उब्जनी गर्ने जग्गा छ, खेती भने पनि मल, बिउ अनिवार्य छ । जनावर र खेतीको सम्बन्ध अगाध छ, अनिवार्य छ, अन्नपात उब्जनी हुन मल चाहिन्छ । त्यो जनावरमा हुन्छ भने जनावर पाल्नु स्याहार–सुसार गर्नु कृषकको काम हुन्छ । जनावरबाट काम लिने र जनावरको मासु बेचेर पेशा गर्ने जस्तैः पशुपालन, बाख्रापालन, बंगुरपालन, कुखुरापालन, माछापालन जस्ता यावत् कार्य सिधा कृषिसँग जोडिएको छ ।

बलि दिनु, मासु खानु, सन्तान जन्माउनु आदि वैदिक सनातन धर्म परम्परा मुताविक छ भन्ने गरिन्छ । प्राचीन सन्तमुनि, ऋषि, महर्षिले पनि मांस सेवन गरेको पाइन्छ । नेपालमा कृषिसँग जोडिएको पशुपालन सिधा दशैंसँग पनि जोडिन्छ किनकि पैसा खर्च गर्ने, रमाइलो गर्ने समय नै दशैं हो, त्यो बेला लामो बिदा हुन्छ ।

कवि शिरोमणी लेखनाथको कविताझै ‘हट्यो सारा हिलोमैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा’ भनेझै व्यापारीको व्यापार हुने, परदेशीले आफन्त भेट्ने, विद्यार्थीलाई लामो बिदा हुने, आफन्त ठूलाबडाबाट आशिर्वाद लिने, सबै परिवार भेट हुने, मिठो चोखो खाने, रमाउने दुःखपीडा बिर्सने, रमाइलो गर्ने समय हो दशैं । दशैं र मासुको सम्बन्धको बारेमा धेरै विषयवस्तु छन् । जस्तैः मासु विनाको दशैं के दशैं, मासु पचाउन पिङ खेल्नुपर्छ, दशैंमा त पकवान् खानुपर्छ, कहाँ झोल हालेर मासु खाने हो र ? तसर्थ मासुको महत्त्व दशैंमा छ नै तर पनि मासुको कारणले अरु विषयलाई ओझेल पार्नु हुँदैन ।

दशैंमा नआए कहिले आउँछ र परदेशी ? भनिन्छ दशैंलाई महत्त्व दिँदै परदेशमा बसेका आफन्त मुलुक फर्कने बेला यही हो । परदेशमा बसेका आफन्तहरू कमाई संगालेर रमाइलो दशैं मनाउन मुलुक फर्किन्छन् । यसै सन्दर्भमा मधु क्षेत्रीको लोकभाका गीतको बोल छ, ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा तिमीलाई भेट्न आउँदै रमाइलो गाउँमा’ ।

दशैंमा जनजातिले सेतो अक्षता र अन्य जातले रातो अक्षता लगाउने गर्छन् । क्षेत्र, ईलाका, भेक, समाज, टोल, प्रदेश, जिल्ला अनुसार बडादशैंदेखि पूर्णिमासम्म र कसैकसैले टीकाको दिनमा मात्रै टीका थाप्ने चलन छ । आजकल आफन्त, ज्वाइँ, चेला, भान्जाभान्जी आएमा दशंैको टीकाको दिनपछि पनि टीका लगाइन्छ । पहिले जस्तो यातायातको दुःख नभएकाले यो समयमा टीकाको दिनमा घरमा मात्र टीका लगाउने एकादशीदेखि अन्यत्र टीका थाप्न जाने चलन चलेको छ । दशैंको परम्परा पनि युग, काल, समयअनुसार फेरिएको छ ।

गाउँमा हुँदा दशैंमा पाठा, च्यांग्रा काटेर घरको दलिनतिर झुण्डाएर राखिन्थ्यो । मौसम चिसो–चिसो भएकाले चिसो हावा चल्थ्यो । त्यसैले मासु बिग्रिँदैन्थ्यो तर पनि कहिलेकाहीँ मासुमा किरा पर्ने, गन्हाउने गर्थ्यो । अहिले फ्रिजका कारण त्यो दुःख छैन । फ्रिजको सहजता र मासुको यत्रतत्र उपलब्धताले होला सायद घरमा खसी काट्ने चलन शहरमा घटेको छ । मासु पसलबाट मासु किन्ने या खसी किनेर मासु पसललाई नै पैसा दिएर कटाउन लगाउने चलन छ ।

घरमा काटमार गर्न शहरमा कठिन छ । एक त सहयोग गर्ने कोही हुँदैनन्, अर्को ठाउँ प्रशस्त हुँदैन, घरमा फोहोर हुन्छ । कता ताउलो, पानी, चुह्लो लगाउने स्थान, रौं कता फाल्ने ? समस्यै–समस्या साथै यो सबै गर्न कला चाहिन्छ, जो कोहीले चाहेर पनि गर्न जान्दैनन् । हुन त दशैंमा घरमा खसी ल्याएर बनाउनुको मजा अलग्गै छ तर पनि समय अभाव, बनाउने तरिकाको ज्ञान नभएको, धेरै मासु खपत गर्ने हैसियत, परिवार सख्या कम आदि कारणले गर्दा यो शृंखला कम हुँदैछ । मासुकै बारेमा दशैंमा मासु कसरी पकाउने ? कति पकाउने ? कसरी खाने ? कति खाने ? कुन–कुन बेला खाने ? आदि–इत्यादिको बारेमा डाक्टर, पोषणविद्का भनाइहरू फेसबूक तथा अनलाइनहरूमा सर्वत्र भेटिन्छन् । 

मासु बनाउने विधि, तरिका, मसला, तेल, सामग्रीको बारेमा आ–आफ्नै तर्कहरू छन् । जेजसो भए पनि दशैं रमाइलो, पुनर्मिलनका साथै मासुका परिकार खाने पर्व पनि हो तर दशैंलाई मासु नै खाने चाड हो भन्दा अन्यथा हुन्छ ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
कात्तिक ५, २०७९

घर कहाँ हो ? काठमाडौं । कति वर्ष हुनुभो ? ६५ । चुनावमा कसलाई भोट हाल्नुहुन्छ ? जित्नेलाई । मत नगन्दै यो उम्मेदवारले जित्लान् भनेर कसरी थाहा हुन्छ ? थाहा हुन्छ । कसरी ? चुनाव जित्ने भनेकै सत्ता, साम...

कात्तिक २१, २०७९

१८ कात्तिकको बिहान ८ बजे काठमाडौंबाट निस्केका हामी नागढुंगा पुग्नासाथ जाममा पर्‍यौं । त्यो जाम मलेखु नपुगुञ्जेल पूर्णरूपमा खुलेन । मलेखुबाट अघि बढेपछि मात्र चालक दाइको अनुहारमा चमक देखियो, किनभने त्यसअघ...

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

कात्तिक ६, २०७९

नजिकिँदो संसदीय चुनावको सरगर्मी बढ्दो छ । चुनाव नजिकिँदै गर्दा पार्टीबाटै उम्मेदवारी दिएकाहरू आफ्नो निर्वाचन क्षेत्रमा कम्मर कसेर जुटेका छन् भने उम्मेदवार हुनबाट वञ्चितहरूमध्ये कोही रोइलो गर्दैछन्, त कोही पार्टी पर...

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x