×

NMB BANK
NIC ASIA

प्रदेश १ का ४३८ मतदानस्थल अति संवेदनशील

असोज २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश १ का ४ सय ३८ वटा मतदान स्थल अति संवेदनशील रहेको सुरक्षा निकायले विश्लेषण गरेको छ । 

Muktinath Bank

स्थानीय तहकोभन्दा संघ र प्रदेशको निर्वाचनमा प्रदेशमा ९० वटा मतदान स्थल थप गरिएको प्रहरीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

९० वटा मतदानस्थल थपिँदा स्थानीय तहको निर्वाचनमा भन्दा संघ र प्रदेशको निर्वाचनमा १ सय १७ वटा मतदान स्थल थप संवेदनशील रहेको प्रहरीको विश्लेषण छ । 


Advertisment
Nabil box
Kumari

१४ जिल्ला रहेको प्रदेशमा ४ हजार ९९ मतदान केन्द्र र १ हजार ८ सय ९७ मतदान स्थल रहेका छन् । 

Vianet communication
Laxmi Bank

ती मध्ये ४ सय ३८ मतदान स्थल अति संवेदनशील वर्गीकरण गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए । 

प्रदेशमा ८ सय २४ मतदान स्थल संवेदनशील र ६ सय ३५ मतदानस्थल सामान्य रहेको प्रदेश प्रहरीले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८ सय ७७ मतदान स्थल रहँदा ३ सय २१ मतदान केन्द्र अति संवेदनशीलमा  वर्गीकरण गरिएको थियो ।

जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थललाई ३ तहमा वर्गीकरण गरेको छ । 

तराइमा भारतसँग सीमा जोडिएका जिल्लाका केही मतदान स्थललाई प्रहरीले अति संवेदनशील भनेर विश्लेषण गरेको छ ।

प्रदेशको सबैभन्दा बढी झापामा मतदान स्थल अति संवेदनशील रहेको प्रहरीको जनाएको छ । 

झापा पछि मोरङ र सुनसरीको मतदान स्थल सुरक्षा निकायले अति संवेदनशील विश्लेषण गरि सोही अनुसार सुरक्षा रणनीति अपनाएको जनाएको छ । 

यी तीनवटै जिल्ला भारतसँग सीमा जोडिएका जिल्ला हुन् ।  

७६६ मतदान केन्द्र र २ सय ८५ मतदान स्थल रहेको झापामा ९५ मतदान स्थल अति संवेदनशील सूचीमा राखेको छ । 

यस्तै १४४ संवेदनशील र ४६ सामान्य रहेको छ ।

काठमाडौं पछि सबैभन्दा बढी निर्वाचन क्षेत्र र स्थानीय तह रहेको मोरङमा ५० वटा मतदानस्थल अति संवेदनशील छन् ।

८ सय ३९ वटा मतदान केन्द्र र ३ सय ६ वटा मतदान स्थल रहेको मोरङमा संवेदनशील १ सय ४४ र ११२ वटा सामान्य रहेका छन् ।  

मोरङको अति संवेदनशील सूचीमा राखेको मतदान स्थलमध्ये विराटनगरको दक्षिण भेगमा पर्ने ९ वटा मतदान स्थल अति संवेदनशीलमा सुरक्षा निकायले राखेको छ । 

रंगेली, धनपालथान, रतुवामाई, सुनवर्षी र केराबारी क्षेत्रको मतदान स्थललाई पनि सुरक्षा निकायले अति संवेदनशील क्षेत्रको पहिचान गरी सुरक्षा योजना अगाडि बढाएको छ । 

५ सय ९१ मतदान केन्द्र र १ सय ६६ मतदान स्थल रहेको सुनसरीमा ५९ अति संवेदनशील, ६५ संवेदनशील र ४२ सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै धनकुटा १६, उदयपुर २१, इलाम ३६, पाँचथर ३४, भोजपुर ३३, खोटाङ ४०, ओखलढुंगा १३, सोलुखुम्बु ११, संखुवासभा ७ र ताप्लेजुङ २३ मतदानस्थल अति संवेदनशील रहेको छ । 

प्रदेश १ मा संघ र प्रदेशकोे निर्वाचनमा १४ हजारभन्दा  बढी नेपाल प्रहरी खटाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी बाहेक २० हजार म्यादी प्रहरी प्रहरी परिचालन गरिने भएको छ । 

नेपाल प्रहरी, म्यादी प्रहरी बाहेक सशस्त्र प्रहरी  पनि परिचालन हुनेछ । 

सामान्य मतदान स्थलमा ३ प्रहरी र ५ म्यादी, संवेदनशील मतदान स्थलमा ३ प्रहरी र ६ म्यादी परिचालन गर्ने निर्णय गरिएको छ ।

यस बाहेक मोबाइल, प्रोटेल, रिजर्भ टिम, क्यूआरटी टिम पनि प्रहरीले परिचालन गर्नेछ  । निर्वाचनमा प्रहरीले ड्रोनको प्रयोग गरेर खबर सङ्कलन तथा निगरानी गर्नेछ । 

मतगणना स्थल सुरक्षा र इजाजत पत्र प्राप्त निजी हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्ने जिम्मा प्रहरीलाई दिइएको छ ।

संघ र प्रदेशको निर्वाचनमा प्रदेश १ मा कुनै पनि समूहबाट निर्वाचनमा  थ्रेट नभएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी सुदिप गिरीले बताए ।

निर्वाचनमा संगठित समूहकोभन्दा भौगोलिक विकटता, खुला सिमाना र बढी जनघनत्व भएका स्थान सुरक्षा चुनौति हुन सक्ने उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x