×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

स्वतन्त्रको बाढी आएको काठमाडौं– ५ मा ईश्वर र प्रदीपमध्ये कसको पल्ला भारी ?

कात्तिक ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको काठमाडौं– ५ मा यसपटक स्वतन्त्र उम्मेदवारको बाढी आएको छ ।

Muktinath Bank

चुनावको मिति घोषणा हुनुअगावै काठमाडौं– ५ बाट उम्मेदवारी घोषणा गर्ने प्रतिस्पर्धा नै चलेको थियो । असोज २३ गतेसम्म आइपुग्दा कोही अन्य क्षेत्रमा सरे कोही राजनीतिक दलमा प्रवेश गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बनेको गोरखा– २ मा एमालेबाट भिड्न लागेका अब्दुस मिया काठमाडौं– ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चर्चामा आएका थिए । प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालसँगै केपी ओलीबाट टीका लगाएर अब्दुस एमाले प्रवेश गरे । एमालेले उनलाई गोरखाबाट टिकट दियो । पहिले उम्मेदवारी घोषणा गरेका केही लाखापाखा लागे पनि यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारको कमी छैन ।


Advertisment
Nabil box
Kumari

२०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरमा उम्मेदवारी दिएर चर्चामा आएकी रञ्जु दर्शनादेखि हाँस्यकलाकार मधुसुदन पाठक (सीते बा)सम्मले काठमाडौं– ५ बाट उम्मेदवारी दिएका छन् ।

Vianet communication
Laxmi Bank

काठमाडौं– ५ कै स्थानीय इञ्जिनीयर सुशान्त श्रेष्ठदेखि युट्युबरहरूले चर्चामा ल्याएका  हेमराज थापासम्म स्वतन्त्र उम्मेदवार छन् । श्रीराम गुरुङ, विनिता अर्याल, बाबुराम पोखरेल, गोपीलाल न्यौपाने, विजक कंडेल, कृष्णलाल श्रेष्ठ, शान्तिराम पाण्डे, कुमार कोइराला, नारायणप्रसाद दाहाल, शैलेन्द्र बस्नेत, रमेश केसी लगायत १२ जना स्वतन्त्र उम्मेदवार छन् ।

स्वतन्त्र उम्मेदवारको बाढी आएपनि अहिलेसम्म सत्ता र विपक्षी गठबन्धनका उम्मेदवारहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने काठमाडौं– ५ का स्थानीयको विश्लेषण छ ।

उम्मेदवारी दिएको तीन हप्तासम्म स्वतन्त्र उम्मेदवारहरूले ‘ह्वीम’ ल्याउन नसकेका कारण मुख्य दलका उम्मेदवारहरूबीच नै प्रतिस्पर्धा हुने तर्क स्थानीयले गरिरहेका छन् ।

पहिलोपटक चुनाव लड्दै प्रदीप, फ्रेस उम्मेदवार हुनुको लाभ

नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीतिबाट उदाएका प्रदीप पौडेल काठमाडौं– ५ मा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार छन् । कांग्रेस प्रवक्ता प्रकाशशरण महत, नेता नैनसिंह महरलगायत धेरै आकांक्षी रहेपनि प्रदीपले काठमाडौं– ५ बाट टिकट पाए । अर्थशास्त्री स्वर्णिम वाग्ले पनि यसै क्षेत्रबाट चुनाव लड्ने चर्चा थियो । 

काठमाडौं– ५ को भूगोलको राजनीतिमा प्रदीप नयाँ हुन्, त्यही नयाँ हुनुको लाभ उनलाई रहेको सहयोगीहरू बताउँछन् । 

सांसद मन्त्रीजस्ता सुविधाको पदमा नपुगेका प्रदीपलाई कांग्रेसले ‘फ्रेस उम्मेदवार’ भनेर प्रचार गरेको छ । केही हदसम्म युवाहरूको साथ उनले पाएका छन् । 

‘राजनीतिक दलको विरोध गरेर स्वतन्त्र उम्मेदवारी दिएकाहरूले पनि प्रदीप पौडेलको विरोध गर्न सकेका छैनन्, अहिलेसम्म कुनै लाभको पदमा नबसेको र युवा नेता भएकाले चुनाव जित्छौं,’ प्रदीप जिताऔं अभियानमा लागेका काठमाडौं– ५ का एक नेताले भने ।

२०७४ सालको चुनावमा नेकपा एमालेका नेता ईश्वर पोखरेलले जित्नुअघि त्यो क्षेत्रमा नेपाली कांग्रेसका नरहरि आचार्यले लगातार दुईपटक चुनाव जितेका थिए । विगतमा राप्रपा नेता कमल थापा पनि यही क्षेत्रबाट चुनाव लडेका थिए ।

पटक–पटक चुनाव जितेका नरहरि गम्भीर बिरामी परेपछि २०७४ सालमा प्रकाशशरण महत कांग्रेसको उम्मेदवार बनेका थिए । आचार्यको विरासत महतले जोगाउन सकेनन् ।

कांग्रेसमा गणतन्त्रको बहस गरेका नरहरि आचार्यप्रति काठमाडौं– ५ का मतदाताको सहानुभूति बाँकी छ । अस्वस्थताका कारण चुनाव नलडेका आचार्यले प्रदीपलाई नैतिक समर्थन गरेका छन् । 

नरहरि केही चुनावी सभामा उपस्थित हुने आश्वासन प्रदीपले पाएका छन् । आचार्यले कांग्रेस बैठकमा गणतन्त्रको बहस गर्दा गगन थापा र प्रदीप पौडेलले सडकमा गणतन्त्रको नारा लगाएका थिए । 

काठमाडौं– ५ का मतदाता रहेका डा. भोला रिजाल, नेपाल चिकित्सक संघका महासचिव रहेका डा. बद्री रिजाल लगायतको समर्थन रहेको पौडेल पक्षको दाबी छ । उम्मेदवारी दर्ता गराएसँगै पौडेल सामाजिक क्षेत्रमा प्रतिष्ठा कमाएका त्यस क्षेत्रका व्यक्ति र मतदातासँग अन्तरक्रिया गरिरहेका छन् । 

चुनावका लागि प्रदीपले ‘बीसीडी’को नारा बनाएका छन् । अर्थात स्टप ब्रेन ड्रेन, फाइट करप्सन र सस्टेनेबल डेभलपमेन्टको नारा लिएर उनी मैदानमा खडा भएका छन् । प्रदेशसभामा भैरव सापकोटा र श्यामबहादुर खड्का उम्मेदवार छन् । खड्का नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति हुन् ।

ईश्वरलाई सांसद र मन्त्री भएर गरेका कामको आधार, विरासत जोगाउन चुनौती

दुईपटकको हारको बदला लिँदै २०७४ सालको चुनावमा ईश्वर पोखरेल काठमाडौं– ५ बाट सांसद निर्वाचित भए । 

चुनावलगत्तै बनेको केपी ओली सरकारमा उनी लामो समय उपप्रधानमन्त्री रहे । सरकारमा रहेको समयमा उनले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि काम गरेको एमाले कार्यकर्ताहरूको दाबी छ ।

खासगरी स्थानीय नेवार समुदायको गुठीका लागि बजेट व्यवस्था गरेका कारण स्थानीय मतदाता रिझाएर चुनाव जित्ने एमाले नेताहरू बताउँछन् ।

‘काम गरेर प्रमाणित गरिसकेको हुनाले ईश्वर कमरेडलाई यहाँका मतदातासामु चिनाइराख्नु पर्दैन,’ काठमाडौं ५ (१)बाट एमालेका उम्मेदवार रहेका नारायण सिलवालले भने, ‘चुनाव जित्दा पनि, हार्दा पनि उहाँले यो क्षेत्र छाड्नुभएको छैन ।’

भोलि आवश्यक पर्दा देशकै नेतृत्व गर्न सक्नेगरी पार्टीको दोस्रो वरीयतामा रहेको नेता हुनुले पनि पोखरेलको पल्ला भारी रहेको उनको दाबी छ ।

स्थानीय हत निर्वाचनमा वडातहमा पाएको मतका आधारमा एमालेले काठमाडौं– ५ लाई सुरक्षित ठानेको छ । 

केही वडा काठमाडौं– ५ मा पर्ने टोखा र बूढानीलकण्ठ नगरपालिकाको मेयरमा एमाले विजयी भएको थियो । 

काठमाडौं– ५ अन्तर्गत प्रदेशसभा १ मा नारायण सिलवाल र २ मा दीपक निरौला उम्मेदवार छन् ।

२०७४ सालको चुनावमा एमालेले काठमाडौं २, ३, ५, ७ र ९ निर्वाचन क्षेत्र जितेको थियो । 

यस्तो छ चुनावी अंकगणित

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार प्रकाशशरण महतलाई १० हजारको फराकिलो मतान्तरले पराजित गर्दै ईश्वर पोखरेल विजयी भएका थिए ।

माओवादीको समेत समर्थन रहेको तत्कालीन वामपन्थी गठबन्धनका उम्मेदवार पोखरेलले २३ हजार २९ मत प्राप्त गर्दा कांग्रेसका महतले १३ हजार ६९ मत प्राप्त गरेका थिए । 

अहिले कांग्रेस, माओवादी, नेकपा एससहितको गठबन्धन एकातर्फ छ भने नेकपा एमाले, जसपा लगायत अन्य दलको अर्को गठबन्धन छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा तहको मतका आधारमा एमाले सत्ता गठबन्धनभन्दा अगाडि छ । तर विगतमा जस्तो १० हजारको मतान्तर छैन् । 

स्थानीय तह निर्वाचनमा एमालेले १९ हजार ७०३ मत पाउँदा कांग्रेसले १४ हजार ८५३, नेकपा एसले १ हजार ८ सय २७ र नेकपा माओवादी केन्द्रले १ हजार १ सय ६८ मत पाएका थिए । गठबन्धनका सहयात्री दल माओवादी र नेकपा एसको उपस्थिति कमजोर छ । त्यसो त अधिकांश वडामा आफ्ना उम्मेदवार रहेकाले स्थानीय तहको मतलाई आधार मान्न नमिल्ने ती दलको दाबी छ ।

स्थानीय तह निर्वाचनमा राप्रपाले २ हजार ८२२ मत पाएका थियो । काठमाडौं– ५ मा राप्रपाको तर्फबाट त्यहाँका प्रभावशाली व्यक्ति डा. रामप्रसाद उप्रेतीले टिकट पाएका छन् । व्यक्तिगत प्रभावका आधारमा उनले राम्रै भोट ल्याउने स्थानीयको विश्लेषण छ । 

काठमाडौं– ५ मै रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. प्रणय शमशेर राणा उम्मेदवार छन् । 

स्थानीय चुनावको मत एउटा आधार भए पनि प्रतिनिधिसभा निर्वाचनको सन्दर्भ र उम्मेदवार फरक पर्ने भएकाले चुनावको नतिजा कसको पक्षमा जाला भनेर अनुमान गर्न कठिन छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x