×

NMB BANK
NIC ASIA

हाम्रा ठूल्ठूला चाडवाड भर्खरै सकिएको छ । दशैं पनि आयो र गयो, तिहार पनि आयो र गयो । हामीले गच्छेअनुसार दुवै चाड मनायौं । दशैं पनि मनायौं, तिहार पनि मनायौं । दशैंको टीका र जमरा पनि लगायौं, द्यौसीभैलो पनि खेल्यौं ।

Muktinath Bank

यतिबेला हामी निर्वाचन नामक अर्को चाडको पूर्व सन्ध्यामा छौं । अब भने द्यौसीभैलो खेल्ने काम राजनीतिक दल, तिनका उम्मेदवार र स्वतन्त्रहरूले गर्न थालेका छन् । कसैले खेल्न शुरू गरिसकेका छन्, भलै अप्रत्यक्ष रूपमै सही । कोही खेल्ने तरखर गर्दैछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेल्ने तरिका एउटै हो, हाम्रो र उनीहरूको । हामीले मागेका थियौं, उनीहरू पनि माग्ने नै हुन् तर माग्ने चिज भने एउटै होइन, हुने छैन । हामीले सेल, पुरी मागेका थियौं, उनीहरूले जनमत माग्ने छन् । यसका निम्ति घरदैलो पनि गर्नेछन्, पानीपँधेरो, मेलापात तथा घाँस–दाउरा गर्न पनि भ्याउने छन् । आश्वासनको पुल बाँध्ने छन् । त्यस्तै परे आकाशको तारा देखाउन पनि पछि पर्ने छैनन् तर ती सबै द्यौसी भैलीले दिएको आशिर्वाद जस्तै हो ।


Advertisment
Nabil box
Kumari

थाहा छैन द्यौसी, भैलो खेल्न थालेको कति भयो । हामी खेलिरहेका छौं, बुवाबाजेले पनि खेले होलान्, हुनसक्छ उनीहरूका समेत बुवाबाजेले पनि खेलेका थिए । सबैले आशिर्वाद दिएकै छन्, दिएकै हुन्छन् । यो माग्ने मानिसको कर्तव्य नै हो तर ती सबै लागू भने हुँदैनन् । अहिलेसम्म सबै द्यौसीभैलीले दिएका आशिर्वाद लागेको भए सायद सबैका घरआँगन सुनचाँदीका भइसक्ने थिए । निर्वाचनका बेला उम्मेदवारले दिने आश्वासन पनि त्यस्तै हो । उनीहरूले प्रशंसा पनि गर्नेछन्, यस्तो गर्छाैं, त्यस्तो गर्छाैं पनि भन्ने छन् तर ती सबै कर्मकाण्ड हो, द्यौसीभैलीले दिएको आशिर्वाद जस्तै । माग्ने मानिसले कहिल्यै गाली गर्दैन, गाली गर्दै आउँदैन । त्यसो गर्न थाले मागेको चिज पाइन्न भन्ने सबैलाई थाहा हुन्छ । त्यसैले त्यस्तै गर्नेछन् जसरी दाताको मन पगाल्न सकिन्छ । उदाहरणका लागि वामन–बलिको प्रसङ्गलाई लिन सकिन्छ । 

Vianet communication
Laxmi Bank

भागवतमा एउटा कथा आएको छ व्यासजीले भनेका । जतिबेला वामन भगवान् बलिसित माग्न गएका थिए, त्यतिबेला त्यस्तै गरेका थिए । उनका बुवा विरोचनको पनि प्रशंसा गरेका थिए, बाजे प्रह्लादको पनि गरेका थिए । त्यति मात्र होइन परबाजे आफ्नै जानी दुष्मन हिरण्यकश्यपुको समेत प्रशंसा गर्न बाँकी राखेका थिएनन् तर उनको मीठो र चिप्लो कुराको पछि लाग्दा तिनै महादानी बलिको हालत के भयो सबैलाई थाहा भएकै कुरा हो । जो ३ लोकका मालिक थिए, जसले ३ लोक दान गर्ने हैसियत राख्थे, दान गरेका थिए, तिनै बलिले पृथ्वी लोकमा टाउको लुकाउने ठाउँसम्म नपाएर भूतलतिर लाग्नुपर्‍यो, जहाँ वामनले ३ पाइला जमिनको छलले पाता कसेर हुत्याइदिएका थिए । यहाँ भएको के थियो भने वामन बलिको प्रशंसा गर्न गएकै थिएनन्, उनको भलो गर्नै गएका थिए । अपितु आफ्नै लागि गएका थिए, आफ्नै स्वर्थमा बाँधिएर गएका थिए । उनको उद्देश्य नै कुटिल थियो । छलद्वारा बलिलाई सत्ताच्यूत गरी स्वर्गको राज्य दाजु इन्द्रलाई दिन गएका थिए । त्यसैले जुन उद्देश्यले गएका थिए त्यही गरे ।

कथा दोहोरिन सक्छ, हाम्रा लागि पनि यही नियम लागू हुनसक्छ । त्यसैले कसैले पनि कसैको भनाइमा नलागेर, कसैको पनि मीठो र चिप्लो कुरामा विश्वास नगरेर आफ्नो मनले खाएको योग्य उम्मेदवारलाई मतदान गर्नुपर्ने हुन्छ । अन्यथा राजा बलिले जस्तै पछुताउनुपर्ने दिन आउन सक्छ ।

राजनीति भनेको मूल नीति हो । देशको विकास गर्ने भनेकै यही नीतिले हो, हाम्रो हीत गर्ने गर्ने भनेकै यही नीतिले हो । भलै राजनीतिक अगुवाहरू खराब हुन सक्छन्, गलत हुन सक्छन् तर राजनीति खराब हुँदैन, गलत हुँदैन तर नेतृत्व चुन्ने बेला ध्यान भने पुर्‍याउनैपर्छ । होइन भने ५ वर्षसम्म पछुताउनुको विकल्प रहने छैन । प्रायः हाम्रो बानी के छ भने नेतृत्व चुन्ने बेला गल्ती गर्ने र पछि गएर यसले यस्तो गर्‍यो, उसले त्यस्तो गर्‍यो भनेर धारे हात लगाउने, सत्तोसराप गर्ने । यसबाट हुनेवाला केही छैन । उर्बर ठाउँ खोज्न र राम्रो बिऊ रोप्न जान्ने हो भने फसल पनि पक्कै राम्रो हुनेछ तर बिऊ नै कुहिएको पर्‍यो भने वा खराब ठाउँमा रोपियो भने न उम्रन्छ, न फल नै लाग्छ । बिऊ नै कि कुहिन्छ कि भुटिन्छ । त्यसैले पनि नेतृत्व चुन्ने बेलामा ध्यान पुर्‍याउनैपर्ने हुन्छ । 

अहिले मुख्य मुलुकी आवश्यकता भनेको राजनीतिक स्थायित्व नै हो, जसको जग आवधिक निर्वाचनमा टिकेको हुन्छ । त्यसको पनि मूलाधार भनेको निर्वाचनबाट चुनिएर आएका/आउने नेताहरू नै हुन् । प्रायः हामी विकासको कुरा गर्दा छिमेकी मुलुक चीन र भारतको नाम लिने गर्छाैं । अहिलेको विश्व अर्थतन्त्रमा यी दुवै उदीयमान राष्ट्र हुन् तर उनीहरूले त्यस्तो स्थान सजिलै पाएका भने होइनन् । जसले जे भने पनि, जसले जसरी हेरे पनि ती सबै आ–आफ्नै दृष्टिकोणका कुरा हुन् । मूलभूत रूपमा यसको आधार भनेको राजनीतिक स्थायित्व नै हो । चीनमा कम्युनिस्ट शासन छ तर राजनीतिक स्थायित्व छ । त्यसैले उसले विकास गरेको छ । भारतमा राजनीति स्थायित्व छ, जो आवधिक निर्वाचनबाट जो चुनिएर आए पनि आउनेले ५ वर्ष नेतृत्व गरेकै हुन्छन् । त्यसैले त्यहाँको पनि विकास भएको छ । यद्यपि भूटानमा राजतन्त्र छ तर राजनीतिक स्थायित्व भने उसले पनि कायम राख्न सकेकै छ । त्यसैले त्यहाँ पनि विकासका किरण देखिन थालेका छन् तर राजनीतिक अस्थिरताले गर्दा दक्षिण एसियाका अन्य राष्ट्रको अवस्था भने क्रमशः ओरालो लाग्दै गएको छ ।  

एकताका अफगानिस्तानको आर्थिक अवस्था कस्तो थियो ? सबैलाई थाहा भएकै कुरा हो । विश्वको धनी देशमा गणना हँुदा उसको पनि नाम आउने गर्थ्यो तर जतिबेलादेखि राजनीतिक खिचातानी शुरू भयो, अस्थिरताको बादल मडारिन थाल्यो, त्यतिबेलादेखि खस्किन थालेको त्यहाँको अवस्था अहिलेसम्म आइपुग्दा जर्जर र तन्नम हुन पुगेको छ । श्रीलंकाको अवस्था पनि त्यस्तै हो, पाकिस्तान र कम–बढी रूपमै सही बंगलादेशको अवस्था पनि त्यस्तै हो । वैदेशिक ऋणको भार बढ्दै गएको छ, वैदेशिक मुद्रा सञ्चितीको मात्रा घट्दैछ, ऋण दिनेले पनि पत्याउन छाड्दै गएका छन्, जसको प्रत्यक्ष मार तिनै जनताले खेप्नुपरेको छ, जसले प्रतिनिधि चुनेर पठाएका थिए । हालकै जस्तो अस्थिर राजनीतिक अवस्था कायमै रहने हो भने भोलि या पर्सि हाम्रो अवस्था पनि त्यस्तै नहोला भन्न सकिन्न । त्यसैले पनि हाम्रो ध्यान यतातिर जानैपर्ने भएको छ ।

निःसन्देह हतारमा गल्ती गरेर फुर्सदमा पछुताउनुभन्दा निर्णय गर्ने बेला बुद्धि पुर्‍याउनु नै राम्रो हो । हामीलाई न जेसुकै होस् भन्ने छुट छ, न कसैको लहैलहैमा लागेर आफ्नो अमूल्य मतलाई दुरुपयोग गर्नै छुट छ । निर्वाचन सकिएपछि सकियो । जो चुनिन्छन् चुनिएर गइसकेका हुन्छन् । जनता मालिक हुने भनेको निर्वाचनकै बेलामा हो । त्यसैले विगतमा नेताहरू कसले कहाँ के गरे ? त्यसको लेखाजोखा गरी राम्रो काम गर्नेलाई काखा र नराम्रो काम गर्नेलाई पाखा गर्दै त्यस स्थानमा नयाँ जोस, जाँगर र सोच भएकालाई ल्याउने प्रयास गर्न सक्नुमा नै सबैको भलाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x