×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

‘हेभीवेट' नेताबीचको चुनावी भिडन्तले चर्चामा गुल्मी– एमालेले जोगाउला विरासत ?

कात्तिक १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताले प्रतिस्पर्धा गरेका निर्वाचन क्षेत्र अहिले चर्चामा छन् । जसमा पर्छन्, गुल्मीका दुईवटै निर्वाचन क्षेत्र । राजनीतिक परिवेश बदलिएको अहिलेको निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर १ बाट एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र क्षेत्र नम्बर २ बाट सचिव गोकर्ण विष्ट उम्मेदवार छन् । 

Muktinath Bank

पूर्वमन्त्री समेत रहेका ज्ञवालीसँग कांग्रेसका प्रभावशाली युवा नेता डा. चन्द्र भण्डारी र विष्टसँग एकीकृत समाजवादीकी सचिव तथा महिला नेत्री रामकुमारी झाँक्री प्रतिस्पर्धामा उत्रिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चारैजना उम्मेदवार गुल्मीमै जन्मिएर जिल्लालाई नै राजनीतिक कर्मथलो बनाएका नेतामा पर्छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी कसेर चुनावमा होमिएको सत्तारूढ कांग्रेस–माओवादी गठबन्धनले जिल्लामा एमालेको ‘परम्परागत विरासत’ जोगाउन कडा चुनौती अगाडि सारेको छ । २०७४ को निर्वाचनमा एमाले–माओवादी मिल्दा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ कांग्रेस ‘क्लिन स्विप’ भएको थियो । 


Advertisment
Nabil box
Kumari

गुल्मी–१ मा ज्ञवाली र भण्डारी पाँचौंपटक आमनेसामने हुँदैछन् । यसअघि झण्डै ८ हजारभन्दा बढी मतान्तरले ज्ञवालीले जीत निकाल्दा माओवादीको साथ थियो । ज्ञवालीले यो क्षेत्रबाट २०५६, २०६४ र २०७४ मा जीत निकाल्दा भण्डारी १ पटक २०७० मा विजयी भएका थिए ।

Vianet communication
Laxmi Bank

पूर्वमन्त्री ज्ञवाली र ‘हेभीवेट’ नेता भण्डारीको चुनावी रस्साकस्सीले मतदातामा समेत उत्सुकता बढेको छ । दुई दशकदेखि भण्डारीसँग प्रतिस्पर्धा गर्दै आएका ज्ञवाली एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र मानिन्छन् । ज्ञवाली निर्वाचनपछि एमाले पहिलो शक्ति बनेर सरकार बनाउने दाबीसहित प्रचार–प्रसारमा गाउँ–गाउँ पुगेका छन् । 

ज्ञवाली जिल्लाका जनताका लागि आफूले गरेका काम नै जीतको आधार रहेको बताउँछन् । ‘हामीले मतदाताका लागि सयौं काम गरेका छौं । त्यो भनिरहनु पर्दैन । जनता आफैँ सचेत भइसकेका छन्,’ ज्ञवालीले भने । 

उत्तर–दक्षिण कालीगण्डकी करिडोर, मदन भण्डारी र रिडी खज्रयाङ–बलकोट लगायतका सडक सञ्जाल विस्तारका काम पूरा गर्ने ज्ञवालीले बताएका छन् । शिक्षा, स्वास्थ्य र रोजगार पनि ज्ञवालीको प्राथामिकतामा छन् । 

नेपाल विद्यार्थी संघको महामन्त्री बनेर राष्ट्रिय राजनीतिमा आए पनि एकपटक संविधानसभा सदस्यबाहेक लाभको पदमा नपुगेका भण्डारी यसपालि माओवादीको दह्रो साथको बलमा जीत दर्ता गर्ने अभियानमा छन् । शिक्षा र स्वाथ्यमा जनतालाई जोडेर अगाडि बढ्ने योजना रहेको भण्डारी बताउँछन् ।

‘हामी अहिले गठबन्धन पनि भएका छौं,’ भण्डारीले भने, ‘हामीले जिल्लामा अगाडि सारेका विकास आयोजना हाम्रा जीतका आधार हुन । त्यसमाथि हामीबीच बलियो एकता भएको गठबन्धन पनि छ ।’

भण्डारी कांग्रेस संस्थापन पक्षको कटु आलोचक हुन् । बौद्धिक नेताद्वय ज्ञवाली र भण्डारीको मित्रवत प्रतिस्पर्धा हुँदै आएको छ । 

गत वैशाखको पालिका मत अनुसार गुल्मी– १ मा पर्ने जिल्ला ५० वटा वडामध्ये २३ मा एमाले, २२ मा कांग्रेस, ३ मा माओवादी र बाँकी २ मा अन्य दल विजयी भएका छन् । यो क्षेत्रमा १ लाख १९ हजार २८८ मतदाता रहेका छन् । गुल्मी–१ (१) मा गठबन्धनले कांग्रेसका धनेन्द्र कार्की र १ (२) मा माओवादीका युवा नेता तथा प्रदेशका पूर्वमन्त्री सुदर्शन बराललाई अगाडि सारेको छ । एमालेले १ (१) मा प्रदेश सदस्य चिन्तामणि पाण्डेलाई उम्मेदवार बनाएको छ भने १ (२) मा प्रदेश सदस्य फर्सराम पाण्डे प्रतिष्पर्धामा छन् । 

गुल्मी– २ मा यसपटक पूर्वसहकर्मी गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीचको प्रतिस्पर्धा चाखलाग्दो छ । यही क्षेत्रबाट पाँचौंपटक उम्मेदवार बनेका विष्टसँग वर्षौंसम्म सँगै काम गरेकी पूर्वमन्त्री झाँक्री प्रतिस्पर्धामा छिन् ।

झाँक्रीलाई राजनीतिमा ल्याउन विष्टको योगदान रहेको आधारमा गुरुचेलीबीचको प्रतिस्पर्धाका रूपमा कतिपयले अथ्र्याएका छन् । लगातार ५ पटक कम्युनिस्टले चुनाव जितेको यो क्षेत्रमा अहिले कम्युनिस्ट–कम्युनिस्ट  जित्दै आएको यो क्षेत्रमा अहिले कम्युनिस्टबीच प्रतिस्पर्धा छ । यसअघि विष्टले दश हजारभन्दा बढी मतान्तरले जितेका थिए । 

झाँक्री गठबन्धनका कांग्रेस, माओवादी र नेकपा एसले स्थानीय चुनावमा प्राप्त गरेको मत संरक्षण गरेरै जित्ने दाउमा छिन् ।

चुस्त संगठन र चलायमान कार्यकर्ताद्वारा संगठित पार्टीको मत बढाउँदै गठबन्धनका असन्तुष्ट कार्यकर्ता र अन्य साना दलका कार्यकर्ताको मन जितेर चुनावी नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा विष्ट देखिएका छन् । 

झाँक्री २०७४ मा एमालेबाट समानुपातिक सांसद भएकी थिइन् । एमाले विभाजन भएपछि उनी नेकपा एसतर्फ लागेकी हुन् । गुल्मी–२ मा ४३ वडा पर्छन् । गत पालिका निर्वाचनमा कांग्रेसले २५, एमालेले १७ र माओवादीले एउटा मात्र वडामा जितेका छन् । 

कृषि र पर्यटनबाट उद्यमशीलता, स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्ति थप, घर–घरमा पिउने पानीदेखि विद्युत्को राष्ट्रिय प्रशारण लाइन सबै क्षेत्रमा पुर्‍याउने विष्टका चुनावी एजेण्डा छन् । 

संविधानको रक्षा, संघीयतालाई दिगो बताउँदै सबै प्रकारका विकास आयोजना ल्याउने र निर्धारित मितिमै सफल कार्यान्वन गर्ने झाँक्रीका चुनावी योजना छन् । गुल्मी–२ (१) को प्रदेशसभातर्फ एमालेबाट रेसुङ्गा नगरपालिकाका पूर्व मेयर डिल्लीराज भुसाल र गठबन्धनबाट कांग्रेसका भुवनप्रसाद श्रेष्ठबीच प्रतिष्पर्धा हुँदैछ । 

गुल्मी– २ को प्रदेशसभातर्फ पूर्व सहकर्मीबीच हुँदैछ । २ (२) बाट एमालेका दिनेश पन्थी र माओवादीका युवा नेता बुद्धि जिसी प्रतिस्पर्धा हुँदैछ । यसअघिको चुनावमा माओवादीबाट निर्वाचित पन्थी तत्कालीन नेकपा विभाजनपछि एमालेमा लागेका थिए । विष्ट शालीन र झाँक्री आक्रामक स्वभाव बनाएका नेतामा पर्छन् ।

यो क्षेत्रमा स्थानीय तह चुनावमा वडा अध्यक्षले प्राप्त गरेको मतअनुसार एमालेले ३१ हजार २५३, कांग्रेसले २९ हजार ८२१, माओवादीले १ हजार ८४१, नेकपा एकीकृत समाजवादी ६५८, र राप्रपाले १०१ मत पाएका थिए । माओवादी र एसले अधिकांश वडामा उम्मेदवारी दिएका थिएनन् ।

यो क्षेत्रमा पहिलो शक्ति एमाले देखिए पनि गठबन्धनको मत जोड्दा एमालेभन्दा गठबन्धन १ हजार १७४ मतले अगाडि देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x