×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

उपेन्द्र पराजयको अन्तरकथा : ३ कारणले माथ खान पुगे मधेशका 'मसिहा' !

मंसिर ८, २०७९

NTC
Premier Steels

२०६३ सालको पहिलो मधेश आन्दोलनबाट उदाएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १५ वर्षपछि झट्का लागेको छ ।

Muktinath Bank

२०६४ सालको पहिलो संविधानसभा, २०७० सालको दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा चुनावमा लगातार जितेर 'ह्याट्रिक' गरेका यादव यसपटक अप्रत्यासित रूपमा पराजित भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोरङ, सुनसरी र सप्तरीमा चुनाव जितेका यादवलाई यसपटक जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले सप्तरी- २ मा पराजित गरेका छन् ।


Advertisment
Nabil box
Kumari

'स्मार्ट रणनीति'का कारण राउतको जीत

Vianet communication

राउतको चुनावलाई कमान्ड गरिरहेका जनमत पार्टीका उपमहासचिव इन्द्रजीत यादव स्मार्ट रणनीतिले चुनाव जितिएको बताउँछन्। पहिलेदेखि नै बनाइएका योजना, रणनीतिलाई सफलतापूर्वक व्यवहारमा कार्यान्वयन गर्दा चुनाव जित्न सफल भएको उनको कथन छ ।

'हामीले विगत ५ वर्षदेखि लगातार चुनाव कसरी जित्ने भन्नेमा काम गरिरहेका थियौं । डाक्टर सा'ब आफैं 'फ्रेस' अनुहार, 'टेस्ट' नभएको अनुहार हुँदा आम मतदातालाई 'मोटिभेट' गर्न सफल भयौं,' यादवले लोकान्तरसँग भने, 'मतदाताले पनि हाम्रो एजेन्डा र खास गरेर पार्टीको नेता डाक्टर सीके राउतमाथि भरोसा गर्नुभयो ।'

सप्तरी- २ मा हरेक गाउँ, टोल, बुथमा कुन–कुन व्यक्ति प्रभावशाली छन् भन्ने कुराको पहिचान गरी सबैसँग व्यक्तिगतरूपमा गोप्य भेटवार्ता गरी आफ्नो पक्षमा मतदान गर्न आश्वस्त पार्ने काम चुनाव हुनुभन्दा ५ महिना पहिलेदेखि नै गरेको उनले बताए ।

'ती मानिसहरूसँग भेट्दा थप कहाँ के गर्नुपर्ने भन्ने सुझाव पनि लिन्थ्यौं, त्यहीअनुसार विपक्षी पार्टीका मुख्य-मुख्य व्यक्तिलाई भेट्थ्यौं,' उनले थपे, 'तपाईंहरू आ-आफ्नै पार्टीमा बस्नुस्, हाम्रो लागि खुल्नु पर्दैन। भोट मात्र हामीलाई दिए पुग्छ भन्दा उहाँहरू पनि तयार हुनुभयो ।'

त्यसपछि आफ्नो भोट सुरक्षा गर्नका लागि प्रत्येक वडा-वडामा, बुथ-बुथमा युवा र महिला दस्ता तयार गरी चुनावमा परिचालन गरिएको उनले बताए । 'विपक्षी दलको रणनीति के हुँदैछ, त्यसको विषयमा सूचना प्राप्त गर्नका लागि हामीले आफ्ना 'इन्फर्मर' राखेका थियौं,' उनले थपे, 'ती 'इन्फर्मर'बाट प्राप्त हुने सूचनालाई 'क्रस भेरिफिकेसन' गरेर हामी त्यसअनुसार आफ्नो रणनीति बनाउँथ्यौं ।'

कुल ७९ वटा बुथमा ५ जनासम्म पार्टीका प्रतिबद्ध युवा, महिला दस्तालाई परिचालन गरेर आ-आफ्नो बुथको मात्र सूचना संकलन गर्न खटाइएको थियो। 'अपन टोल अपने सम्हारू, अपन बुथ सब स मजबूत' अर्थात् 'आफ्नो टोल आफैं सम्हालौं, आफ्नो बुथ सबैभन्दा मजबूत' भन्ने  मूल नारा थियो ।

'त्यही मूल नारा दिएर आ-आफ्नो बुथको मात्र चिन्ता, चासो र आफ्नो भोटको सुरक्षा गर्न तथा विपक्षी पार्टीबाट भोट खरिद हुनसक्ने कार्यलाई रोक्न खटिएका थियौं,' यादवले लोकान्तरसँग भने।

उपेन्द्र यादव सीमित ब्रोकरहरूको भर पर्दा पनि आफूहरूलाई सहज भएको उनको भनाइ छ । 'उपेन्द्रजी केही निश्चित 'ब्रोकर', ठेकेदारबाट घेरिनुभएको थियो । उनीहरूले दिने गलत सूचनालाई नै विश्वास गर्नुभयो। त्यस कारण उहाँको रणनीतिलाई हामीले फेल खुवाइदियौं,' यादवले लोकान्तरसँग भने।

मधेशका 'मसिहा' उपनाम पाएका यादव आफैं त चुनावमा पराजय भोगेकै छन्, उनको पार्टीलाई पनि अनपेक्षित रूपमा धक्का लागेको छ। सबै क्षेत्रको मतपरिणाम अहिले सार्वजनिक नभए पनि धेरैजसो ठाउँमा जसपाका उम्मेदवारहरू पछाडि परेका छन् । 'थ्रेसहोल्ड' नै पनि काट्ने हो वा होइन भन्ने आशंका देखिएको छ ।

उपेन्द्रको हारका विषयमा के भन्छन् राजनीतिक विश्लेषक ?

एमालेलाई प्रतिगमनकारी शक्ति र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगमनको नाइके भनेका उपेन्द्र यादवले यो चुनावमा एमालेसँगै तालमेल गरेका कारण उनको हार भएको राजनीतिक विश्लेषक चन्द्रकिशोर बताउँछन् ।

'उपेन्द्रजीले एमालेसँग गरेको तालमेललाई 'जस्टिफाइ' नै गर्न सक्नुभएन। एमालेसँगको तालमेल पनि उहाँसहित उहाँको पार्टीलाई प्रत्युत्पादक भइदियो,' मधेश मामिलाका जानकार समेत रहेका चन्द्रकिशोरले भने, 'त्यसबाहेक मधेश आन्दोलनपछि मधेशको मुद्दा सम्बोधनभन्दा पनि सत्ता प्राप्ति मात्र उहाँको प्राथमिकतामा परेकाले पनि त्यसको असर पर्‍यो ।'

विगत १५ वर्षदेखि मधेशका मुद्दा सम्बोधन हुन नसक्नु, २०७२ सालको तेस्रो मधेश आन्दोलनको जनादेश संविधान संशोधनसहित मधेशका मुद्दा सम्बोधन गराउने कुरा उपेन्द्रको प्राथमिकतामा नपर्नु पनि उपेन्द्रको हारको कारण बनेको उनको बुझाइ छ।

'ओलीजीको मेची महाकाली अभियानअन्तर्गत घटेको मलेठ घटनालाई समेत बिर्सिएर उपेन्द्रजीले ओलीजीसँग गरेको तालमेललाई जनताले मन पराएनन्,' उनले थपे, 'अर्कातर्फ सत्ता र शक्तिमा रहेको १५ वर्ष भइसक्दा जनताले डेलिभरी खोजेका थिए। तर, त्यसमा पनि उपेन्द्रजी सफल हुन सक्नुभएन । परिणामस्वरूप उहाँको हार भएको हो।'

उपेन्द्र १५ वर्षदेखि शासन सत्तामा भए पनि डेलिभरी नहुँदा जनता फ्रेस उम्मेदवारको खोजीमा रहेकै बेला सीके राउत आउँदा सप्तरी- २ का जनताले राउतलाई रोजेको उनले बताए ।

'ग्रासरुटमा सीके राउतले पकड बनाइरहेको र एकपटक सीके राउतलाई पनि हेरौं न भनेर सप्तरी- २ का मतदाताहरूले मौका दिएको हो,' उनले लोकान्तरसँग भने ।

२०६३ सालमा अन्तरिम संविधानको विरोध गर्दै साविकको मधेशी जनअधिकार फोरमका अध्यक्षको हैसियतमा उपेन्द्र एका-एक मधेशसहित देशभर चर्चामा आएका थिए। उनकै नेतृत्वमा भएको पहिलो मधेश आन्दोलनपछि उनले राज्यसँग २२ बुँदे सहमति गरेका थिए ।

सद्भावना पार्टीका तत्कालीन नेता गजेन्द्र नारायाण सिंहले पनि मधेशसँग हुँदै आएको विभेदविरुद्ध लामो संघर्ष गरेका थिए।

'त्यति बेला मधेशीहरू उहाँसँग भावनात्मक रूपमा मात्र जुडेका थिए। तर, उपेन्द्र यादवको नेतृत्वमा भएको त्यो मधेश आन्दोलनले तमाम मधेशीलाई एकताबद्ध गराउन वैचारिक  खुराक नै दियो। फोरम त राजनीतिक संगठन नै बन्न सफल भयो,' चन्द्रकिशोरले थपे, 'मधेशको विभेदबाट उन्मुक्ति पाउन सकिन्छ भन्दै क्रस पार्टी नेतादेखि कार्यकर्ताहरू त्यो आन्दोलनमा ऐक्यबद्ध भए । विभिन्न पार्टी परित्याग गरेर नेतादेखि कार्यकर्ताहरू आए ।'

२०६३ सालको पहिलो मधेश आन्दोलनको नेतृत्व उपेन्द्रले गरे पनि दोस्रो मधेश आन्दोलनको नेतृत्व तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको थियो । मोर्चामा तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्तरूपमा नेतृत्व गरेका थिए । राज्यसँग ८ बुँदे सम्झौता गर्दा पनि ती तीनै पार्टीका अध्यक्षको संयुक्त हस्ताक्षर थियो ।

विश्लेषक चन्द्रकिशोरका अनुसार दोस्रो आन्दोलनमा अन्य दुई नेताको स्वामित्व उपेन्द्रलाई मन परेको थिएन।

'दोस्रो आन्दोलनको 'क्रेडिट' पनि उपेन्द्रजीले एक्लै लिन खोज्नुभएको थियो, तर त्यो नहुँदा उपेन्द्रजी नाखुश हुनुभएको थियो,' उनले थपे, 'त्यसपछि २०७२ सालमा संविधानविरोधी आन्दोलनको नेतृत्वमा राजेन्द्र महतोजीको 'ब्रान्डिङ' हुँदा उहाँ अझै असन्तुष्ट हुनुभयो ।'

पछिल्लो दुई आन्दोलनमा एक्लै 'क्रेडिट' नपाउँदा राज्यसँग हुने हरेक वार्ता तथा सम्झौतामा उपेन्द्र इमान्दार नदेखिएको उनको कथन छ ।

'मैले पहिलो मधेश आन्दोलनमा पाएको क्रेडिट 'लूज' गर्छु भनेर उहाँमा 'इन्फ्रेरिटी कम्प्लेक्स' भयो,' उनले थपे, 'तीनवटै मधेश 'मूभमेन्ट'को स्वामित्व तथा 'क्रेडिट' मैले नै पाउनुपर्छ भन्ने स्वार्थका कारण मधेश आन्दोलन र एजेन्डा ओझेलमा पर्दै आएपछि अन्ततः अहिले उहाँसहित उहाँको पार्टीलाई ठूलो क्षति हुन पुगेको छ ।'

मधेश मामिलाका अर्का जानकार तथा राजनीतिक विश्लेषक तुलानारायण साह उपेन्द्र तथा जसपाको पराजयको मुख्य तीन कारण रहेको औल्याउँछन्। पहिलो कारण लामो समयदेखिको सत्ता राजनीति रहेको उनले बताए।

'लामो समयदेखि उहाँ आफैं संघको सत्तामा हुनुहुन्छ। त्यसबाहेक विभिन्न पालिकामा र प्रदेशमा पनि उहाँको पार्टी सत्तामा थियो। तर, जनताले अपेक्षा गरेअनुसार तीनै तहबाट 'पर्फर्मेन्स' भने हुन सकेन,' साहले लोकान्तरसँग भने, 'भोट त पालिका-पालिका बाट आउने हो। पालिकाले डेलिभरी नगर्दा मतदाता आक्रोशित थिए। त्यसको असर चुनावमा देखियो।'

उपेन्द्र हार्ने दोस्रो कारण उपेन्द्रको परम्परागत तौर-तरिका रहेको उनको कथन छ । 'उहाँले परम्परागत भोट बैंकको राजनीतिक तौर तरिकामा चुनाव लड्नुभयो। तर, सीके राउतको स्मार्ट शैलीका अगाडि उहाँ फेल खानुभयो,' साहले थपे, 'एउटा निश्चित परम्परागत भोट बैंक आफ्नो छँदैछ, प्रभावित गर्न सक्ने भोट बैंकलाई प्रभावित गरिएला भन्ने तरिकामा उहाँ फेल खानुभयो ।'

प्रभावित हुने भोट बैंक रहेको दलित समुदाय, गरीब वर्ग, समाजको सीमान्तमा रहेका वर्ग, महिला, वैदेशिक रोजगारीमा गएका युवाहरूमाथिको बलियो पकडका कारण राउत जीत्न सफल भएको उनको विश्लेषण छ । 'पछिल्लो ३-४ वर्षदेखि राउतजीले ती समुदायलाई लक्षित गरेर 'प्रोजेक्टर'का माध्यमले, जुलुसका माध्यमले, घरघरमा सचेतना फैलाउँदै स्मार्ट तरिकाले काम गरिरहनुभएको थियो,' साहले थपे, 'त्यसकारण राउतजीले ती वर्ग तथा समूहका बारेमा  सामाजिक सञ्जालदेखि अन्य प्लेटफर्ममा क्लाउड नै बनाउनुभयो र त्यसैको फाइदा उठाउनुभयो ।'

तेस्रो प्रमुख कारण उपेन्द्रको आफ्नै अहंकार पनि रहेको उनको बुझाइ छ ।

'उपेन्द्रजीको बोली, व्यवहार तथा अहंकार पनि कारण हो । मैले नै पार्टी बनाएको हो। मैले जे जसरी पार्टी चलाए पनि हुन्छ भन्ने अहंकारको शैली पनि उहाँको हारको कारण हो,' उनले थपे, 'उपेन्द्रजीबाट प्रभावित भएर कोही भेट्न जाँदा फेरि पनि भेट्छु भन्ने माहोल बनाउन नसक्नु पनि उहाँको हारको कारण हो।'

अर्का राजनीतिक विश्लेषक रोशन जनकपुरी पछिल्लो समय जसपा र लोसपाबीच पार्टीको नेतृत्व र सत्ता प्राप्तिका लागि भएको निकृष्ट स्तरको छिनाझप्टी हारको प्रमुख कारण रहेको बताउँछन्।

'मधेश आन्दोलनबाट स्थापित भएका ती पार्टीहरू जसरी एक आपसमा छिनाझप्टीमा लागे त्यसलाई जनताले नजिकबाट नियालिरहेका थिए,' जनकपुरीले लोकान्तरसँग भने, 'मधेश आन्दोलनको मुद्दा सम्बोधन गराउनभन्दा पनि संसद्मा को कसरी सरकारमा जाने भन्ने खेलका कारण मधेशवादी दलहरूको पराजय भएको हो ।'

उपेन्द्र यादवको 'ओभर कन्फिडेन्स' पनि उपेन्द्रको हारको दोस्रो कारण रहेको उनी बताउँछन् । 'म नै मधेशको ठूलो शक्ति हो। म नै मधेशको नेता हो। मैले जे गरे पनि चुनाव जितिहाल्छु भन्ने 'ओभर कन्फिडेन्स' उपेन्द्रजीमा देखियो,' उनले थपे, 'तर, मधेशका जनतामा यसपटक उनलाई देखाइदिने भन्ने सोच आएको देखियो । त्यस विषयमा बेखबर र बेपरबाह हुनुको नतिजा पनि हो ।'

तेस्रो प्रमुख कारण भने एमालेसँगको तालमेल रहेको उनी बताउँछन् ।

'नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति अहिले पनि मधेशमा घृणाको 'सेन्टिमेन्ट' छ,' उनले थपे, 'खास गरेर उपेन्द्रजीकै निर्वाचन क्षेत्र रहेको मलेठ घटनाका कारण त्यहाँका जनतामा ओलीजीप्रति घृणाको 'ग्राउन्ड' हुँदाहुँदै उहाँले एमालेसँग गर्नुभएको गठबन्धनको आत्मघाती निर्णय पनि हारको प्रमुख कारण बन्यो ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x