माघ १९, २०७९
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने तयारी गरेको छ । त्यस विषयमा निर्णय लिन आज दिउँसो ३ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय...
विराटनगर | मंसिर १५, २०७९
प्रदेश १ को संसद्मा अघिल्लोपटक १० सांसदसहित चौथो र निर्णायक शक्ति बनेको नेकपा एकीकृत समाजवादी यसपटक प्रत्यक्षतर्फ ३ सीटमा समेटिएको छ ।
नेकपा एमालेबाट विद्रोह गर्दै १० सांसदले एकीकृत समाजवादी रोजेपछि भीम आचार्य नेतृत्वको तत्कालीन एमाले सरकार अल्पमतमा परेको थियो ।
त्यसपछि एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बने ।
तर अहिलेको चुनावी नतिजाले एकीकृत समाजवादी रक्षात्मक अवस्थामा पुगेको छ । सत्ता गठबन्धनमा भागबण्डा हुँदा उसले प्रदेशसभाका ११ क्षेत्रमा उम्मेदवारी दिएको थियो । तीमध्ये ३ स्थानमा मात्र जीत हात पार्यो ।
दुईजना पुरानै अनुहार दोहोरिए भने एकजना नयाँ अनुहार चुनिए ।
प्रदेश १ का मुख्यमन्त्री समेत रहेका नेकपा एसका सचिव राजेन्द्रकुमार राई र पर्यटनमन्त्री खिनु लङ्वा प्रदेशसभामा दोहोरिए ।
यस्तै पाँचथरका कमलप्रसाद जबेगु नयाँ अनुहारका रूपमा प्रदेशसभामा प्रवेश गरेका छन् । जबेगु १६ हजार ८४९ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका राजकुमार भण्डारीले १६ हजार २१५ मत ल्याएका थिए ।
भोजपुरमा मुख्यमन्त्री राई १६ हजार १ सय १८ मत प्राप्त गरेर विजयी बन्दा प्रतिस्पर्धी एमालेका हरिबहादुर राईले १२ हजार २२६ मत प्राप्त गरे ।
पर्यटन मन्त्री लङ्वा इलाम २(१) बाट निर्वाचित भइन् । इलामकै अर्को क्षेत्रमा प्रतिनिधिसभातर्फ पार्टीका सम्मानित नेता झलनाथ खनाल पराजित हुँदा लङ्वाले जीत निकालिन् ।
लङ्वा १३ हजार ३ सय ७१ मत ल्याएर विजयी बन्दा एमालेकी शोभा पराजुलीले ११ हजार ३९५ मत पाइन् ।
सङ्खुवासभा १(२) मा एमालेका विदुर लिङ्थेपले एकीकृत समाजवादीकी नेतृ सरिता खड्कालाई पराजित गरे । लिङथेपले १५ हजार ४ सय ८२ मत पाउँदा खड्काले १५ हजार २ सय ४३ मत मात्रै प्राप्त गरेकी थिइन् ।
मोरङका दुईवटा क्षेत्रमा टिकट पाएको एकीकृत समाजवादीले दुवै क्षेत्र गुमायो ।
पूर्व जिविस सभापति समेत रहेका एमालेका खड्गबहादुर बस्नेतले प्रदेश १ सरकारका बहालवाला यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेलाई पराजिते गरे ।
बस्नेत १३ हजार ५ सय ३९ मत ल्याएर विजयी हुँदा एकीकृत समाजवादीका घिमिरेले १३ हजार ८ सय ६३ मत मात्रै प्राप्त गरेका थिए ।
मोरङ ३(२)मा एमालेका ज्ञानेन्द्र सुवेदी विजय बने । सुवेदीले नेकपा एसका लक्ष्मी कुमार श्रेष्ठलाई पराजित गरे । निवर्तमान मेयर समेत रहेका सुवेदीले १७ हजार ४ सय २८ मत प्राप्त गरेका थिए भने श्रेष्ठले १५ हजार ३८५ मत प्राप्त गरेका थिए ।
खोटाङमा एमालेकै पाँचकरण राईले एसका वीरबल काजी राईलाई पराजित गरे ।
पाँचकरणले १३ हजार १५७ मत प्राप्त गर्दै संसद छिर्ने बाटो तय गर्दा वीरबलले भने ११ हजार ९ सय ६५ मत मात्रै प्राप्त गरेका थिए । धनकुटा १ (१)मा एमालेका निरन राईले फराकिलो मतान्तरले प्रतिस्पर्धीलाई हराए ।
सुनसरी १ (२)मा नेकपा एसका उम्मेदवार चौथो स्थानमा समेटिए । यस क्षेत्रमा पनि एमालेका विजयकुमार राई विजयी बने । विजयले १२ हजार ४ सय ६५ मत प्राप्त गर्दै विजयी बन्दा राप्रपा अनिल ढकालले ७ हजार ४ सय ८२ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा स्वतन्त्र रोहित सुब्बाले ६ हजार ८ सय ३९ मत प्राप्त गरेका थिए । एसका रेवती रवण राईले ४ हजार ९८८ मत प्राप्त गरेका छन् ।
झापा २(१)मा एमालेका एकराज कार्कीले १८ हजार ७ सय ५८ मत प्राप्त गर्दै संसद् छिर्ने यात्रा तय गर्दा एकीकृत समाजवादीका पुष्पराज पोख्रेलले ६ हजार ११० मत प्राप्त गरेका छन् । ताप्लेजुङ १ (१)मा तिलकुमार मेन्याङ्वोले १२ हजार ७७२ मत प्राप्त गरेर जीत दर्ज गर्दा एसका खेमबहादुर वानेमले ८ हजार ७३३ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभातर्फ भने नेकपा एस प्रदेश १ मा शून्य बनेको छ । उदयपुर क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनबाट उम्मेदवार बनेको जगन्नाथ खतिवडा पराजित बने । खतिवडाले १२ हजार ८ सय ९३ मत मात्रै प्राप्त गरेका छन् भने एमालेका अम्बरबहादुर रायमाझीले १५ हजार ५ सय २१ मत प्राप्त गरेका थिए ।
सत्ता गठबन्धनबाटै बागी उम्मेदवारी दिएका रामकुमार राई यस क्षेत्रमा तेस्रो भए । राईले १० हजार ३७९ मत प्राप्त गरेका थिए ।
यस्तै नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि इलाम १ मा पराजित भए । खनालले २३ हजार ०८९ मत प्राप्त गरेका थिए । उनलाई आफ्नै पूर्व कार्यकर्ता महेश बस्नेतले पराजित गरे ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने तयारी गरेको छ । त्यस विषयमा निर्णय लिन आज दिउँसो ३ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय...
रेशम चौधरी संयोजकत्वको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा उनलाई बिहीवार बाँकेबाट पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रव...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री...
मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आइपुगेका छन् । गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल बिहीबार साँझ नेपाल आइपुगेका हुन् । गृह मन्त्रालयको निमन्त्रणमा आएका उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा राखिरहन प्रयास भइरहेको बताएका छन् । उनले ...
नवलपुर क्षेत्र भएर भग्ने नारायणीको उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको छ । गैँडाकोट नगरपालिकाको पहलमा गैँडाकोट–१७ को शिख्रौलीघाटबाट उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको गैँडाको...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...