×

Nic Asia
Dabur
Prabhu Bank

भ्रष्टाचारविरुद्धको दिवसमा अन्तरक्रिया, निजी क्षेत्रलाई पनि भ्रष्टाचारको दायरामा ल्याउनुपर्ने माग

इटहरी | मंसिर २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीले ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’को अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यालयका शाखा अधिकृत दिवश अधिकारीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख तीर्थराज चिलुवालले गरेका थिए । कार्यक्रममा निमित्त प्रदेश प्रमुख किशोर कुमार चौधरी प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । 

yONNEX
IME BANK INNEWS

कार्यक्रममा प्रदेश मन्त्रालयका सचिवहरू, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, सञ्चारकर्मी, मोरङ तथा सुनसरीका नागरिक निगरानी संस्था, सुनसरीस्थित कार्यालयका प्रमुखहरूलगायत कर्मचारीहरूको सहभागिता रहेको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

कार्यालयका सूचना अधिकारी उपसचिव निरजकुमार देवले कार्यक्रमको उपादेयता, औचित्य तथा नेपालमा भ्रष्टाचार अवस्था, भ्रष्टाचार सम्बन्धी उजुरीका क्षेत्रगत प्रवृत्ति, भ्रष्टाचार निवारण, सुशासन प्रबद्र्धन गर्नका लागि अवलम्बन गरेका रणनीति र सो को कार्यान्वयनको अवस्था एवं आयोगको आगामी कार्यदिशा बारेमा प्रस्तुतिकरण गरेका थिए । 

कार्यक्रममा सहभागीहरूले भ्रष्टाचार र अनियमितता सम्बन्धमा नागरिक तहबाट खबरदारी र प्रश्न गर्नुपर्ने, सञ्चारक्षेत्रबाट भ्रष्टाचारजन्य क्रियाकलापको खोजमूलक सामाग्री÷सूचना प्रशारण÷प्रकाशन गर्नुपर्ने, सार्वजनिक पदाधिकारीहरूबाट इमान्दारीपूर्वक तोकिएको जिम्मेवारी पूरा गरिनुपर्नेमा जोड दिएका थिए । 


Advertisment
Lokantar App
Saurya island

छलफलको क्रममा नीतिगत भ्रष्टाचार परिभाषित हुनुपर्ने, निजी क्षेत्रलाई समेत भ्रष्टाचारको दायरामा ल्याउनुपर्ने, नराम्रो काम गर्नेलाई दण्ड दिने र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने संस्कृतिको विकास गर्नुपर्ने विषय उठेको थियो । सहभागीहरूले उजुरीको जोखिमका आधारमा वर्गीकरण गर्नुपर्ने, अन्तर निकाय सूचना प्राप्ति र उपयोगमा प्रभावकारी समन्वय हुनुपर्ने, भ्रष्टाचारको प्रवृति र स्वरुपमा परिवर्तन देखिएकोले अनुसन्धानको ढाँचामा परिवर्तन गर्नुपर्ने तथा नदीजन्य पदार्थ उत्खनन् कार्यको अनुगमन प्रभावकारी हुनुपर्नेलगायतका सुझाव दिएका थिए । 

कार्यक्रममा मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरूले सार्वजनिक निकायहरूको अभिमुखिकरण हुन नसकेको र कर्मचारीहरूमा सीप, ज्ञान एवं दक्षताको कमीले गर्दा प्रभावकारी सेवा प्रवाह हुन नसकेको बताएका थिए । 

Vianet communication

प्रमुख अतिथि देवले सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रणालीगत कमजोरी देखिएकोले सुधारका लागि सबै क्षेत्रबाट ऐक्यबद्धता, सहयोग, समन्वय, सहकार्य र साझेदारी आवश्यक रहेको बताएका थिए ।

कार्यालय प्रमुख चिलुवालले आयोगको कार्यलाई अझ बढी प्रभावकारी बनाउन भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रबद्र्धन गर्नका लागि बहुपक्षीय तथा द्विपक्षीय साझेदारी र सहकार्य आवश्यक रहेको धारणा राखे । उनले इमान्दारीपूर्वक तोकिएको जिम्मेवारी पूरा गर्न सबैलाई आग्रह पनि गरेका थिए । 

hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
मंसिर २६, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन नं. ४, बागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खानेपानीसम्बन्धी कामक...

साउन २९, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विभिन्न मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरूसँग अन्तरक्रिया गरेको छ । अख्तियारले सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको प्रभावकारिताका सम्बन्धमा नेपाल सरकारक...

मंसिर २३, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस एक कार्यक्रम आयोजन गरी मनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अख्तियार दुवैको संयुक्त आयोजनामा अख्तियारको कार्यालयमा उक्त कार्यक्रम...

मंसिर ९, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक अधिकार क्षेत्रलाई संकुचित बनाई नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानूनी व्यवस्था खारेजीको माग राख्दै मानवअधिकार तथा सुशासनको क्षेत्रमा क्रियाशील छ वटा सा...

असार १७, २०७९

कर्मचारीको मुद्दा हेर्न गठन गरिएको प्रशासनिक अदालत मुद्दाविहीन भएपछि सुनसान बनेकाे छ । कर्मचारीहरूसँग सम्बन्धित मुद्दा पनि अधिकांश उच्च र सर्वोच्च अदालतमै दर्ता गरिँदा प्रशासनिक अदालत सुनसान बनेको हो ।  ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x