×

NIC ASIA

यी हुन् एमालको प्रदेशसभातर्फका ७० समानुपातिक सांसद [सूचीसहित]

मंसिर २४, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा (एमाले) ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । ललितपुरस्थित पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीले प्राप्त गरेको मतका आधारमा सातवटै प्रदेशको प्रदेशसभाका समानुपातिक सांसद सिफारिस गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका जानकारी दिए । 

Muktinath Bank

उनका अनुसार बैठकले प्रदेशसभाका लागि ७० समानुपातिक सांसदको नामवली निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । प्रदेश नंं १ मा १५, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा १४, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ११, कर्णालीमा पाँच र सुदूरपश्चिम प्रदेशमा सात प्रदेशसभा सदस्यमा एमाले पाएको मतका आधारमा पार्टीले प्राप्त गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार प्रदेश नं १ मा महिलातर्फ शिलादिक्षित कार्की, तारादेवी ढकाल, निरादेवी खनाल आचार्य र गीतादेवी रेग्मी रहेका छन् । आदिवासी जनजाति महिलातर्फ सिर्जना दनुवार, कमला थापा, मिना श्रेष्ठ, मालतीकुमारी लिम्बु सिर्जना राई, र लहुरमय जिमी याक्खा दलिततर्फ कमला दर्नाल, मधेसीतर्फ गीतारानी महतो र मुस्लिमतर्फ नुरसदी वेगम, तथा आदिवासी जनजाति पुरुषतर्फ नम्मरलाल धिमाल र थारुमा ललिताकुमारी चौधरी रहेका छन्। 


Advertisment
Nabil box
Kumari

पार्टीले सात महिला र एक पुरुषलाई मधेश प्रदेशमा पठाउने निर्णय गरेको छ । यस प्रदेशमा आदिवासी जनजातितर्फ मञ्जुकुमारी थापा, दलितमा पलटीदेवी महरा, मधेशीतर्फ पलटीदेवी यादव, फुलुकुमारी देवी, विनादेवी शर्मा, शिला यादव र पुरुषतर्फ जयचन्द्रप्रसाद पटेल र मुस्लिमतर्फ नाजिमा खातुनलाई पठाउने निर्णय गरेको हो । 

Vianet communication

बागमती प्रदेशबाट एमालेले प्राप्त गरेको मतका आधारमा १४ प्रदेशसभा सदस्यको नाम आयोगमा पठाएको छ । एमालेले नौ पुरुष र पाँच महिलालाई प्रदेशसभामा निर्वाचित गर्ने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख गुरुङका अनुसार महिलातर्फ भारतीकुमारी पाठक, अप्सरा चापागाईं, मायाकुमारी कार्की तथा पुरुषतर्फ डा दिनेशचन्द्र देवकोटा र हरिप्रसाद सापकोटाको नाम आयोगमा पठाइएको छ । त्यसैगरी आदिवासी जनजातितर्फ विन्दु श्रेष्ठ, माइली तामाङ, सुकमाया तामाङ, सकुन्तला श्रेष्ठ राजभण्डारी र उर्मिला सुनार तथा पुरुषतर्फ आनन्द श्रेष्ठ, ज्ञानबहादुर तामाङ र ठूला थामी तथा दलितबाट बालकुमारी विश्वकर्मा रहेका छन् । 

एमालेले गण्डकी प्रदेशबाट १० जनालाई प्रदेशसभा सदस्यमा निर्वाचित गर्नका लागि निर्वाचन आयोगमा नाम सिफारिस गरेको छ । खसआर्यतर्फ यसोदा रिमाल, देवका पहारी त्रिपाठी, कृष्णप्रसाद पाठक, प्रकाश केसी, आदिवासी जनजातितर्फ विनाकुमारी थापा, निर्मला थापा, राजकुमारी भुजेल र लिलाबहादुर थापा तथा दलिततर्फ नन्दकला दमाइ र गोविन्दबहादुर नेपाली रहेको पार्टी प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए । 

उनका अनुसार लुम्बिनी प्रदेशबाट जानकी न्यौपाने, बसन्ती न्यौपाने र गिरिधारीलाल न्यौपाने र आदिवासी जनजातिबाट सरिता पुन र यमुना रोका रहेका छन् । थारुतर्फबाट सीता चौधरी र भगवतीकुमारी थरुनी, दलितबाट इन्द्रकुमारी गहतराज र रेखाकुमार शर्मा, मधेसीतर्फ शान्ति लोहर र मुस्लिमबाट सायरा वानुको नाम सिफारिस गरिएको छ । 

त्यसैगरी कर्णाली प्रदेशमा दक्षिणा शाही, तुलसा मल्ल, कलबहादुर हमाल, दलिततर्फ गन्त विक र आदिवासी जनजातितर्फ नन्दा गुरुङलाई प्रदेशसभा सदस्यमा निर्वाचित गर्न सिफारिस गरिएको छ । सुदूरपश्चिम प्रदेशका लागि सन्तोषीकुमारी शर्मा थापा, जानकी बम ऐर, निर्मलादेवी साउद, राजेन्द्र सिंह रावल, धर्मराज पाठक, दलितबाट हिरा सार्की र थारुतर्फबाट कोइलीदेवी चौधरीलाई प्रदेशसभा सदस्यमा पठाएको छ ।
 
निर्वाचन आयोगले बनाएको मापदण्डअनुसार नै प्रदेशसभा सदस्यमा निर्वाचित गर्नका लागि आयोगलाई सिफारिस गरेको प्रमुख गुरुङले बताए । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम सूची निर्वाचन आयोगमा पठाउने निर्णय गरेको उनले बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x