×

NMB BANK
NIC ASIA

संसद्का गहना

काठमाडौंमा डेरा खोज्दै चित्रबहादुर, संसदमा फेरि गुञ्जिनेछन् झर्रा शब्द र उखान टुक्का

‘चुनाव लड्न नसकिने भएछ, त्यो खर्चपर्च सांसद बनेपछि असुल्छन्’

मंसिर २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पटक–पटक सांसद र एकपटक उपप्रधानमन्त्री समेत भइसकेका ८२ वर्षीय चित्रबहादुर केसीलाई चुनाव जितेलगत्तै अर्को चटारो थपियो– काठमाडौंमा डेरा खोज्न ।

Muktinath Bank

बाग्लुङबाट चौथोपटक निर्वाचित केसी मतदातालाई धन्यवाद दिने कार्यक्रम सम्पन्न गरेर हालै काठमाडौं आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०५६ सालमा प्रतिनिधिसभा निर्वाचन जितेर काठमाडौं आएका केसी झण्डै दुई दशकसम्म घट्टेकुलोस्थित एउटै डेरामा बसे । चित्रबहादुरको डेरा बसाइको संयोग कस्तो भने घरबेटीले घर बेचे, तर उनले डेरा छाड्नु परेन ।


Advertisment
Nabil box
Kumari

कोरोना महामारीको समयमा केसी स्वेच्छाले काठमाडौंको डेरा छाडेर भैरहवास्थित छोरीको घरमा सरेका थिए । सम्भवतः उनले फेरि सांसद बनेर आउने आशा मारिसकेका थिए । नभए दुई दशक बसेको डेरा किन गुमाउँथे र ? कोरोनाको समयमा गम्भीर बिरामी परेपछि शारीरिक रूपले समेत कमजोर बनेका केसीले काठमाडौं छाडेका थिए । 

Vianet communication
Laxmi Bank

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा केसी बाग्लुङ– १ बाट निर्वाचित भएपछि फेरि काठमाडौंमा डेरा आवश्यक भयो । 

उनले आफ्ना सहयोगीहरूलाई डेरा खोज्न लगाए, तर अहिलेसम्म भनेजस्तो कोठा पाइएको छैन ।  

‘संसद् भवन र सिंहदरबार जान गाडी चढ्न नपर्ने गरी बानेश्वर आसपासमा डेरा खोज्न लगाएको, फ्ल्याटको ४० हजार भनेछन्, त्यत्रो पैसा मैले कसरी तिर्नु ?’ केसीले लोकान्तरसँग भने, ‘पहिलेको जस्तो खोजेर त कहाँ पाउनु । जमानाअनुसार मलाई २० हजारसम्मको भए हुन्थ्यो । त्यो रकममा पाइएको छैन ।’

चुनाव जितेर काठमाडौं आएका केसी कपनस्थित पार्टी कार्यालयमा बसिरहेका छन् । 

‘बिहानदेखि बेलुकासम्म पत्रकारहरूले फोन गरेर हैरान गर्नुभएको छ । पार्टीको मिटिङ चलिरहेकाले म बाहिरै छु भनिरहेको छु,’ मंगलवार पार्टी कार्यालयमा पक्तिकारसँग कुरा गर्दै केसीले हाँस्दै भने, ‘अब त म काठमाडौंमै छु भनेर लेखिदिए पनि फरक परेन ।’ 

केसी काठमाडौं आएको थाहा पाउनासाथ पत्रकारहरू पार्टी कार्यालय र बस्ने ठाउँमा धाउने गरेका थिए । 

संसद्मा फेरि गुञ्जिनेछन् उखान टुक्का र झर्रा शब्द

उमेरले ८२ पुगे पनि केसीसँग उही पुरानो जोश बाँकी छ, २०५६ सालमा पहिलोपटक संसद्मा आउँदाको जस्तो । 

ज्येष्ठताका कारण सम्भवतः केसीले नै सांसदहरूलाई शपथ खुवाउने छन्, तर आवाज भने युवाको बोल्ने छन् ।

पश्चिम नेपालमा बोलिने लबजमा संसद्मा चित्रबहादुरले बोल्ने कुराले धेरैको ध्यानाकर्षण गर्ने गरेको छ । 

‘जनमोर्चा र नेमकिपा संसद्मा जनताको वास्तविक आवाज बोल्ने दल हुन् । उनीहरू खास प्रतिपक्ष एवं संसद्का गहना हुन्,’ संसद् सचिवालयका एक अधिकारीले भने ।

देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आए पनि देश र जनताको जीवनस्तरमा सुधार नआएकोमा चित्रबहादुर अति चिन्तित छन् । फेरि पनि संसद्मा जनजीविकाका विषय नै उठाउने उनको योजना छ ।

‘बिहान छिट्टै ब्युँझेपछि मैले अस्तिको पत्रिकामा एउटा समाचार पढेको थिएँ, दैनिक ४ जनाको शव आउँछ रे विदेशबाट । दिनमा दुईहजार विदेशिने रहेछन्,’ केसीले भने, ‘हेर्नुस् त देशको अवस्था कहाँ पुग्यो ? यस्तो देशमा चार वर्षमा प्रदेशका २ सय ३० जना मन्त्री बनेछन् ।’

दुवै संविधानसभामा रहेका केसीले संघीयताको चर्को विरोध गरेका थिए । यसपटक पनि उनको एउटा मिसन संघीयताको विरोध गर्नु हुनेछ ।

‘प्रदेशको संरचनाप्रति कोही पनि सन्तुष्ट छैनन् । मानिसहरू वाक्कदिक्क भएका छन्,’ केसीले निष्कर्ष सुनाए, ‘मेरो विचारमा फेरि प्रदेशसभाका लागि चुनाव गर्नुपर्दैन । पाँच वर्षमा जनता थप दिक्क हुनेछन् ।’

संघीयता स्वीकार नगर्न गिरिजाप्रसाद कोइरालालाई आफूले भनेको उनले स्मरण गराए । 

‘संसद् बैठक चलिरहेको समयमा गिरिजाबाबुसँग भेट भएको थियो । मैले सोधें– संघीयता स्वीकार्नुभएछ, थामिन्छ त ? देशले धान्छ ?’ कोइरालाले फर्काएको जवाफ स्मरण गर्दै केसीले भने, ‘थामिन त के थामिन्थ्यो, संघीयता माग्दा ४० जनाको मृत्यु भयो । अहिले स्वीकार नगरे हजारजना मर्छन् भन्नुभयो ।’

यसपटक आफूलाई भोट दिएका कांग्रेसका कार्यकर्ताले संघीयताको विरोध गरोस् भन्ने आशा राखेको उनले सुनाए ।

‘कांग्रेसका सबैले त मलाई भोट हालेनन्, जतिले हाले उनीहरूको एउटै चाहना संघीयताको विरोध गरिदेओस् भन्ने थियो । धन्यवाद दिन जाँदा उनीहरूले मुखै फोरेर भने, संघीयताको विरोध गर्नुहुन्छ भनेर मात्र भोट दिएका हौं,’ केसीले भने । 

बाग्लुङमा जन्मेहुर्केका केसीको बोलीको लय अहिले पनि उस्तै छ । बोल्दा झर्रा शब्द र उखान टुक्काको प्रयोग गर्छन् । उनको शैलीलाई धेरैले मन पराउँछन् । 

चौथो चुनाव लड्दाको निष्कर्ष– सामान्य मान्छेले चुनाव लड्ने आँट नगरे हुन्छ

चौथोपटक चुनावी प्रतिस्पर्धा गरेका केसीले चुनाव लड्नै नसक्ने गरी महंगो भएको अनुभव सुनाए ।

अहिलेको प्रवृत्तिले चुनाव जितेका जनप्रतिनिधिले जनताको काम गर्ने भन्दा पनि खर्चपर्च उठाउनमै ध्यान केन्द्रित गर्ने खतरा रहेको उनले बताए ।

‘चुनाव त पहिला पनि लडेको थिएँ, तर यस्तो देखेको थिइनँ । जो तोले चुनाव लड्न आँट नगरे हुने भयो, यति बिग्रेर गएछ चुनाव । त्यसको दुष्परिणाम राष्ट्रले व्यहोर्नुपर्छ । प्रतिनिधिले चुनावमा मनपरी ढंगले गरेको चर्खपर्चको चिन्ता संसद्मा गएर गर्छन् जस्तो लाग्छ,’ केसीले भने । 

यति महंगो चुनाव जित्न केसी स्वयंले कति खर्च गरे त ?  जवाफमा उनले भने, ‘मसँग त खर्च थिएन । विरोधीले नै योसँग पैसा छैन, कसरी चुनाव जित्छ ? भने । मेरो प्यानलबाट चुनाव लडेका साथीहरूले तपाईंको संगतले गर्दा यसपटक ठूलो खर्चबाट बच्यौं भन्दै थिए ।’

२१ हजार ४ सय ६४ मतसहित केसीले बाग्लुङ– १ बाट निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका सूर्य पाठकले १८ हजार ८ सय ४५ र स्वतन्त्र पार्टीका खिमानन्द कंडेलले ९ हजार १ सय ९१ मत पाएका थिए । 

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x