×

NMB BANK
NIC ASIA

सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा एमाले लाग्दैन : गोकर्ण बिष्ट

पुस ३, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

नेकपा (एमाले) का सचिव गोकर्ण बिष्टले आफूहरू सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताएका छन् । आइतवार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताएका हुन् । 

Muktinath Bank

सचिव बिष्टले आफूहरूले जनमतविपरीत सरकार निर्माणको लागि अवाञ्छित र गैर संसदीय गतिविधि नगर्ने बताए । उनले एमालेलाई सरकार गठनका लागि बाध्यता आइपरेमा भने पछाडि नहट्ने स्पष्ट पारे । विगतमा सरकार बनाउने नाममा गैरसंसदीय गतिविधि हुने गरेको भन्दै एमालेले जनचाहनाविरुद्ध काम नगर्ने बताए । सरकार बनाउनका लागि एमालेलाई हतारो नभएको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चाहे नेकपा(एमाले) सरकारमा रहँदा होस् । चाहे प्रतिपक्षमा रहँदा होस् लोकतन्त्र, संसदीय अभ्यास, जनताका अपेक्षालाई सम्मान गर्नेगरी लोकतन्त्रको मर्यादा र गरिमालाई माथि उठाउने गरी नै हामीले भूमिका निर्वाह गर्छौं । फेरि पनि हामीले हाम्रा घोषणाहरूमार्फत जनताको जीवनलाई परिवर्तन गर्नेदेखि देशलाई सबल बनाउने जुन प्रतिवद्धता व्यक्त गरेका छौँ । यदी आवश्यकता महशुस भयो भने, यदी हामीलाई त्यो प्रकारको जिम्मेवारी लिने बाध्यता भयो भने नेकपा (एमाले) जुनसुकै प्रकारको जिम्मेवारीसहित अगाडि बढ्न पनि पछि पर्दैन । तर, सरकार बनाउने नाममा विगतमा कतिपय अवाञ्छित गतिविधिहरू, गैरसंसदीय गतिविधिहरू जनताका रुची, आस्था, चाहानाविरुद्धका कामहरू हुने गर्दथे । त्यो प्रकारको बाटोमा नेकपा (एमाले) हिँड्दैन’, सचिव बिष्टले भने । 


Advertisment
Nabil box
Kumari

उनले नेकपा (एमाले) लाई कमजोर बनाउनका लागि गत निर्वाचनमा वामपन्थीहरूले दक्षिणपन्थी शक्तिसँग गठबन्धन गरेका बताए । उनले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चामा वैचारिक विचलन देखिएको दाबी गरे । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x