२७ जेठ २०८३, बुधबार
खानपान

खानामा अद्भूत सुगन्ध दिने जाबित्री र जाइफल जाडोको औषधि

पुस १६, २०७९
खानामा अद्भूत सुगन्ध दिने जाबित्री र जाइफल जाडोको औषधि

जाबित्री र जाइफल एउटै बोटमा फल्ने भिन्न भाग हुन् भन्ने कुरा कमैलाई थाहा होला । गरम मसलाको रूपमा प्रयोग हुने यी दुवै मसला हाम्रो भान्सामा टुटेको हुँदैन । 

जाबित्री एक फुल मसला हो भने जाइफल दाना मसला हो । दुवै मसला एकदम सुगन्धित खुस्बु दिने र स्वास्थ्य सम्बन्धी फाइदा पुर्‍याउने मसला हुन् । खानामा अद्भूत सुगन्ध दिने जाबित्री र जाइफल जाडोको औषधि पनि मानिन्छ, जसले जाडोमा शरीरलाई ‘वार्मअप’ गर्न मद्दत गर्दछ ।

जाबित्री र जाइफल एउटै बिरुवाका भागहरू भए तापनि दुवै त्यस बोटको फलबाट आउने भए पनि, तिनीहरू २ पूर्णतया फरक मसला हुन् । जाइफलको रूखको फलफूल शरीरभित्रबाट २ अलग भागहरू फरक तर समान सेटको साथ भिन्न स्वाद र गुण बोकेका हुन्छन् । यदि तपाईं जाबित्री वा जाइफलको धुलो किन्न चाहनुहुन्छ भने यो गलत हो, तपाईंले फुल र गेडा किनेर प्रयोग गर्नुभयो भने उत्तम स्वाद र खुस्बुले तपाईंको परिकारलाई पूर्णता दिन्छ ।

जाइफल प्रायः मीठो र तीव्र भएको रूपमा वर्णन गरिएको छ, जब कि जाबित्री अधिक नाजुक र मसालेदार रूपमा वर्णन गरिएको छ । दुवै प्रायः दालचीनीका साथमा व्यंजनहरूमा पाइन्छ, किनभने तिनीहरूको समान स्वाद गुणहरू छन् । मासु गलाउने काममा जाइफल परापूर्वकालदेखि नै प्रयोग हुँदै आएको छ भने जाबित्री कबाब तथा सेकुवाका लागि निकै सुहाउँदो मसला मानिन्छ ।

क्यारिबियनमा, जाइफल प्रायः पेय पदार्थहरूमा प्रयोग गरिन्छ, जस्तैः बुशवाकर, पेनकिलर, र बार्बाडोस रम पंच । सामान्यतया यो पेयको माथि छरेर सर्भ गरिन्छ । जाइफलको बीउको खोलबाट प्राप्त जाबित्री एसियाली संस्कृतिहरूमा दुखाइ कम गर्न, वाकवाकी र पाचन समस्याहरूको उपचार गर्न प्रयोग गरिन्छ ।

भोकलाई प्रोत्साहन गर्न जाबित्रीले धेरै हदसम्म भूमिका खेलेको हुन्छ । ब्लड सर्कुलेसनका लागि जाबित्री निकै राम्रो दबाइ मानिन्छ । तनाव कम गर्न पनि जाबित्रीले एक औषधिको काम गरेको हुन्छ । दन्त स्वास्थ्यलाई सुधार ल्याउन नियमित रूपमा थोरै मात्रामा जाबित्री सेवन गर्दा फाइदा पुर्‍याउँछ ।

मिर्गाैलाको सुरक्षा गर्न पनि नियमितरूपमा कुनै न कुनै परिकारमा जाबित्री मिलाएर खाइरहुनु राम्रो मानिएको छ । चिसो र खोकीबाट बच्न चिसो मौसममा जाबित्रीको मात्रा बढाउन जरुरी हुन्छ । खानामा अद्भूत सुगन्ध बढाउन पनि अति उत्तम मसला मानिन्छ । जाबित्रीलाई परम्परागत चिकित्साशास्त्रमा दबाइको रूपमा अझै पनि प्रयोग गरिँदै आएको छ ।

उता जाइफलको पनि त्यतिकै स्वास्थ्य सम्बन्धी फाइदै–फाइदा छ । जाइफललाई एक शक्तिशाली एन्टीअक्सिडेन्टहरू समावेश भएको मसलाको रूपमा चिनिन्छ । भरपुर रूपमा एन्टी–इन्फ्लेमेटरी गुणहरू भएको हुँदा जाइफल सेवन गर्दा हृदयरोग, मधुमेह, र गठिया जस्ता समस्या समाधान हुने विश्वास छ । काम बासना बढाउने दबाइको रूपमा पनि जाइफललाई सेवन गर्ने गरिन्छ । एन्टीब्याक्टेरियल गुणहरू भएका कारण जीवाणुरोधी प्रभावहरू जाइफलमा हुने गर्छ । मुटुको स्वास्थ्यमा, मूडफ्रेस, ब्लड प्रेसर नियन्त्रण सुधारजस्ता विभिन्न स्वास्थ्य अवस्थाहरूमा फाइदै–फाइदा पुर्‍याउँछ । त्यसकारण पनि जाइफललाई एक बहुमुखी र स्वादिष्ट मसला मात्र होइन, उत्तम औषधिको रूपमा पनि हेरिन्छ ।

थोरै मात्रामा सेवन गर्दा जाइफलले हानी पुर्‍याउने सम्भावना कम भए तापनि यसलाई उच्च मात्रामा सेवन गर्दा प्रतिकूल साइडइफेक्ट हुन सक्छ ।

यसमा मिरिस्टिकिन र सेफ्रोल यौगिकहरू छन् । ठूलो मात्रामा सेवन गर्दा, तिनीहरूले भ्रम र मांसपेशी समन्वय गुमाउनेजस्ता लक्षणहरू निम्त्याउन सक्छन् । चाखलाग्दो कुरा के छ भने जाइफल कहिलेकाहीँ मनोरञ्जनात्मक रूपमा लिइन्छ, भ्रम पैदा गर्न र ‘उच्च’ भावना पैदा गर्न । यो प्रायः अन्य हेलुसिनोजेनिक औषधिहरूसँग मिसाइन्छ, जसले खतरनाक साइडइफेक्टको जोखिम बढाउँछ ।

salt training

कमेन्ट गर्नुहोस्