×

NIC ASIA

आफ्नै नेतृत्वको गठबन्धन टुटेपछि देउवाको प्रतिक्रिया के छ ?

पुस २०, २०७९

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

मुखैमा आएको सत्ता गुमाउनु परेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सधैं आफूले सोचेजस्तो मात्रै नहुने बताएका छन् ।

Muktinath Bank

५ दलीय गठबन्धन टुटेर सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा पुगेपछि सभापति देउवाले यसबाट विचलित नहुन आग्रह गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले आफूले गठबन्धनलाई विश्वास गरे पनि विश्वासघात भएको टिप्पणी गरेको जानकारी दिए तर राजनीतिक दौडमा कहिलेकाहीँ यस्तो हुने भन्दै महतले यस्तो अवस्थाबाट कांग्रेस विचलित हुन नहुने भन्दै सभापतिले हौसला जगाउने काम गरेको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उनले भने, ‘सभापतिले आपसी विश्वासमा गठबन्धनलाई अगाडि बढाएको हो, कहिलेकाहीँ आफूले आकलन गरेजस्तो मात्रै हुँदैन तर पनि यसै चिन्ता गरेर बस्नुपर्ने केही छैन, कोही पनि विचलित नहोऊँ, वी विल कम ब्याक भनेर उहाँले हौसला बाँड्ने काम गर्नुभएको छ । हामी फेरि सशक्त भएर अगाडि बढ्छौं भन्ने सभापतिको कुरा छ ।’

Vianet communication

महतले पनि आफूहरू गठबन्धनप्रति प्रतिबद्ध रहेको तर माओवादी अध्यक्ष प्रचण्डले विश्वासघात गरेको टिप्पणी गरे । 

अरुले गर्ने विश्वासघातमा चाहेर पनि केही गर्न नसकिने उनको भनाई थियो । 

प्रचण्ड नेतृत्वको सरकारमा सिद्धान्त नै नमिल्ने अनेक पार्टीको भीड रहेको भन्दै आफ्नै बोझ र विवादले यसको आयु लामो नहुने दाबी पनि उनले गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x