×

NMB BANK
NIC ASIA

प्रचण्डले विश्वासको मत लिँदा कांग्रेस तटस्थ बस्नुपर्छ भन्ने मेरो प्रस्ताव थियो– शेखर कोइराला

पुस २८, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतको पक्ष या विपक्षमा मतदान नगरी तटस्थ बस्नुपर्ने आफ्नो प्रस्ताव रहेको खुलाएका छन् ।

Muktinath Bank

पार्टीले निर्णय गरिसकेको अवस्थामा आफूले प्रचण्डलाई भोट दिएको उनले बताए । लोकान्तरसँग कुरा गर्दै कोइरालाले विश्वासको मतबारे कांग्रेस तटस्थ बस्नुपर्थ्यो भन्नेमा आज पनि आफू अडिग रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कांग्रेस पदाधिकारी र कार्यसम्पादन समितिको बैठकमा विश्वासको मतका विषयमा दुईवटा विचार आयो, प्रचण्डलाई विश्वासको मत दिनुपर्छ भन्ने एउटा विचार र प्रतिपक्षमा बस्नुपर्छ भन्ने अर्को विचार,’ कोइरालाले लोकान्तरसँग भने, ‘यसरी दुईवटा विचार आएपछि यस्तो विषयमा विवाद गर्नुहुन्न, हामीले बीचको बाटो लिनुपर्छ र तटस्थ बस्नुपर्छ भन्ने विचार राखें । पार्टीले निर्णय गरेपछि मत त हाल्नै पर्‍यो, तर पनि हामी तटस्थ बस्नुपर्थ्यो भन्नेमा म अहिले पनि छु ।’


Advertisment
Nabil box
Kumari

कांग्रेसमा संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता कोइरालाले पार्टी प्रतिपक्षमै बस्ने बताए । उनले देशैभरका पार्टी कार्यकर्तालाई निराश हुनुपर्ने कारण नभएको पनि धारणा राखे ।

Vianet communication

‘हामी सत्ता पक्ष होइनौं, कांग्रेसले सरकारमा कोही पनि पठाएको छैन र पठाउँदा पनि पठाउँदैन । हामी प्रतिपक्षमा छौं । प्रतिपक्षको बेन्च कांग्रेसकै हो । संसदमा प्रभावकारी प्रतिपक्षको भूमिका खेल्छौं,’ कोइरालाले लोकान्तरसँग भने ।

मंगलवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि पार्टीमा कांग्रेस नेतृत्वको आलोचना भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x