×

NMB BANK
NIC ASIA

आर्मीका सुविन र कास्कीकी दिलशा जुनियर च्याम्पियन

पुस ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आर्मीका सुविन श्रेष्ठ र कास्कीकी दिलशा राना इनास अपि स्पोर्टस् जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा उपाधि हात पार्दै च्याम्पियन बन्न सफल भएका छन् । यु–१५ छात्र तर्फ सुविनले धादिङका अश्विन मगरलाई २१–१५, २१–१२ को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेका हुन । यस्तै छात्रा तर्फ दिलशाले आर्मीकी रिहाना शेरचनलाई २१–१०, २१–१९ ले पराजित गर्दै उपाधि उचालेकी हुन् । छात्र तर्फ सूर्यदर्शनका अमन डङ्गोल र आर्मीका सुदेश राजकोटी संयुक्त तेस्रो भए । छात्रा तर्फ नेक्सस ईन्टरनेशनल स्कुलकी स्वर्लिन श्रेष्ठ र ईमाडोल ब्याडमिन्टनकी टिशा रानी शाक्य संयुक्त तेस्रो भए ।

Muktinath Bank

योनेक्सको नेपालमा आधिकारिक विक्रेता इनास इन्टरप्राइजेज र अपि स्पोर्टस् म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको यु–१३ छात्र तर्फ कैलालीका शिशिर रानाले जित हात पारे । उनले तनहुँका सफल भुजेललाई २१–१४, २२–२० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेका हुन् । एपेक्स लाइट स्कुलका सुहम कार्की र ग्यालेक्सी स्कुलका रिशभ राई संयुक्त तेस्रो भए । यस्तै छात्रा तर्फ सेनाकी रिहान शेरचनले सेनाकै संवृद्धि श्रेष्ठलाई २१–१३, २१–७ ले पराजित गर्दै उपाधि उचालेकी हुन् । तेस्रो स्थानमा नेक्सस ईन्टरनेशनल स्कुलकी स्वर्लिन श्रेष्ठ र ईमाडोल ब्याडमिन्टनकी टिशा रानी शाक्य रहे ।
बसुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीमा भएको खेलको यु–११ छात्र तर्फ कैलालीका आदित्य चौधरी र छात्रा तर्फ कास्कीकी निभा राईले उपाधि उचाले । आदित्यले दीपक ब्याडमिन्टन एकेडेमीका दियोन भण्डारीलाई २१–१३, २१–१९ ले पराजित गरे । निभाले उपाधि उचाल्ने क्रममा दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्रीलाई २१–१७, २१–१८ ले पराजित गरेकी हुन् । तेस्रो स्थानमा छात्र तर्फ इमाडोल ब्याडमिन्टनका प्रिन्स थापा मगर र प्रशान्त बुढाथोकी तथा छात्रा तर्फ सेनाका समृद्धि श्रेष्ठ र अजरेङ्का शेरचन रहे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विजयी खेलाडीहरुल मेडल, ट्रफी प्रमाणपत्रका साथ यु– १५ तर्फ शीर्ष तीन स्थान प्राप्त खेलाडीले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गरे । क्वाटरफाईनलिष्टले २ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार ५ सय प्राप्त गरे । यस्तै यु– १३ तर्फ प्रथमले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार, क्वाटरफाईनलिष्टले २ हजार र प्रिक्वाटरफाईनलिष्टले १ हजार २ सय प्राप्त गरे । यु–११ तर्फ प्रथमले ४ हजार, द्वितीयले २ हजार, तृतीयले २ हजार, क्वाटरफाईनलिष्टले १ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार नगद प्राप्त गरे । यसका साथै इनासले विजयी खेलाडीहरूलाई योनेक्सका विभिन्न खेल सामाग्री प्रदान गरेको थियो ।


Advertisment
Nabil box
Kumari

विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बागमती खेलकुद परिषद्का सदस्य सचिव सूर्य भण्डारी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव नविन विक्रम शाह, इनास ईन्टरप्राईजेजका प्रोपाईटर राजु बास्तोला लगायतले पुरस्कार वितरण गरेका थिए ।
च्याम्पियनसिपमा करिव १३९ खेलाडीहरुको सहभागिता रहेको थियो ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x