×

NMB BANK
NIC ASIA

पोखरामा विमान दुर्घटना

'विमानस्थलको टावरसँग सम्पर्कमै थिए पाइलट, अन्तिम समयसम्म पनि केही भनेनन्'

माघ १, २०७९

NTC
Sarbottam
केही दिनअघि डेमो उडान गर्दाको फाइल तस्वीर
Premier Steels
Marvel

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ । ९ एन एटीआर ७२ विमान पोखरा रंगशालानजिकै सेती खोंचमा दुर्घटनामा परेको हो ।

Muktinath Bank

विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको यती एयरलाइन्सले जनाएको छ ।​ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुर्घटनास्थलबाट कम्तीमा ३२ शव निकालिएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

'हामीले कसैलाई जीवितै उद्धार गर्न सकिन्छ कि भनेर हर सम्भव प्रयास गरेका छौं । तर, दुर्भाग्यवश: अहिलेसम्म कसैलाई पनि जीवित उद्धार गर्न सकेका छैनौं,' केसीले भने ।

Vianet communication
Laxmi Bank

विमान क्याप्टेन कमल केसी र को-पाइलट अञ्जु खतिवडाले उडाएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमान अवतरण हुने बेलासम्म चालक दलका सदस्य विमानस्थलको टावरसँग सम्पर्कमै थिए ।

'विमान लगभग फाइनल ल्यान्डिङ फिनिश गर्ने क्रममा नै दुर्घटना भएको हो,' उनले लोकान्तरसँग भने, 'विमान दुर्घटना हुने बेलासम्म पनि टावरसँग चालकको सम्पर्क छँदै थियो। तर पनि चालकले टावरलाई केही भनेको पाइएन ।'

विमान दुर्घटनाको यकिन कारण खुल्न नसकेको उनले बताए । 'छानबिन समितिले छानबिन गरेपछि मात्र दुर्घटनाको यकिन कारण खुल्ला,' उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x