×

NMB BANK
NIC ASIA

पोखरामा विमान दुर्घटना

नेपालमा विमान दुर्घटनाको इतिहास : यसअघि नै ८३६ जनाले गुमाइसकेका थिए ज्यान

माघ १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतवार पोखरा विमानस्थलनजिक सेती खोंचमा दुर्घटनाग्रस्त भएको छ ।

Muktinath Bank

बिहान करीब ११ बजे भएको दुर्घटनामा परी मृत्यु भएका ६८ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए । यो समाचार तयार पार्दासम्म बाँकी ४ जनाको अवस्था अज्ञात छ ।


Advertisment
Nabil box
Kumari

मानवीय क्षति हुने गरी नेपाली आकाशमा भएको यो ६५ औं दुर्घटना हो । समग्रमा भने १ सय ८ दुर्घटना भइसकेको तथ्यांक छ ।

Vianet communication
Laxmi Bank

यसअघि २०७९ जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका – ०२ सानसुरे भीरमा दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा परी चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो । 

खराब मौसमका कारण उक्त विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको थियो। पछि उक्त दुर्घटनाको छानबिन गर्नका लागि समिति नै गठन गरिएको भए पनि समितिले घटनाको ७ महिना समय बितिसक्दा पनि छानबिन प्रतिवेदन सरकारलाई बुझाउन सकेको छैन। हालसम्म पनि उक्त विमान दुर्घटनाको वास्तविक कारण पत्ता लाग्न सकेको छैन।

तारा एयरको विमान दुर्घटना हुनु अघि नेपाली आकाशमा बंगलादेशबाट नेपाल आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नै दुर्घटनामा परेको थियो । 

आइतवारको तथ्यांकलाई नजोड्दा नेपालमा विमान दुर्घटनामा परेर ८ सय ३६ जनाको मृत्यु भइसकेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् १९५५ देखि सन् २०२२ सम्म नेपालमा कुल १०७ वटा विमान दुर्घटना भएको थियो, जसमध्ये ६४ वटा दुर्घटनामा मानवीय क्षति भएको थियो ।

प्राधिकरणका अनुसार बहु–इञ्जिन भएको ५० वटा विमान दुर्घटनाग्रस्त हुँदा २८ वटा विमान दुर्घटनामा ३ सय ५७ जना मानिसको ज्यान गएको थियो । २२ दुर्घटनामा कुनै मानवीय क्षति भएन ।

त्यसैगरी, नेपालको सिंगल–इञ्जिन भएको कुल ८ वटा विमान दुर्घटनाग्रस्त भए पनि ६ वटा विमान दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ ।

नेपालमा अहिलेसम्म कुल ३६ वटा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा १६ वटा दुर्घटनामा ५४ जनाको ज्यान गएको छ । २० वटा दुर्घटनामा मानवीय क्षति भएको छैन ।

विदेशमा दर्ता भएका वायु सेवाका विमानहरूमध्ये कुल ९ वटा जहाज नेपालमा दुर्घटनाग्रस्त भएका छन् । त्यसमध्ये ८ वटा जहाज दुर्घटनाग्रस्त हुँदा कुल ३ सय ७३ जना मानिसको ज्यान गएको छ ।

नेपालमा दर्ता भएका ठूला वाइडबडी जहाजभन्दा पनि स–साना वायुयानहरू अधिकांश पहाडी विमानस्थलमा ल्यान्ड गर्ने बेला, एप्रोच गर्ने बेला तथा उडान गर्ने बेला दुर्घटनाग्रस्त हुने गरेको छ ।

पहाडमा ठोक्किएर, खराब मौसमको समयमा उडान गर्दा प्रायःजसो दुर्घटना हुने गरेको छ । दृष्टि गौचर उडान विधि (भिजिबल फ्लाइट रूट)को नियमलाई नमानेर पनि धेरैजसो दुर्घटना हुने गरेको छ । ​

नेपालमा कहिले र कहाँ विमान दुर्घटना हुँदा कति मानिसको मृत्यु भयो?  यस्तो छ तथ्यांक :

बहुइञ्जिन भएका विमान दुर्घटना हुँदा भएको मानवीय क्षतिको विवरण :

– ५ नोभेम्बर १९६० मा नेपाल एयरलाइन्सको विमान भैरहवामा दुर्घटना हुँदा ४ जनाको मृत्यु ।

– १ अगस्त १९६२ मा नेपाल एयरलाइन्सको विमान तुलाच्चनधुरीमा दुर्घटना हुँदा १० जनाको मृत्यु ।

– १२ जुलाई १९६९ मा नेपाल एयरलाइन्सको विमान हेटौँडानजिक दुर्घटना हुँदा ३५ जनाको मृत्यु ।

– २५ जनवरी १९७० मा नेपाल एयरलाइन्सको विमान नयाँ दिल्लीमा दुर्घटना हुँदा १ जनाको मृत्यु ।

– २२ डिसेम्बर १९८४ मा नेपाल एयरलाइन्सको विमान चक्लेटीडाँडामा दुर्घटना हुँदा १५ जनाको मृत्यु ।

– ३१ जुलाई १९९३ मा एभरेस्ट एयरको विमान सोलीघोप्टेमा दुर्घटना हुँदा १८ जनाको मृत्यु ।

– १४ जनवरी १९९५ मा नेपाल एयरलाइन्सको विमान काठमाडौं विमानस्थलमा दुर्घटना हुँदा २ जनाको मृत्यु ।

– २१ अगस्त १९९८ मा सांग्रिला एयरको विमान म्याग्दीको चुच्चेखर्कमा दुर्घटना हुँदा १८ जनाको मृत्यु ।

– ५ सेप्टेम्बर १९९८ मा नेकन एयरको विमान काठमाडौंको थानकोटमा दुर्घटना हुँदा १५ जनाको मृत्यु ।

– २५ डिसेम्बर १९९९ मा  स्काइलाइन एयरलाइन्सको विमान मकवानपुरको बुर्जो लेकमा दुर्घटना हुँदा १० जनाको मृत्यु ।

– सन् १९९९ मै नेकन एयरको विमान काठमाडौंको थानकोटमा दुर्घटना हुँदा १५ जनाको मृत्यु ।

– २६ फेब्रुअरी २००० मा कस्मिक एयरको विमान बझाङमा दुर्घटना हुँदा १ जनाको मृत्यु ।

– २७ जुलाई २००० मा नेपाल एयरलाइन्सको विमान डडेलधुराको जोगबुडामा दुर्घटना हुँदा २५ जनाको मृत्यु ।

– १७ जुलाई २००२ मा स्काइलाइन एयरलाइन्सको विमान सुर्खेतको गदगदेडाँडामा दुर्घटना हुँदा ४ जनाको मृत्यु ।

– २२ अगस्त २००२ मा सांग्रिला एयरको विमान पोखरामा दुर्घटना हुँदा १८ जनाको मृत्यु ।

– २१ अप्रिल २००४ मा बुद्ध एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १ जनाको मृत्यु ।

– २५ मे २००४ मा यती एयरलाइन्सको विमान सोलुखुम्बुको लमजुरामा दुर्घटना हुँदा ३ जनाको मृत्यु ।

– १२ जुन २००६ मा यती एयरलाइन्सको विमान जुम्ला विमानस्थलमा दुर्घटना हुँदा ९ जनाको मृत्यु ।

– ८ अक्टुबर २००८ मा यती एयरलाइन्सको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु ।

– २४ अगस्त २०१० मा अग्नि एयरको विमान मकवानपुरको शिखरपुरमा दुर्घटना हुँदा १४ जनाको मृत्यु ।

– १५ डिसेम्बर २०१० मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना हुँदा २२ जनाको मृत्यु ।

– २५ सेप्टेम्बर २०११ मा बुद्ध एयरको विमान ललितपुरको कोतडाँडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु ।

– १४ मे २०१२ मा अग्नि एयरको विमान जोमसोम विमानस्थलमा दुर्घटना हुँदा १५ जनाको मृत्यु ।

– २८ सेप्टेम्बर २०१२ मा सिटा एयरको विमान भक्तपुरको मनोहरामा दुर्घटना हुँदा १९ जनाको मृत्यु ।

– १६ फेब्रुअरी २०१४ मा नेपाल एयरलाइन्सको विमान अर्घाखाँचीको मसिनेलेकमा दुर्घटना हुँदा १८ जनाको मृत्यु ।

– २४ फेब्रुअरी २०१६ मा तारा एयरको विमान म्याग्दीको दानामा दुर्घटना हुँदा २३ जनाको मृत्यु ।

– २७ मे २०१७ मा समिट एयरको विमान लुक्ला विमास्थलमा दुर्घटना हुँदा २ जनाको मृत्यु ।

– १४ अप्रिल २०१९ मा समिट एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा ३ जनाको मृत्यु। 

सिंगल इञ्जिन भएको विमान दुर्घटना हुँदा भएको मानवीय क्षतिको विवरण :

– ३१ मार्च १९७५ मा नेपाल एयरलाइन्सको विमान काठमाडौंको बौद्धमा दुर्घटना हुँदा ५ जनाको मृत्यु ।

– ३० अक्टुबर १९८१ मा नेपाल एयरलाइन्सको विमान विराटनगरमा दुर्घटना हुँदा १० जनाको मृत्यु ।

– २० नोभेम्बर १९९८ मा नेपाल एयरलाइन्सको विमान फक्दिङमा दुर्घटना हुँदा १ जनाको मृत्यु ।

– १३ जनवरी १९९९ मा नेकन एयरको विमान जुम्लामा दुर्घटना हुँदा ५ जनाको मृत्यु ।

– २६ फेब्रुअरी २०१६ मा एयर काष्ठमण्डपको विमान कालिकोटको चिल्खायामा दुर्घटना हुँदा २ जनाको मृत्यु ।

– १६ मे २०१८ मा मकालु एयरको विमान सिमकोटपासमा दुर्घटना हुँदा २ जनाको मृत्यु ।

२९ मे २०२२ मा तारा एयरको विमान मुस्ताङको लार्जुङमा दुर्घटना हुँदा २२ जनाको मृत्यु । 

नेपालमा हेलिकप्टर दुर्घटनाबाट मानवीय क्षति भएको विवरणः

– २७ डिसेम्बर १९७९ मा भीभीआईपी हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु ।

– २४ जनवरी १९९६ मा नेपाल एयरवेजको हेलिकप्टर दुर्घटना हुँदा १ जनाको मृत्यु ।

– २४ अक्टोबर १९९८ मा एसियन एयरलाइन्सको हेलिकप्टर मूलखर्कमा दुर्घटना हुँदा ३ जनाको मृत्यु ।

– १२ नोभेम्बर २००१ मा फिस्टेल एयरको हेलिकप्टर मुगुको रारा लेकमा दुर्घटना हुँदा ४ जनाको मृत्यु ।

– ३० सेप्टेम्बर २००२ मा एसियन एयरलाइन्सको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना हुँदा २ जनाको मृत्यु ।

– २८ मे २००३ मा सिम्रिक एयरको हेलिकप्टर एभरेस्ट बेस क्याम्पमा दुर्घटना हुँदा २ जनाको मृत्यु ।

– ४ जनवरी २००५ मा एयर डायनास्टी हेली सर्भिसको हेलिकप्टर रामेछापमा दुर्घटना हुँदा ३ जनाको मृत्यु ।

– २३ सेप्टेम्बर २००६ मा श्री एयरलाइन्सको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना हुँदा ४ जनाको मृत्यु ।

– ७ नोभेम्बर २०१० मा फिस्टेल एयरको हेलिकप्टर माउन्टेन अमादाबलाममा दुर्घटना हुँदा २ जनाको मृत्यु ।

– १९ जुन २०१३ मा फिस्टेल एयरको हेलिकप्टर सिमिकोटमा दुर्घटना हुँदा १ जनाको मृत्यु ।

– ३ अगस्त २०१४ मा फिस्टेल एयरको हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १ जनाको मृत्यु ।

– २ जुन २०१५ मा माउन्टेन हेलिकप्टर सिन्धुपाल्चोकको यमुना डाँडामा दुर्घटना हुँदा ४ जनाको मृत्यु ।

– ८ अगस्त २०१६ मा फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेतनीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु ।

– १४ अगस्त २०१८ मा मनाङ एयरको हेलिकप्टर हुम्लाको हिस्लामा दुर्घटना हुँदा १ जनाको मृत्यु ।

– ८ सेप्टेम्बर २०१८ मा अल्टिच्युड एयरको हेलिकप्टर धादिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु ।

– २७ फेब्रुअरी २०१९ मा एयर डाइनास्टीको हेलिकप्टर ताप्लेजुङको पाथिभारामा दुर्घटना हुँदा ७ जनाको मृत्यु।

विदेशमा दर्ता भएका तर नेपालमा दुर्घटना भएर भएको मानवीय क्षतिको विवरण :

– ३० अगस्त १९५५ मा कालिंगा एयरको विमान सिमरामा दुर्घटना हुँदा २ जनाको मृत्यु।

– १५ मे १९५६ मा इन्डिया एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको मृत्यु।

– २४ मार्च १९५८ मा इन्डिया एयरलाइन्सको विमान पत्ने भन्ज्यांगमा दुर्घटना हुँदा २० जनाको मृत्यु।

– १० मे १९७२ मा थाई एयरवेज इन्टर्नेशनलको विमान दुर्घटना हुँदा ११३ जनाको मृत्यु।

– २८ सेप्टेम्बर १९९२ मा पाकिस्तान इन्टर्नेशनल एयरलाइन्सको विमान दुर्घटना हुँदा १६७ जनाको मृत्यु।

– ७ जुलाई १९९९ मा लुफ्तान्सा विमान काठमाडौंको भस्मासुर हिलमा दुर्घटना हुँदा ५ जनाको मृत्यु।

– १२ मार्च २०१८ मा युएस बंगलाको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु।

नेपालमा रिक्रिएसनल एयरक्राफ्ट दुर्घटना हुँदा भएको मानवीय क्षतिको विवरण :

– ३ अक्टोबर २०१३ मा एभिया क्लबको एयरक्राफ्ट पोखराको शान्ति स्तुपामा दुर्घटना हुँदा २ जनाको मृत्यु।

– १० अगस्त २०१५ मा पोखरा अल्ट्रालाइटको एयरक्राफ्ट कास्कीको माछापुछ्रेमा दुर्घटना हुँदा २ जनाको मृत्यु।

– २३ नोम्भेम्बर २०१६ मा एभिया क्लबको एयरक्राफ्ट पोखरामा दुर्घटना हुँदा १ जनाको मृत्यु। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x