×

NMB BANK
NIC ASIA

प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा ओली र लेखकबीच चर्काचर्की भएपछि ...

माघ ३, २०७९

NTC
Premier Steels

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकबीच भनाभनको स्थिति उत्पन्न भएको छ ।

Muktinath Bank

भेटमा सहभागी एक नेताले ओली, माधव नेपाल र रमेश लेखकबीच वादविवादको क्रम चलेको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ओली घोचपेचमा सधैं माहिर नेता हो । मंगलबार पनि उहाँले कांग्रेसले किन सत्तारुढभित्र खेल्न खोजेको, राष्ट्रपतिमा किन आँखा लगाएको  र प्रतिपक्ष किन बन्न नसकेको भनेर आरोप लगाउनुभयो’ छलफलमा सहभागी एक नेताले लाेकान्तरसँग भने, ‘यसैको काउन्टरमा लेखकले हामीले खेल्न खोजेका होइनौं । प्रधानमन्त्रीकै आग्रहमा विश्वासको मत दिएका हौं भनेर प्रतिवाद गर्नुभएको हो ।’


Advertisment
Nabil box
Kumari

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले किन निषेधको राजनीति गरेको, जसपासँग किन भरपर्दाे गठबन्धन गर्न नसकेकाे भन्दै व्यंग्य गरेका थिए । 

Vianet communication

ओलीले कांग्रेसले विश्वासको मत दिएर सत्ता गठबन्धनमा भइसकेको सहमति विपरीत खेल्न खोजेको भन्दै प्रतिपक्षको समेत हैसियत गुमाएको बताएपछि लेखकले प्रतिवाद गरेका थिए ।  

‘हामी गठबन्धनबीच एउटा सहमतिमा अघि बढेका छौं तर तपाईंहरूको आखाँ राष्ट्रपतितिर देखिन्छ । हामी एउटा समझदारीमा अघि बढिसकेकोले तपाईंहरू यस्तो प्रयासमा नलाग्नुस् । तपाईंहरूले प्रमुख प्रतिपक्षीको समेत हैसियत गुमाइसक्नुभएको छ ।’ 

ओलीले केन्द्रदेखि बाग्मती प्रदेशमा विपक्षी हुँदा पनि विश्वासको मत दिएर सत्तारुढमा खेल्न खोजेको भन्दै प्रतिपक्षको पनि हैसियत गुमाएको भन्ने टिप्पणीप्रति लेखकले प्रतिवाद गरेको बैठक स्रोतको दाबी छ ।

जवाफमा लेखकले आफूहरू सत्ताभित्र खेल्न नभई प्रधानमन्त्रीको आग्रहमा आएको बताएका थिए ।

‘हाम्रो सभापतिले पनि हामी प्रमुख प्रतिपक्षकै हैसियतमा आएका हौं भनेर भनिसक्नुभएको छ । राष्ट्रपतिलाई बुझाएको पत्रमा पनि हाम्रो हस्ताक्षर छैन । यसैले हामी प्रतिपक्षी नै हौं’ लेखकले बैठकमा ओलीलाई भने, ‘तर जहाँसम्म हाम्रो विश्वासको मतको कुरा छ । संविधान र मुलुक बचाउनका लागि विश्वासको मत दिएर अघि बढ्न खोजेका हौं । तपाईंहरूसँग खेल्न होइन ।’

डेढ घन्टाजति चलेको बैठकको बीचतिरै यस्तो सवालजवाफ भएपछि ओली उठेर हिँडेका थिए । ओली गएपछि पनि बैठक केहीबेर चलेको थियो । 

बैठकमा प्रधानमन्त्रीले विश्वासको मत दिने दलहरूलाई धन्यवाद दिएका थिए । आफू सत्ता गठबन्धनको सहमति अनुसार अघि बढ्न तयार रहे पनि वातावरण बन्छ भने तटस्थ रहने विभिन्न संवैधानिक पदमा मिलेर जान सकिन्छ कि भनेर छलफल गर्न तयार रहेको बताएका थिए ।  

‘प्रधानमन्त्रीले छलफलका क्रममा सबै राजनीतिक विषयमा छलफल गरेर जान सकिन्छ भन्नुभएको छ । तटस्थ रहने संवैधानिक पदका विषयमा पनि छलफल गरेर जान सकिन्छ भन्ने प्रधानमन्त्रीको कुरा हो । असाधारण विश्वासको मत पाएपछि प्रधानमन्त्रीले सबैलाई धन्यवाद दिनुभयो । सबैसँग मिलेर जान खोज्नु उहाँको सकारात्मक प्रयास हो । सत्ता साझेदारको हिसाबले एमाले अध्यक्ष ओलीले पनि कांग्रेसका नेतालाई धन्यवाद दिनुभयो ।’ बैठकपछि संचारमन्त्री रेखा शर्माले भनिन्, ‘ सभामुखको विषयमा उम्मेदवारी दर्ता पछाडि पनि छलफल हुन सक्छ । प्रधानमन्त्री बनेपछि प्रचण्डले जसरी छलफल गर्नुभयाे । सभामुखका उम्मेदवारले पनि पहल गर्ने कुरा हुन्छ । सत्ता साझेदार दलले पनि सबैबीच छलफल गरेर जानुपर्छ भन्ने मत राख्नुभएको छ ।’  

बैठकपछि कांग्रेस नेता रमेश लेखकले पनि विभिन्न संवैधानिक पदमा मिलेर जान सकिन्छ भने छलफल गरौं भन्ने प्रधानमन्त्रीको प्रस्तावमा आफूहरू सकारात्मक भएको बताए । 

‘कांग्रेस प्रतिपक्षी दल हो । तर प्रतिपक्षी दलकै भूमिका निर्वाह गर्दा र त्यसमै कायम रहेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालन गर्नुपर्ने, संरक्षण गर्नुपर्ने, तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने र सबै राजनीतिक दलको र सबै नेपाली जनताको संस्था अथवा नेता भएर बस्नुपर्ने पदहरु भएको हुनाले हामी प्रमुख प्रतिपक्षी दलमा भएर पनि यसको बारेमा छलफल गर्न तयार छौैं’ बैठकपछि उनले भने, ‘प्रधानमन्त्रीले यदि छलफल गर्न तयार हुनुभयो भने । उहाँले यी पदहरूमा छलफल गरेर सहमतिमा जान सकिन्छ कि भनेर पनि भन्नुभएको छ । हामीले हाम्रो कुरा राख्यौं । विषय प्रवेश भए पनि कुनै सहमति भएको छैन ।’ 

छलफलमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले मिलेर जान सकिन्छ भने आफूहरू पनि प्रधानमन्त्रीसँग संवाद गर्न तयार रहेको जानकारी दिए । 

‘प्रधानमन्त्रीले ठीक छ । सहमति गरेर जान सकिन्छ भने विभिन्न संवैधानिक पदहरूमा छलफल गर्न तयार छौं । सहमति अहिलेको आवश्यकता हो भनेर भन्नुभएको छ ।’ छलफलमा सहभगाी कांग्रेस नेता रामचन्द्र पौडेलले लोकान्तरसँग भने, ‘प्रधानमन्त्रीले छलफलको वातावरण बनाउनुहुन्छ भने हामी पनि तयार छौं भनेका छौं ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x