×

NIC ASIA

दुई रोल्पालीको टक्कर

राष्ट्रियसभा उपनिर्वाचन : २ रोल्पाली भिड्दै, मतभारमा कुन पक्ष अगाडि ?

माघ १२, २०७९

Prabhu Bank
NTC
Premier Steels

लुम्बिनी प्रदेशमा संसदको माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि आगामी १ वर्षका लागि मात्र माघ २५ गते उपनिर्वाचन हुँदैछ ।

Muktinath Bank

नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि खाली रहेको सिटमा उपनिर्वाचन हुन लागेको हो । रूपन्देहीबाट चुनाव लड्न राजीनामा दिएका भट्टराई त्यतिबेला उम्मेदवार बन्न पाएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपनिर्वाचनमा एमालेका कुमार दशौदी र नेपाली कांग्रेसका माधवप्रसाद आचार्यले बुधवार मनोनयन दर्ता गराएर मतदातासँग मत माग्न केन्द्रित भएका छन् । दशौदी र आचार्य रोल्पाका हुन् । उनीहरूसँगै नागरिक उन्मुक्ति पार्टीको तर्फबाट राजेन्द्रवीर रायले पनि उम्मेदवारी दिएका छन् । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका, उपमहानगरपालिका, प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले मात्र मतदान गर्ने पाउने कानूनी व्यवस्था छ । राष्ट्रिय सभामा स्थानीय तह र प्रदेशसभा सदस्यको मतभार छुट्टाछुट्टै गणना हुन्छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ गणना हुन्छ ।

Vianet communication

लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह र प्रदेश सभामा ८७ सांसद छन् । यसरी हेर्दा उपनिर्वाचनका ३०५ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । 

कुन राजनीतिक दलसँग कति मतभार ?

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो शक्तिमा छ । स्थानीय तहबाट कांग्रेसका प्रमुख २१, अध्यक्ष २७, उपप्रमुख १२, उपाध्यक्ष ३२ गरी कूल ९२ जनाले मतदान गर्न पाउनेछन् । उनीहरूको मतभार १ हजार ६५६ हुन आउँछ । प्रदेश सभामा कांग्रेसका २७ जना सांसद छन् । ४८ जनाले गणना गर्दा उनीहरूको मतभार १ हजार २९६ हुन आउँछ ।

यसरी हेर्दा स्थानीय तह र प्रदेश सभामा गरी कांग्रेससँग कूल २ हजार ९५२ मतभार रहेको छ ।

स्थानीय तहतर्फ नेकपा एमालेको प्रमुख ९, अध्यक्ष १८, उपप्रमुख १६, उपाध्यक्ष २४ गरी ६७ जना छन् । उनीहरूको मतभार १ हजार २०६ छ । प्रदेश सभामा एमालेका २९ जना सांसद निर्वाचित भएका छन् । उनीहरूको मतभार १ हजार ३९२ छ ।

एमालेसँग स्थानीय र प्रदेशतर्फ गरी कूल २ हजार ५९८ मतभार छ ।

नेकपा माओवादी केन्द्रबाट स्थानीय तहतर्फ प्रमुख ३, अध्यक्ष २२, उपप्रमुख ४, उपाध्यक्ष ११ गरी ४० जना निर्वाचित भएका छन् । उनीहरूको मतभार ७२० रहेको छ । प्रदेश सभामा माओवादीका १० सांसद छन् । उनीहरूको मतभार ४८० हुन्छ । प्रदेश र स्थानीय तहतर्फ गरी माओवादीसँग कूल १ हजार १६६ मतभार छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का स्थानीय तहमा प्रमुख १, उपप्रमुख १, उपाध्यक्ष १ गरी ३ जना छन् । उनीहरूको मतभार ५४ हुन्छ । प्रदेश सभातर्फ ४ सांसदको मतभार १९२ हुन्छ । राप्रपाको कूल मतभार २४६ रहेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख १, उपप्रमुख २, अध्यक्ष २ र उपाध्यक्ष १ गरी ६ जना छन् । उनीहरूको मतभार १०८ छ । प्रदेश सभाका ३ सदस्यको १४४ मतभार हुन आउँछ । यहाँ जसपासँग कूल २५२ मतभार छ । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष २, उपाध्यक्ष २ गरी ४ जना छन् । उनीहरूको मतभार ७२ हुन आउँछ । लोसपाका प्रदेश सभामा ३ सांसदको मतभार १४४ छ । यससँगै लोसपासँग कूल २१६ मतभार छ ।

राष्ट्रिय जनमोर्चाका प्रमुख १, उपप्रमुख १, अध्यक्ष १, उपाध्यक्ष १ गरी ४ जना छन् । उनीहरूको मतभार ७२ हुन आउँछ । प्रदेश सभामा जनमोर्चाका १ सांसद छन् । यहाँ जनमोर्चाको मतभार १२० हुन आउँछ । 

जनता प्रगतिशील पार्टी नेपालबाट अध्यक्ष १, उपाध्यक्ष १ गरी २ जना छन् । उनीहरूको मतभार ३६ हुन्छ । प्रदेश सभामा जनमत पार्टीका पनि ३ सांसद छन् । उनीहरूको मतभार १४४ छ । नागरिक उन्मुक्ति पार्टीका ४ सांसदको १९२ मतभार छ । स्वतन्त्र २ सांसदको मतभार ९६ छ । नेकपा एकीकृत समाजवादीका प्रदेश सभामा १ सांसद छन्, उनको मतभार ४८  छ । नेकपा एसले स्थानीय तहमा कुनै पनि पालिकामा जितेको छैन ।

अंकगणितको लेखाजोखा 

निर्वाचनमा तत्कालीन कांग्रेस–माओवादीसहित गठबन्धन भए पनि अहिले नयाँ गठबन्धन बनेको छ । यो राष्ट्रियसभा उपनिर्वाचनमा एमाले–माओवादीसहित सत्तारूढ गठबन्धनबाट एउटै उम्मेदवार बन्ने अवस्था छ । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा चुनावमा ५ दलीय गठबन्धन र एमाले सहितको गठबन्धनबीच प्रतिस्पर्धा भएको थियो ।

केन्द्रमा एमाले सहितको ७ दलीय नयाँ गठबन्धन बनेको छ । केन्द्रमा सरकारलाई एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ तर प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिएको छ । प्रदेशमा पनि सत्ता गठबन्धनकै सरकार बनेको छ ।

राष्ट्रियसभा उपनिर्वाचनमा पुग्दासम्म यही गठबन्धन कायम रहेमा एमाले–माओवादी सहितको गठबन्धनले जीत निकाल्ने देखिन्छ । वर्तमान गठबन्धन र कांग्रेसबीच प्रतिस्पर्धा हुँदा गठबन्धनका उम्मेदवार विजयी हुने सम्भावना बढी छ । 

सत्तारूढ गठबन्धनको मत कति ? 

वर्तमान सत्तारूढ गठबन्धन (७ दल) को मतभार ४ हजार ५९६ रहेको छ । जुन कांग्रेसको भन्दा १ हजार २५४ मतभारले बढी हो । कांग्रेसलाई पहिलेको गठबन्धनमा रहेका लोसपा, जनमोर्चा र नेकपा एकीकृत समाजवादीले साथ दिएमा पनि उससँग ३ हजार ३४२ मतभार मात्रै हुन्छ । 

जनता प्रगतिशील पार्टी र स्वतन्त्र प्रदेश सभाका २ सांसदको मत कता जाने भन्ने निश्चित छैन । स्वतन्त्र २ सांसदले पनि सत्तारूढ गठबन्धनलाई मत दिने सम्भावना बलियो छ । उनीहरूले लुम्बिनी प्रदेश सरकारलाई समर्थन र विश्वासको मत समेत दिएका छन् । प्रदेश सभामा मुख्यमन्त्री लीला गिरीलाई नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मत दिएको थियो । 

एमाले केन्द्रीय सदस्य समेत रहेका दशौदीलाई सत्तारुढ गठबन्धनको साथ रहने एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए । उनले सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत रहेको दशौदीले चुनाव जित्ने कंडेलले बताए । उम्मेदवार आचार्यले चुनाव आफूले जित्ने दाबी गरे ।

नागरिक उन्मुक्ति पार्टीका नेता धर्मबहादुर चौधरीले आफूहरूको माग सम्बोधनका लागि दबाब बढाउन पार्टीले पनि उम्मेदवारी दिएको संकेत गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x