×

NIC ASIA

प्रचण्डकै कारण कांग्रेसले अन्य दलसँग एकै ठाउँमा उभिने बाध्यता आउन सक्छ- मीनेन्द्र रिजाल

फागुन २६, २०७९

Prabhu Bank
NTC
फाइल तस्वीर
Premier Steels

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले प्रचण्डकै कारण कांग्रेसले अन्य दलसँग एकै ठाउँमा उभिने बाध्यता आउन सक्ने बताएका छन्। 

Muktinath Bank

शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले हतार हतारमा पुरानो गठबन्धन छोडेर प्रधानमन्त्री बन्नकै लागि प्रचण्डले नयाँ गठबन्धन बनाएका आरोप लगाए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'नयाँ गठबन्धन प्रचण्डजीले बनाउँदा त्यसले गठबन्धनको मुल कार्यभारलाई बोक्ने व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्छ भन्ने भाव रह्यो,' रिजालले भने, 'त्यस्तो राष्ट्रपति बन्यो भने प्रधानमन्त्रीले संविधानले दिएको भूमिका गर्न सक्दैन भन्ने प्रचण्डजीको मनमा संशय पनि, त्रास पनि पैदा भयो । त्यो संशय र त्रासबाट उनले अर्को राजनीतिक गठबन्धन खोजी गर्नुभयो ।'


Advertisment
Nabil box
Kumari

रिजालले थपे, 'प्रचण्डले पुरानो गठबन्धनबाट फिर्ता हुने कोशिस गरे र कांग्रेसलाई पनि त्यत्रो क्षतिबाट निस्किन, उम्किन, न्यूनीकरण गर्न नयाँ बाटोको खोजी गर्नुपर्ने हुन्थ्यो । दुई वटै स्वार्थ मिल्यो । हाम्रो पार्टीको पनि उहाँसँग स्वार्थ मिल्यो । त्यसअर्थमा उहाँलाई हामीले समर्थन गर्‍यौँ । उहाँको समर्थनबाट रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको छ । तर हामी सबैले बुझ्नुपर्ने कुरा के होभन्दा रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर गएर यो गठबन्धनको राजनीतिको साक्षीको रूपमा, यो गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रूपमा काम गर्नुहुन्न ।'

Vianet communication

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रूपमा काम गर्नु नहुने पनि उनले बताए। 

'तर एउटा कुरा प्रधानमन्त्रीजीलाई मेरो सुझाव छ, प्रधानमन्त्रीले अब यो गठबन्धनका बीचमा भएका शर्तहरूलाई जिम्मा लिएर उहाँले राष्ट्रपतिको भूमिका गर्नुपर्छ भन्ने सोच्नुभयो भने त्यो भूमिका उहाँले गर्ने होइन । त्यो भूमिका पार्टीले गर्छ । पार्टीको सभापतिले गर्नुहुन्छ । नेपाली कांग्रेस पार्टीले गर्छ । त्यो भूमिकामा नेपाली कांग्रेस इमानदार भएर बस्नुपर्छ भन्ने लाग्छ मलाई । त्यो भूमिकामा कांग्रेस इमानदार हुन्छ’, रिजालले भने। 

उनले राष्ट्रपति पौडेल गठबन्धनको परिधिभित्र नबस्ने पनि बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x