×

NIC ASIA

‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’मा भाग लिन काठमाडौं महानगरपालिकाको आग्रह

फागुन २७, २०७९

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं महानगरपालिकाको आयोजनामा हुने ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’मा भाग लिनका लागि निमन्त्रणापत्र प्राप्त नभए कामपा उपप्रमुखको सचिवालयमा सम्पर्क गर्न देशभरका स्थानीय तहलाई आग्रह गरिएको छ ।

Muktinath Bank

कामपा उपप्रमुख एवं न्यायिक समिति संयोजक सुनिता डंगोलले यसअघि नै देशभरका ७५३ वटै स्थानीय तहलाई निमन्त्रणापत्र पठाएको र पत्र प्राप्त नभएको भए सचिवालयमा सम्पर्क गर्न आग्रह गरेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सम्मेलनलाई थप प्रभावकारी बनाउन नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघमार्फत पनि निमन्त्रणा पठाएका छौं,’ उपप्रमुख डंगोलले भनिन्, ‘हामी सबै पालिकाबाट न्यायिक समितिका संयोजक वा उहाँ उपस्थित हुन नसक्ने अवस्थामा समितिका सदस्यलाई सम्मेलनमा सहभागी गराउन चाहन्छौं । यसैअनुसार पत्राचार पनि भइसकेको छ । कुनै पालिकामा हाम्रो निमन्त्रणा प्राप्त हुन नसकेको भए हाम्रो सचिवालयमा सम्पर्क राखेर पत्र प्राप्त हुने माध्यम उपलब्ध गराइदिन अनुरोध गरेका छौं ।’  


Advertisment
Nabil box
Kumari

आगामी चैत १५ र १६ गते २ दिन न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने तयारीस्वरूप सबै स्थानीय तहलाई निमन्त्रणापत्र पठाएको हो ।  कामपाले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गर्न लागेको कामपाको उपप्रमुख डङ्गोलले जानकारी दिए ।

Vianet communication

सबै स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको सम्मेलनमा सबै पालिकालाई इमेलमार्फत निमन्त्रणापत्र पठाएको उपप्रमुख डंगोलले जानकारी दिए । पत्रमा सबै पालिकाबाट संयोजक वा सदस्य मध्येबाट सहभागिता जनाउन अपिल गरिएको छ ।

सम्मेलनमा प्रस्तुति, प्रस्तुतिमाथि छलफल, विषयगत छलफलसहित काठमाडौं घोषणा जारी हुनेछ । यससँगै न्यायिक समितिको राष्ट्रिय, प्रदेशस्तरीय र जिल्लास्तरीय सञ्जाल निर्माण गर्ने योजना छ ।  सम्मेलन विषेशगरी ४ विषयमा केन्द्रित रहने छ ।

गत १० महिनामा कामपाले न्यायिक समितिमार्फत गरेको असल अभ्यासबारे सम्मेलनमा जानकारी दिने तयारी पनि गरेको छ । सम्मेलनमा मुलुकभरिका पालिका र अन्य व्यक्तिसहित १ हजार जना सहभागी रहने अपेक्षा कामपाको छ । संवैधानिक व्यवस्थाअनुरूप नै गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ३ सदस्यीय १ न्यायिक समिति रहने व्यवस्था छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x