×

NIC ASIA

मुठभेडबाट पछि हट्यो सरकार

संसद्‌मा कांग्रेस र सभामुखको सवालजवाफ

काठमाडाैं | जेठ ११, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको सरकार मुठभेडबाट पछि हटेको छ । विपक्षी दलको अवरोधबीच विश्वासको मत र केही विधेयक पेश गरेको सरकार शुक्रवार मुठभेडबाट पछि हटेको हो । 

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले जेठ ११ गते शुक्रवारका लागि छलफलको समय तोकेका थिए । आज नीति तथा कार्यक्रम पारित गर्ने तयारी भए पनि अन्तिममा सरकार पछि हटेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहकारी ठगी सम्बन्धमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिमा सहमतिको सम्भावना बढेकोले नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम आइतवारसम्म धकेलिएको सत्तापक्षका एक नेताले जानकारी दिए । संसद् बैठकअघि कानून मन्त्री पदम गिरीले आज दिनभरिमा सहमति जुट्ने दाबी गरेका थिए । 


Advertisment
Rupse Holidays
Nabil box

त्यसपछि शुक्रवार बसेको बैठकमा कांग्रेसले बोल्न पाउने भन्दै उठेर अवरोध गरेको थियो । तर, सभामुखले कांग्रेसलाई बोल्न दिएनन् । शुक्रवारको बैठक स्थगित गर्नुअघि सदनमा कांग्रेस र सभामुखबीच केहीबेर सवालजवाफ भएको थियो । 

Vianet communication

सभामुख देवराज घिमिरेले संसदमा विधिसम्मत् बोल्न दिने भन्दै संसद्‌को काम कारबाही अगाडि बढाउन आग्रह गरेका थिए । कांग्रेस सांसदहरूले भने प्रतिपक्षी दललाई बोल्न दिनुपर्ने बताए । ‘प्रतिपक्षले बोल्ने भनेको परिस्थितिलाई असहज बनाउने भन्ने होइन, संसद्‌मा बोल्न पाउनु पर्छ’ महामन्त्री विश्वप्रकाश शर्माले भने । केहीबेर सवाल जवाफ भएपछि सभामुखले आइतवार बिहान सम्मको लागि बैठक स्थगित गरेका छन् । 

‘यहाँहरूको सहयोग नरहेपछि आजको कार्यसूचीमा सबै विषय हटाएर बैठक जेठ १३ गते आइतवारसम्म लागि स्थगित हुन्छ’ घिमिरेले भने । कार्यसूचीमा सरकारका नीति तथा कार्यक्रममाथि छलफल गर्ने र प्रधानमन्त्रीले जवाफ दिने उल्लेख थियो । जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता रहेका कारण सरकारले आज जसरी पनि नीति तथा कार्यक्रम पारित गर्ने रणनीति बनाएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x