×

NMB BANK
NIC ASIA

लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल

चैत ६, २०७९

NTC
Premier Steels

सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ ।

Muktinath Bank

बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा अहिले गुराँससँग रम्नेको घुइँचो नै लाग्ने गरेको छ । लामो समयको घडेरीपछि केही दिनदेखि परेको सिमसिमे वर्षाले गुराँस फूल वनैभरि फुलेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वनैभरि फुलेका गुराँससँग रम्न बागलुङ र म्याग्दीबाट दैनिक आन्तरिक पुग्ने गरेका छन् । बाह्रै महिना पर्यटकले भरिने सोलेडाँडा यो समयमा कुनै पनि दिन खाली छैन । दुवै जिल्लाबाट मोटर बाटोले जोडिएको सोलेडाँडामा पर्यटक कतिपय गाडी लिएर त कति पैदल यात्रामार्फत यहाँ घुम्न आउने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

पुस माघमा हिउँले सेताम्य हुने यो ठाउँ यस वर्ष वर्षा नहुँदा हिउँ परेन । हिउँ नपर्दा खडेरीले सोलेडाँडा उराठिलो बन्यो । पर्यटक हिउँ खेल्न पाएनन् ।

Vianet communication

पुस माघमा हिउँ खेल्न नपाएका पर्यटक यतिबेला गुराँस फूलसँग रमिरहेका छन् । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिक रहेको सोलेडाँडामा पुग्ने सडक सहज हुँदा पर्यटकको आगमनमा बढेको पाइएको छ । केही दिनदेखि वनभोज, ‘क्याम्प फायर’ र पदयात्राका लागि टाढाटाढादेखि पर्यटक आउने गरेको स्थानीय प्रेमबहादुर विकले बताए ।

२ हजार ६३० मिटरको उचाइमा रहेको सोलेडाँडा घना जंगलको बीचमा हुँदा मनोरोगीलाई प्राकृतिक उपचारका उपयुक्त हुने उनको भनाइ छ । पछिल्लो समय प्राकृतिक उपचारका लागिभन्दा घुमफिर र रमाइलो गर्न आउने गरेको विकले बताए । खासगरी बिदाका दिनमा शैक्षिक भ्रमणका साथै वित्तीय संस्थाका कर्मचारी वनभोजका लागि बढी आउने गरेको उनको भनाइ छ ।

विक भन्छन्, ‘गाउँपालिकाले सोलेडाँडामा ठूलो लगानी गरेर राम्रो बनाएको छ, तमान आउने सजिलै सोलेडाँडा पुग्न सक्छन्, पहिलेको जस्तो अप्ठ्यारो बाटो छैन, गाडीमै त्यहाँसम्म पुग्न सकिन्छ, अहिले त झन गुराँस फुलेर वनै ढोकेको छ, त्यसले गर्दा धेरै मान्छे रमाउन आउँछन्, होटल, रेस्टुराँको व्यवस्था छैन, त्यसले गर्दा उनीहरु घुम्ने फर्किने गर्छन् ।’

गुल्मीको मुसिकोटबाट घुम्न आएका सुनिले घिमिरेले वनभरि फुलेको लालीगुराँसले मनै लोभ्याएको बताए । सोलेडाँडा घुम्न २ वर्ष अगाडि आएको सुनाउँदै पहिलेको तुलनामा अहिले धेरै परिवर्तन आएको बताउँछन् । 

पदयात्राका लागि सोलेडाँडा उपयुक्त गन्तव्य भएको भन्दै यहाँ पर्यटकीय संरचना निर्माण गर्नसके बाह्य पर्यटकलाई पनि भित्र्याउन सकिने उनको भनाइ छ ।

‘सम्भवतः यो बागलुङकै उच्च स्थान होला, पहाडको शिरमा यति सुन्दर समथर भाग वीरलै ठाउँमा हुन्छन् होला, हिमाल त आँखै अगाडि देखिँदो रहेछ,’ घिमिरेले भने, ‘केही पूर्वाधार त बनेका रैछन्, बाहिर पर्यटक ल्याउने हो भने यहाँ यतिले मात्रै पुग्दैन, यसलाई थप व्यवस्थापन गर्न जरुरी देखिन्छ, म त पटक–पटक आएँ, तर घुमेर धित नै मरेन ।’

सोलेडाँडा आफैंमा सुन्दर छ, त्यसमाथि देखिने हिमशृंखला र दर्जनौं प्राकृतिक मनोरम दृश्यले धेरैलाई लोभ्याउने गर्छ । यहाँबाट बागलुङ र म्याग्दीका सयौं गाउँसँगै धौलागिरि, धौलाश्री, माछापुच्छ्रे, मानापाथी लगायतका दर्जनौं हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । तमानखोला गाउँपालिका–४ मा पर्ने सोलेडाँडालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए ।

अध्यक्ष बुढा मगरले पहिलोपटक निर्वाचित हुँदा सोलेडाँडाको विकासका लागि खाका तयार गरेको भन्दै अहिले बिस्तारै यहाँ पूर्वाधार निर्माणका काम भइरहेको बताए । आगन्तुकलाई लक्षित गरी यहाँ शौचालय र स्वच्छ खानेपानीको धारो निर्माण गरेको अध्यक्ष बुढा मगरको भनाइ छ । उनी भन्छन्, ‘सोलेडाँडा तमान खोलाको मात्रै नभई समग्र जिल्लाकै उत्कृष्ट गन्तव्यमा पर्छ, विगतमा सरोकारवाला निकायको ध्यान पुगेको थिएन, हामी आएपछि केही परिवर्तन भएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x