जेठ १८, २०८०
साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज (बिहीवार) त्यसतर्फ प्रस्थान गर्दैछ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले २६८ जनालाई राति १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल...
चैत ७, २०७९
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । सोमबार भएको मत विभाजनमा प्रचण्डको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको छ । २६२ सांसद बैठकमा उपस्थित थिए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नेकपा एकीकृत, जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले प्रचण्डलाई मत दिएका छन् ।
नेकपा एमाले र राप्रपाले प्रचण्डको विपक्षमा मतदान गरेका छन् । नेमकिपाका १ सांसद भने पक्ष र विपक्ष दुवैतिर मत दिन्नँ भन्ने पक्षमा रहे ।
नेकपा एमालेसहितका ७ दलको प्रस्तावमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
प्रचण्डले विश्वासको मत पाएपनि स्वयम् उनी संस्दमा विश्वस्त देखिएनन् । दलहरुबीच विश्वासको वातावरण नबिनसकेको संकेत गर्दै उनले कतिपयले वैशाखमा फेरि विश्वासको मत लिने अवस्था आउन सक्ने भन्ने गरेको आफूले सुनेको बताए ।
प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वैशाखसम्म सरकारबाट हटिसक्ने दाबी गरेको सुनाए ।
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले ओलीले वैशाखसम्ममा आफू नेकपा एमालेसँगै राष्ट्रपतिको बाँयापट्टी लबिमा आइपुग्ने दाबी गरेको उल्लेख गर्दै त्यसको निर्णयको जिम्मा सांसदहरुलाई छोडेको बताए । उनले ओलीको भनाइलाई पुष्टि गर्ने वा नगर्ने भन्ने निर्णय सांसदहरुमा छोडेको पनि बताए ।
उनले भने, ‘ त्यतिबेला उहाँले तपाईं वैशाखभन्दा उता जानुहुन्न भन्नुभएको छ । उहाँले भनेका वैशाखमा राष्ट्रपतिको बाँयापट्टी लबिमा तपाईं र म एकैठाउँमा हुन्छौं भन्नुभएको छ । उहाँको भनाईलाई पुष्टि गर्ने कि हामीहरु सबैको हातमा छ ।’
ओलीलाई आफूले दुई पटक प्रधानमन्त्री बनाएकाले भन्दै प्रचण्डले अझै एक पटक ओलीले आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्नुपर्ने बताए । उनले अझै एक प्रधानमन्त्री बनाएको ऋण तिर्न बाँकी रहेकाले त्यसको हिसाव राख्न आग्रह गरे ।
००००
सो क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रचण्ड नेतृत्वको सरकार पाँचै वर्ष जानुपर्ने बताए ।
००००
यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्ड नेतृत्वको सरकारमा पार्टी सहभागी हुने जानकारी गराए भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रचण्डले पुस १० गतेको सहमति फेरेको र बाटो मोडेको कारण आफूहरू सरकारबाट बाहिरिएको बताए । दुई महिनामै विश्वासको मत लिने भाग्यमानी प्रधानमन्त्री भनेर उनले प्रचण्डप्रति कटाक्ष समेत गरे ।
००००
यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुस १० गते भएको सहमतिविपरीत कांग्रेससँग सहकार्य गर्नुको कारणबारे प्रधानमन्त्रीसँग प्रश्न गरेको छ ।
विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रचण्डले पुस १० गतेको सहमतिबाट पछि हट्नुको कारण नबताई सुख नपाउने बताएका हुन् । पुस १० मा प्रचण्ड प्रधानमन्त्री बन्ने र एमालेले राष्ट्रपति तथा सभामुख पाउने सहमति भएको थियो ।
००००
यसैबीच प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ४ दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २–४ दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरूसँग मंगलवार बिहानबाटै छलफल शुरू गर्ने पनि स्पष्ट पारे ।
००००
महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचल्ने निर्णय गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता संजिवराज रेग्मीका अनुसार सोमवार महान्यायाधिवक्ता दिनमणि पोखरेलले यस्तो निर्णय गरेका हुन् ।
मुद्दा चलाउनका लागि आवश्यक प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरिएको उनले बताए । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले फागुन ३० गते लामिछानेविरुद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो । यससँगै वैशाख १० को उपनिर्वाचन लड्ने तयारीमा रहेका लामिछानेलाई राहत मिलेको छ । उनले चितवन २ बाट उपनिर्वाचन लड्न तयारी थालिसकेका छन् । लामिछाने सोही निर्वाचन क्षेत्रबाट यसअघि निर्वाचित भएपनि नागरिकता विवादका कारण पद गुमाएका थिए ।
००००
निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ १ र बारा २ मा पनि आगामी वैशाख १० गते नै उपनिर्वाचन गर्ने निर्णय गरेसँगै दलहरुले तयारी थालेका छन् । यस्तै निर्वाचन आयोगले पनि कार्यतालिका सार्वजनिक गरेर प्रक्रिया अघि बढाएको छ ।
वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने गरी समय समेत निर्धारण गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम उक्त दुवै क्षेत्रको निर्वाचन चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रमबमोजिम नै हुने व्यवस्था गरिएको छ ।
आयोगका अनुसार २०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनका निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
त्यसैगरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ ।
उक्त उपनिर्वाचन प्रयोजनका लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई मिति २०७९ चैत ८ गतेदेखि मिति २०७९ चैत १२ गतेसम्म नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्ने समय उपलब्ध गराउने गरी दल दर्ताको सूचना जारी आयोगले जनाएको छ ।
००००
निर्वाचन आयोगले प्रतिनिधिसभामा जनता समाजवादी पार्टीका रिक्त सांसद पदमा मञ्जु शर्मालाई निर्वाचित गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्तिमार्फत उक्त कुराको जानकारी गराएका हुन् ।
००००
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शीतलनिवासमा सोमवार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । यससँगै निवर्तमान उपराष्ट्रपति पासाङ कार्यकाल सकेर बिदा भएका छन् ।
००००
सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत कृषकलाई उपलब्ध गराइँदै आएको रासायनिक मलमा अनुुदानको दरमा कटौती गर्ने निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको छ । बैठकले मलमा दिँदै आएको अनुदान कायम राख्ने, डीआईजीको बढुवालगायतका निर्णय पनि गरेको छ ।
००००
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले ३० वर्षे प्रहरी सेवा अवधिविरुद्ध परेको रिट दरपिठ गरिदिएका छन् । नेपालको संविधान २०७२ को धारा १३३ बमोजिम विपक्षीहरूका नाममा उत्प्रेषणयुक्त परमादेश आदेशको माग गर्दै पत्रकार राधाकृष्ण कटुवाल, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा।कृष्णकुमार तामाङ तथा अधिवक्ताद्वय आशिष लुइँटेल र सुशीला रोकायाले चैत २ गते रिट दायर गरेका थिए ।
००००
काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत उजुरी घर बहालसँग सम्बन्धित आउने गरेको जनाएको छ ।
छिमेकीले खानेपानी ल्याउन असहयोग गरेको, सडक मिचेर घर निर्माण, फोहर व्यवस्थापन नगरेको जस्ता समस्या थोरैको सङ्ख्यामा आउने गरेको भए पनि ७५ प्रतिशत उजुरी घर बहालसँग सम्बन्धित अर्थात घर खाली गराइदिन अनुरोध गर्दै आउने गरेको कामपा उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।
००००
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो (क्यालेन्डर) र पात्रो (पञ्चाङ्ग) का सञ्चालकलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म कारबाही गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको आन्तरिक दिग्दर्शन २०७९ स्वीकृत गरी विधिसम्मत रूपमा प्रकाशन नहुने भित्तेपात्रो र पात्रोका सञ्चालकलाई कानूनी कारबाही गर्ने निर्णय गरेको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २२ दशमलव ६५ अङ्कले उकालो लागेर एक हजार नौ सय ४९ दशमलव शून्य छ मा पुगेको छ ।
साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज (बिहीवार) त्यसतर्फ प्रस्थान गर्दैछ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले २६८ जनालाई राति १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल...
भारतले रामायण सर्किट परियोजनालाई मूर्त रूप दिनका लागि छिट्टै काम थालिने जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलनमा रामाय...
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अखण्ड भारतको नक्साका विषयमा कुरा नउठाएको बताइएको छ । भारतको नयाँ संसद् भवनमा नेपालको लुम्बिनी र कप...
सभामुख देवराज घिमिरेले नयाँ संसद् भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीवार सिंहदरबारस्थित निर्माणधीन संसद् भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देश...
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान आज (बिहीवार) सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री राय...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्जैनमा आध्यात्मिक अनुभूति गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । शुक्रवार मध्य प्रदेशको उज्जैनमा महाकालेश्वर मन्दिरको भ्रमण गर्न लागेका प्रचण्डसँग मोदीले बिहीवार ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...