×

NMB BANK
NIC ASIA

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवा गरेसँगै प्रहरी नायब महानिरीक्षक (डीआईजी)को १३ दरबन्दी रिक्त छ । 

Muktinath Bank

रिक्त रहेको दरबन्दीमा वर्तमान आईजीपी वसन्त कुँवरका ब्याचीसहित ५३ जना एसएसपीहरू प्रतिस्पर्धामा छन् । आईजीपी कुवँरका ब्याची प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू जनकराज भट्टराई,  भरतबहादुर बोहोरा, कुबेर कडायत, केदार ढकाल र रवीन्द्र के.सी बढुवाको माथिल्लो लाइनमा छन् ।  उनीहरू २०५१ चैत ५ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०५१ भदौ १६ गते भर्ना भएका एसएसपी विष्णुकुमार केसी पनि प्रतिस्पर्धामा छन् । २०७७ वैशाख १६ गते प्रहरी उपरीक्षकबाट एसएसपीमा बढुवा भएका राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल र चन्द्र कुवेर खापुङ पनि बढुवाको लाइनमा छन् ।


Advertisment
Nabil box
Kumari

यस्तै सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल, मोहनप्रसाद पोख्रेल, अनुरागकुमार द्विवेदी, राजेन्द्रसिंह खड्का र योगबहादुर पाल पनि प्रतिस्पर्धामा देखिएका छन् । 

Vianet communication

यस्तै आईजीपीकै ब्याचीहरू अर्जुन चन्द ठकुरी, विकासराज खनाल, ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द पनि प्रतिस्पर्धामा छन् । तर, पछिल्लो लाइनमा रहेका उनीहरू यसपालि डीआईजीमा बढुवा हुने सम्भावना कम देखिन्छ । 

पछिल्लो समय प्रहरीमा चेनअफ कमान्डको पालना भएको देखिएको छ । प्रधानमन्त्री कार्यालयले डीआईजीबाट एआईजीमा बढुवा गर्दा मेरिटको आधारमै गरिएको बताएको थियो । त्यसैलाई निरन्तरता दिँदै पहिलो वरीयताका कुवँरलाई आईजीपीमा बढुवा गरिएको थियो ।

आईजीपी कुँवर अब हुने बढुवा पनि मेरिटकै आधारमा हुनुपर्ने पक्षमा छन् । 

‘अहिले मेरिटकै आधारमा बढुवा हुने चिफ सा‘बको मानसिकता देख्दा प्रस्ट हुन्छ । उहाँ पनि त्यसरी नै माथि आउनुभएको हो,’ आईजीपी कुँवरको सचिवालयका एक प्रहरी अधिकारीले लोकान्तरसँग भने । 

यसरी हेर्दा अब बढुवा हुने १३ जना डीआईजी रोलक्रम अनुसार नै हुने देखिन्छ । त्यस्तो अवस्थामा एसएसपीहरू जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहोरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्रकुवेर खापुङ, अर्जुनचन्द ठकुरी, सुरेन्द्रप्रसाद मैनाली र कृष्णहरि शर्मा पोखरेल बढुवा हुने प्रबल सम्भावना देखिन्छ ।

यसमा राजनीतिक दबाबले केही नाम तलमाथि हुन सक्ने सम्भावना समेत रहेको प्रहरी स्रोत बताउँछ । आईजीपी कुँवरले दबाबलाई कसरी ट्याकल गर्छन्, त्यसैले धेरै कुरा निर्धारण गर्नेछ ।

भर्खरै नयाँ गृहमन्त्रीको रूपमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आएका छन् । उपप्रधानमन्त्री समेत रहेका उनले सुरक्षा निकायमा हुने सरुवा बढुवामा आफ्नो हस्तक्षेप नहुने बताएका छन् । उनी आफ्नो अडानमा कतिसम्म टिक्छन्, त्यो भने हेर्न बाँकी छ ।

सरकारले चैत १० गते आईजीपीमा वसन्तबहादुर कुवँरलाई बढुवा गरेको थियो । लगत्तै खाली भएका ४ जना एआईजीको बढुवा सिफारिश गरेको थियो । डीआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई चैत १३ गते बढुवा सिफारिस गरिएको थियो । 

त्यसको केही दिनअघि मात्र वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजीमा बढुवा भएका थिए । केही दिन मात्र एआईजी रहेर कुँवर आईजीपी बनिसकेका छन् ।

निवर्तमान आईजीपीसिंहसँगै एआईजीहरू सहकुलबहादुर थापा, उत्तम सुवेदी र दिवेश लोहनीले अवकाश पाएपछि एआईजीको ४ पद रिक्त भएको थियो ।

प्रहरी नियमावली २०७१ को नियम २७ उपनियम (१) (ख) बमोजिम डीआईजीमा बढुवा हुने व्यवस्था छ । त्यसका लागि गृहमन्त्रालयका सचिव अध्यक्ष, आईजीपी सदस्य र आईजीपीले तोकेको एक जना एआईजी सदस्य सचिव रहने समितिले बढुवा सिफारिश गर्ने व्यवस्था छ । 

प्रहरी नियमावली नियम ३० को उपनियम (१) अनुसार समितिले प्रहरी कर्मचारीलाई कार्यक्षमता बापत पाएको अंकका आधारमा बढुवा सिफारिस गर्ने व्यवस्था छ ।

कार्यसम्पादन मूल्याङ्कन बापत ४० अंक, ज्येष्ठताबापत २२ अंक, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवबापत ८ अंक, शैक्षिक योग्यताबापत १० अंक, तालिमबापत ७.५ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५ अंक र बढुवा समितिले दिने ७.५ अंकका आधारमा बढुवा हुने व्यवस्था नियमावलीमा गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x