×

NMB BANK
NIC ASIA

उपनिर्वाचन विशेष

'ग्राउन्ड जिरो'– चितवन २ : भरतपुरको गरमागरम चिया गफमा जब उम्मेदवार मिसिए

चैत २७, २०७९

NTC
Premier Steels

सोमवार बिहान चितवनको भरतपुरस्थित ‘विकास चोक’ पुग्दा राजनीतिक बहस गरमागरम ढंगले चलिरहेको थियो । विकास चोक नाम जस्तै विकासका कुरा र राजनीतिक बहस चलिरहने थलो रहेछ ।

Muktinath Bank

स्थानीयका अनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर ५ र ७ को चिया पिउने 'जक्सन' भएका कारण त्यहाँ बिहानदेखि बेलुकासम्मै राजनीतिक कुराकानी चलिरहन्छ । चितवनकै माडी क्षेत्रबाट भरतपुर आएर बसेकाहरू त्यहीँको एउटा चिया पसलमा गफिँदै गरेको भेटिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यतिबेलै (बिहान करीब ७ बजे) संयोगले नेकपा (एमाले)का तर्फबाट चितवन– २ का उम्मेदवार रामप्रसाद न्यौपाने पनि आइपुगे । त्यहाँ ठूलै स्वरमा वादविवाद चलिरहेको थियो । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो टेपबारे अलि बढी चर्चा थियो । शायद नयाँ विषय भएकाले हुनुपर्छ ।

Vianet communication

‘नमस्कार, म पनि सहभागी हुन सक्छु ? चिया गफमा मिसिन खोज्दै न्यौपानेले सोधे ।

 

त्यहीँ रहेका एक वृद्धले जवाफ फर्काए– ‘तपाईंजस्तै नेताहरू यहाँ आइरहुन् र गफ गर्न पाइयोस् भन्ने नै हाम्रो चाहना हो ।’

त्यसपछि उनीहरूले कुन नेताले के गरे, के गरेनन् भन्ने विषय उठाएर गुनासो पोख्न थाले । चितवनलाई परीक्षणको थलो बनाइएको गुनासो समेत त्यहाँ आयो ।

एक वृद्धले सोधे, ‘के चितवन बाहिरबाट आउने मान्छेहरूलाई परीक्षण गर्ने थलो मात्र हो ?’ लगत्तै उनले आफ्नो निष्कर्ष पनि सुनाए, ‘हुन त यहाँका नेताहरूले केही गर्न नसकेर नै यो अवस्था आएको हो ।’

उनको कुरा भुइँमा खस्न नपाउँदै न्यौपानेले जवाफ फर्काए, ‘म त यही माटोमा हुर्कें । तपाईंहरूले चिन्दै आएको मान्छे हुँ । यसपालि आफ्नै माटोको मान्छेलाई जिताउनुस् । काम गरिनँ भने गाली गर्नुस् । काम नगर्दा मेरो कान निमोठेर गाली गर्ने अधिकार तपाईंहरूलाई छ ।’

null

त्यहीँ रहेकी सम्झना रेग्मीले जुन नेता आए पनि आफूहरूका समस्या जहाँको त्यहीँ रहेको बताइन् । ‘ल तपाईं आफैं भन्नुस् त, महंगी कहाँ पुगेको छ । यसलाई नेताहरूले समाधान गरेको खै ?’ रेग्मीले गुनासो पोखिन् । 

नेताहरूले सामान्य जनताको दैनिकीसँग जोडिने विषयभन्दा आफ्नो स्वार्थपूर्तिमा मात्र ध्यान दिएकाले समस्या बल्झिरहेको उनको भनाइ थियो ।

छ महिना नपुग्दै पुनः चुनाव हुन लागेको भन्दै भुवन पाठक नाम गरेका युवाले आक्रोश पोखे । फेरि कुन दिन अर्को चुनाव हुने हो भन्ने उनको आशंका थियो ।

उनलाई आश्वस्त पार्न खोज्दै न्यौपानेले भने, ‘त्यही अवस्था आउन नदिनका लागि त म तपाईंहरूको बीचमा आएको छु । तपाईंहरूले जुन पार्टीमा आस्था राखे पनि यसपालि मलाई जिताउनुस् । म काम गरेर देखाउँछु । काम गर्न नसकेको खण्डमा झक्झक्याउनका लागि, गाली गर्नका लागि म यहीँ त छु,’ न्यौपानेले भने ।

त्यहीँ भेटिएका सूर्य भट्टराईले नयाँ पुराना सबै नेताहरूप्रति आशा मर्न थालेको बताए । ‘नयाँहरूप्रति केही सहानुभूति थियो, तर के–के काण्ड आउन थाले, हामी त निराश छौं,’ उनले भने ।

स्थानीय विकास भुसालले उम्मेदवारहरू एकले अर्कालाई गाली गरेकोमा असन्तुष्टि जनाए । 

‘तपाईंका भाषण मैले सामाजिक सञ्जालमा हेरिरहेको छु । एकले अर्कालाई बढी गाली गर्नुभयो कि भन्ने मेरो बुझाइ छ । तपाईं युवा भएको हिसाबले बुढाहरूले जस्तो गालीभन्दा पनि एजेन्डाको कुरा गर्नुस्,’ भुसालले न्यौपानेलाई सुझाव दिए ।

न्यौपानेले आफूले कसैलाई गाली गरेको भन्दा पनि प्रतिस्पर्धी उम्मेदवारको नैतिक पतन र विवादको विषयमा जनालाई सचेत गराएको तर्क गरे ।

‘भुसालजी, तपाईंले भन्नुभएको कुरा मैले हृदयदेखि नै मनन गरेको छु । यहाँको सुझावका लागि पनि धन्यवाद, तर मैले अहिलेको अवस्थाको बारेमा मेरा मतदातालाई त जानकारी गराउनुपर्‍यो नि होइन र ?’ न्यौपानेले भने ।

चितवन क्षेत्र नम्बर २ का जनताको समस्याबारे आफू जानकार रहेकाले त्यसैअनुसार एजेन्डा अगाडि सारेको उनको जिकिर थियो ।

उनले यति भन्न नपाउँदै त्यहीँ रहेका पाठकले प्रतिप्रश्न गरे, ‘रामजी, हिजो हाम्रा नेता प्रचण्डलाई र रेणुलाई पनि गाली गर्नुभएको थियो नि !’

‘हिजोका दिनमा म एमाले चितवनको अध्यक्ष भएको नाताले राजनीतिक कुरा गरेको हुँ । तपाईंजस्तो राजनीति बुझेको मान्छेले बुझ्नहुन्छ । त्यसलाई नितान्त राजनीतिक कुरा हो भन्ने हिसाबले लिइदिनुहोला,’ न्यौपानेले पाठकलाई जवाफ दिए ।

यति कुराकानी चल्दा झण्डै आधा घण्टा बितिसकेको थियो । कुराकानी बिट मार्नेतिर गयो । न्यौपाने आफूलाई मत दिन सबैलाई आग्रह गरेर त्यहाँबाट बिदा भए ।

त्यहाँ रहेकाहरूले उनलाई जितको शुभकामना दिए । उनी बिदा भएपछि पनि राजनीतिक कुराकानी भने जारी नै रह्यो ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x