×

NMB BANK
NIC ASIA

यस्तो रह्यो ‘जारी’को प्रिमियर [तस्वीरहरू]

बैशाख १, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जारी’लाई फिल्मकर्मीहरूले प्रशंसा गरेका छन् । 

Muktinath Bank

फिल्मको बिहीबार राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा अतिथिका रुपमा पुगेका अधिकांश फिल्मकर्मीहरूले खुलेर प्रसंशा गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कवि तथा राजनीतिज्ञ पनि उपेन्द्र सुब्बा निर्देशित ‘जारी’ हेर्न हल पुगेका थिए ।


Advertisment
Nabil box
Kumari

हलबाट निस्कँदै गर्दा अधिकांशले ‘जारी’ उत्कृष्ट मौलिक नेपाली फिल्म बनेको भन्दा प्रशंसाका शब्दहरु व्यक्त गरेका थिए । 

Vianet communication
Laxmi Bank

निर्देशक निश्चल बस्नेत, निर्माता तथा अभिनेता खगेन्द्र लामिछाने, निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ, निर्माता सरोज न्यौपाने, लेखक प्रदीप भारद्धाज, अभिनेता अरुण क्षेत्री, राजन खतिवडा, अनुप बराल, अभिनेत्री ऋचा शर्मा, सिर्जना लिम्बु, वर्षा सिवाकोटी, बेनिशा हमाल, अञ्जना बराईली, कवि नवराज वाग्ले, विप्लप प्रतीक लगायतले प्रिमियरमा फिल्म हेरेका थिए । 

प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएपछि डेव्यू निर्देशक उपेन्द्र सुब्बा, अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, परिक्षा लिम्बु हर्षित देखिन्थे । फिल्म छायांकनको करिब ३ बर्ष ५ महिनापछि रिलिज हुँदा निकै खुशी लागेको अभिनेता राईले बताए ।

यस्तै, अभिनेत्री मिरुना मगरले आफूले कबड्डी ४ भन्दा पहिले अभिनय गरेको फिल्म ‘जारी’ भएकाले पनि आफ्नो लागि यो फिल्म विशेष रहेको बताइन् । निर्देशक सुब्बाले फिल्म लेख्नभन्दा निर्देशन गर्न निकै गाह्रो रहेको अनुभव सेयर गर्दै केही दिनयता जारी के होला ? दर्शकलाई मन पर्ला की नपर्ला ? भन्ने पीरले सुत्न नसकेको बताएका थिए । 

‘जारी’ प्रथामा आधारित रहेको फिल्ममा लिम्बु संस्कृति र भेषभूषा पनि झल्किन्छ । ब्लकबस्टर फिल्म ‘कबड्डी ४’पछि दयाहाङ र मिरुनाको जोडीको ‘जारी’ प्रदर्शनमा आएको हो । ​

यस फिल्मका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् । फिल्मले शुक्रवार देशभरका हलमा आक्रामक व्यापार गरिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x